गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार स्वागत तथा सम्मान गरेको छ ।
मन्त्रीभएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री बुढालाई साविक धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले स्वागत तथा सम्मान गरेको हो ।
आदर्श सञ्चार सहकारीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले संघीय सरकारको सहकारी नीतिले गण्डकी प्रदेशका सहकारीलाई कामगर्न केहीअसहजभएको भन्ने आफूले महशुस गरेको बताउनुभयो ।
सहकारीको क्षेत्रमा अग्रहणी रुपमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार लगायत वित्तीय र सामाजिक क्षेत्रमा गरेका कामका बारेमा आफु जानकार रहेको भन्दै मन्त्री बुढाले सहकारी क्षेत्रसंग सहकार्य गरेर थप योगदान पुग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
“आदर्श सञ्चार सहकारी जसले सञ्चार क्षेत्रमा लामो समय काम गरेको छ, सहकारीहरु प्रशंसा योग्य हुनुपर्दछ, मैले सहकारीका अभियन्ता संग बसेर छलफल गरेपछि एक ढंगले सहकारीको सबली करणका लागि लाग्छु ।” मन्त्री बुढाको भनाइ थियो ।