काठमाडौ- हातमा सीप काममा लगनशीलता हुने हाे भने धन कमाउन बिदेश नै जानुपर्छ भन्ने बाध्यता छैन माेफसलबाट राजधानी छिरेका युवाहरू तरकारी तथा पशुपालन ब्यबसाय गरेर मनग्ये आम्दानी गरिरहेका छन् ।काेराेना भाइरस काेभिड १९ ले धेरै ब्यबसाय प्रभाव पारेपनि कृषि कर्म भने यसले असर गरेको छैन । सरकारले निषेधाज्ञा जारी गरेपनि कृषि कर्म भने निरन्तर रूपमा चलिरहेको छ ।
राजधानी भित्रीने प्रमुख नाका थानकोट चन्द्रागिरि नगरपालिका भित्र कृषि कर्ममा लागेका किसानहरू तरकारी खेती र पशुपालन गर्ने क्रम बढेर गएको छ ।हरेक उपभोक्ताकाे भान्साकाे लागि दैनिक रूपमा चाहिने तरकारी र ताजा दूध उत्पादन सहजरूपमा गर्नका केही बर्ष यता कृषिमा आधुनिक प्रविधि प्रयोग गरेरर खेती गर्न लागेपछि उत्पादन राम्रो भएको कृषक बताउँछन् ।
युवा उमेरमा राेजगारीकाे लागि विदेश जाने भनेर काठमाडौ आएकाे साथीहरू बिदेश गएपनि आफुले भने यहीँ जग्गा भाडामा लिएर गाई पालन ,तरकारी खेती गरेर बसिरहेको कृषक माेहन जिसीले बताए ।
प्लास्टिक टनेल भित्र विषेश गरेर टमाटर खेती राम्रो हुनुका साथै उत्पादन समेत बढी हुने किरा लगायत राेग बाट समेत जाेगाउन मद्दत पुग्ने भएकोले अहिले अधिकांश कृषकले बढी मात्रामा टनेल प्रयोग गर्न थालेको बताउँछन् ।
२०६८ सालमा तेह्रथुम जिल्ला बाट काठमाडौ आएर कृषि कर्ममा लागिरहेको विशेष गरेर अर्गानिक तरकारी खेती गाई पालन पेशा अंगालेर अघि बढिरहेको कृषिको भबिस्य राम्रो भएको हुनाले यसमा लागेको कृषक डम्बर प्रसाद गाैतमले बताए ।
विशेष गरेरटमाटर ,सिमी ,बाेडि ,काउली ,बन्दाकोपी ,घिराैला, लाैका ,भिन्डि ,लगायतका तरकारी उत्पादन गरेर बजारमा पुर्याउने गरेपनि उपभोक्ताहरू किसानकाे घर दैलाेमा पुगेर ताजा दुध दही ,तरकारी किनेर लैजाने गरेको कारण किसानहरू कृषि कर्ममा रमाएकाे देखिन्छ ।
अहिले काठमाडौ चन्द्रागिरि नगरपालिका भित्र प्युठान ,बागलुङ ,गुल्मी ,अर्घाखाँची ,पर्वत,तेह्रथुम ,रामेछाप , साेलुखुम्बु ,काभ्रे ,लगायतका जिल्ला बाट काठमाडौमा आइ जग्गा भाडामा लिएर तरकारी खेती ,पशुपालन ,गर्दै आएका कृषकलाई स्थानीय तह कृषि ज्ञान केन्द्रले बेलाबेलामा बिउ बिजन, गाई भैंसी काे लागि म्याट र आैषधी सहयोग र अनुदान दिदै आएको छ ।वडा नम्बर ६ मा स्थानीय र बाहिरी जिल्लाका गरि करिब ५ सय कृषक कृषि कर्मलाइ ब्यबसायीक बनाएर लागेका छन् ।