गैर आवासीय नेपाली सघ थाइल्याण्डले असाहाय तथा समस्यामा परेका दुई सय ८० थाई नागरिकलाई निशुल्क खाद्यान्न सहयोग गरेको छ ।
‘’एक महिना १००० खाना’’नामक अभियान संचालन गरेको एनआरएनए थाइल्याण्डले बैककको खेट दुसीत क्षेत्रका २ सय ५० वयस्क र ३० जना बालबालिका गरि २ सय ८० जना असाहाय तथा समस्यामा परेका थाई नागरिकलाई सहयोग स्वरुप खाद्यान्न प्रदान गरिएको संघका नवनिर्वाचित अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।
एनआरएनए थाइल्याण्ड र त्यहाँको स्थानीय प्रशासनसँगको समन्वय र सहकार्यमा पहिलो चरणमा २ सय ८० जनालाई आवश्यक सहयोग गरिएको र यो सहयोग कार्यक्रमलाई निरन्तरता दिदै थप मानवीय सहयोगका काममा आफूहरु लागिरहने अध्यक्ष बस्नेतले बताए ।
यस मानवीय सहयोगको अभियानमा हङकङबाट बोनी चान र बेट्टी लियुले ७ हजार ९ सय ६६ भात, थाइल्याण्डका जुलीले ६ हजार भाट, डेजी होले ६ हजार ५ सय भाट, मञ्जु बानियाले ४ हजार १ भाट र एनआरएनए थाइल्याण्डले २३ हजार ५ सय भाट आर्थिक सहयोग गरेका थिए ।
एनआरएनए थाइल्याण्डले संचालन गरेको यस अभियानलाई थाइल्याण्डको स्थानीय प्रशासन र त्यहाँका जनताले सकारात्मक रुपमा लिदै खुशी व्यक्त गरेका छन् । भने थाइल्याण्डमा हेका नेपाली नागरिकहरुले पनि एनआरएनए थाइल्याण्डको कामको प्रशंसा गर्दै यस खालका कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । यो अभियान अगष्ट ७ बाट सुरु भई सेप्टेम्बर ७ सम्म जारी रहने बताईएको छ ।