राष्ट्रिय समाचार

स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल !

स्थानीय तह निर्वाचन - २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल ! आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ । नेपालको सन्दर्भमा स्थानीय,व्यवस्थापिका र कार्यपालिकाको भूमिकामा समेत रहेको स्थानीय तह (सरकार) नेपाली मौलिक विशेषतामा आधारित समाजवाद उन्मुख राज्य व्यवस्थाको एक महत्वपूर्ण आधार हो । साथै,आवधिक निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र… पुरा पढौ

दलहरुलाई अनिवार्य पालना गर्न भन्दै आयोगले जारी गर्यो ६० बुँदे निर्देशन 

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो । निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई निर्देशन दिइएको आयोगको भनाइ छ । निर्देशनमा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी… पुरा पढौ

विद्यालय जोगाउन अनेक जुक्ति,करलिम कल्याण कोषले बढायो विद्यार्थी

अछामका भरत साउद यहाँको काठेखोला गाउँपालिका–५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक÷एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् । विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् । परिवारको आर्थिक स्थिति कमजोर भएका, अभिभावकविहीन र पढाइबाट बञ्चित बालबालिकालाई विद्यालयले छात्रावासमा राखेर पढाउने गरेको छ । जिल्ला बाहिरका विद्यार्थीलाई पनि करलिममा ल्याएर पढाउने योजना यत्तिकै बनेको भने होइन… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि ,पेट्रोल प्रतिलिटर १६०, खाना पकाउने ग्यास प्रति सिलिण्डर १६०० 

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ ४ रुपैयाँले बढाएर प्रतिलिटर १५६ रुपैयाँ र बाह्यतर्फ ५० डलरले बढाएर प्रतिकिलोलिटर १५४५ डलर कायम गरेको छ । पुरा पढौ

जापानको राजधानी टोकियो बाहिर नेपालीद्वारा पहिलो इन्टरनेशनल स्कुल नागोयामा संचालन  

जापानमा नेपालीको सङ्ख्या बढेसँगै नेपालीको लगानीमा स्कुल खोल्ने क्रम पनि बढेको छ । पछिल्लो समय जापानको राजधानी टोकियो बाहिर पहिलो स्कुल सञ्चालनमा आएको छ । जापानको आईची प्रिफेक्चरमा अवस्थित कासुगाई सिटीमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन साथै अङ्ग्रेजी माध्यमका कक्षाहरू सञ्चालन गर्ने उद्देश्यका साथ ‘तोकाई बाटिका इन्टरनेशनल स्कुल' उद्घाटन गरिएको हो । मंगलबार स्कुल प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी स्कुल विधिवत् शुभारम्भ भएको घोषणा गरिएको छ । कार्यक्रम तोकाई बाटिक इन्टरनेशनल स्कुलका अध्यक्ष डा. सुदिप अधिकारीको अध्यक्षता एवं एनआरएनए एसिया… पुरा पढौ

नवलपुरकी २६ वर्षीय लक्ष्मीको जापानमा मृत्यु

जापानको सिन्जुकु सिनओकुबोमा आफन्तसँग बस्ने नेपालको नवलपुर ज़िल्ला मध्यबिन्दु १४ घर भई हाल काठमाडौंमा बस्ने २६ वर्षीय लक्ष्मी केसीको आइतबार साँझ मृत्यु भएकोछ।जापानमा विद्यार्थी भिषाबाट कम्पनी कामदारको रूपमा भिषा परिवर्तन (स्यउसिकी) गरेकी केसीले आफू बसदै आएको कोठाको झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला पारेको जापान प्रहरीले जनाएको छ ।सिन्जुकुको सिनओकुबोमा आफ़ना दिदि भिनाजुसग सगै बस्दै आएकी केसी झुन्डिएको अवस्थामा आफ़न्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक केसीको मृत्युको कारण नखुलेपनि उनी केहिदिन यता तनावमा रहेको जस्तो आफूहरूले पाएको आफन्तले… पुरा पढौ

चरम आर्थिक सङ्कटको व्यवस्थापन प्रति असन्तुष्ट श्रीलङ्काका सबै मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाइ राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् । यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए । श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । र यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ । लगभग आधा दिन… पुरा पढौ

जापानको अनौठो नग्न पर्व अर्थात् हादाका माचुरी

जापानमा एउटा अनौठो पर्व छ । हादाका माचुरी भन्ने । यसलाई नाङ्गो मानिसको उत्सव पनि भनिन्छ जुन सबैभन्दा विलक्षण जापानी चाडहरू मध्ये एक हो । यसमा विश्वभरका मानिसहरू उपस्थित हुन्छन् । जापानको सैदाइजी मन्दिरमा हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबार हुने यो पर्व छिट्टै जापानी संस्कृतिको एउटा उल्लेखनीय पक्ष बनेको छ । लगभग पूर्ण नग्न १० हजार पुरुषहरूले राति चिसो खप्दै ५०० वर्ष पुरानो रीतिरिवाज मनाउने गर्दछन ।  महोत्सवको उत्पत्ति image credit – screen shot via thadpope.com ओकायामाको सैदाइजी मन्दिरमा भएको… पुरा पढौ

डाक्टर पढ्न यस्तोसम्म अपराध : १८ लाख तिरेर भारतबाट समेत परीक्षार्थी ल्याइयो, पाँच जना हिरासतमा 

एमबिबिएस पढ्न परीक्षार्थीले प्रवेश परीक्षामा खेताला परीक्षार्थी प्रयोग गरेको खुलेको छ। प्रवेश परीक्षामा सहभागी विध्यार्थीहरुले किस्ट कलेजमा एमबिबिएस पढिरहेका विद्यार्थीलाई परीक्षार्थीको रूपमा प्रयोग गरेको खुलेको हो। चिकित्सा शिक्षा आयोग, सानो ठिमी, भक्तपुरले लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा केन्द्रमा गएका पाँच जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।  प्रहरीले अमर पण्डित, अनिकेत चौधरी, राम आशिष यादव, ईस्तियाख अहमद र सन्नी कुमार साहलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन्।… पुरा पढौ

बागलुङमा वडास्तरसम्म नै सत्तारूढ दलले गठबन्धन गरेर निर्वाचन लड्ने

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सहित पाँच दलको गठबन्धन हुने भएको छ । आईतबार सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेस सहित नेकपा माओबादी केन्द्र नेकपा एकिकृत समाजबादी पार्टी जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरीय नेताहरुको बैठकले निर्वाचनमा एक भएर अगाडी बढ्ने निर्णय गरेका छन । नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको सभापतित्वमा बसेको बैठकले जिल्लाका सवै वडा देखी गाउँ र नगरपालिका सम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडी बढ्ने… पुरा पढौ