राष्ट्रिय समाचार

समग्र गलकोटको समुन्नत विकासको अवधारणा यस्तो हुनुपर्छ !

हाम्रो देश नेपालकै नक्शासँग मिल्दो जुल्दो नक्शा भएको जिल्ला बागलुङको दक्षिण–पश्चिम भूभागमा अवस्थित एउटा सुन्दर नगरपालिका छ।जसको नाम हो गलकोट नगरपालिका ।१९४.३९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ब्राह्मण, क्षेत्री, ठकुरी, मगर,नेवार अल्पसंख्यकहरु, दलितहरु र मुस्लिम जस्ता विभिन्न जात, जाति एवं फरक फरक भाषा, धर्म र संस्कृति भएका मानिसहरूको बसोबास रहदै आएको छन्।१० हजार ३९३ फिटको उचाइमा रहेको घुम्टे चुचुरोको फेदमा अवस्थित साविकका,मल्म,पाण्डवखानी,हरिचौर,काडेबास,रिघा,हटिया ,नरेठाँटी र दुदिलाभाटी गरि ८ वटा गाउ विकास समितिहरु मिलाएर ११ वटा वडाहरुले गल्कोट नगरपालिका बनेको… पुरा पढौ

प्रेस सेन्टर बागलुङको अभियान एक पालिका, एक पत्रकार

प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उद्देश्यले जिल्लाका दश वटा पालिकामा सञ्चार संयोजक चयन गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाले जानकारी दिए । जस अन्तर्गत बागलुङ नगरपालिकामा अनिश खाती, काठेखोला गाउँपालिकामा कोपीला कँडेल, जैमिनी नगरपालिकामा सज्जन कुमार सिंह, बरेङ गाउँपालिकामा राम थापा अविरल,… पुरा पढौ

स्वर्गीय इन्जिनियर थापाको प्रथम स्मृति दिवसमा ‘प्रेम स्मृतिग्रन्थ’ लोकार्पण

स्वर्गीय इन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गीय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका हुन । स्वर्गीय प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा बोल्दै थापाले स्वर्गीय ईन्जिनियर थापाको अल्पायुमै भएको निधनले राष्ट्रले नै अतुलनीय क्षती व्योहोरेको बताएका छन । उनले सानो उमेरमा गरेका थुप्रै सकरात्मक र उदाहरणीय कामहरुबाट… पुरा पढौ

म्यानपावरको लापरवाहीका कारण १० नेपाली युवा साउदीमा अलपत्र

दोहा – राम्रो काम र धेरै तलब पाउने आश्वासनमा परेर साउदी अरब पुगेका थप १० नेपाली युवा अलपत्र परेका छन् । मेरिडियन म्यानपावर सर्भिस काठमाडौँमार्फत करिब १ महिना अघि त्यहाँ पुगेका ६ जना र दुई महिना अघि गएका ४ जना साउदीको रादिक भन्ने ठाउँमा अलपत्र परेको पीडित राजदूत तामाङले जानकारी दिए । साउदीस्थित कन कन्स्ट्रक्सन कम्पनीमा मेसन कामको लागि गएका उनीहरु कम्पनीले तलब नदिएपछि समस्यामा परेका हुन्। खानाको लागि पैसा माग्दा ५०/१०० साउदी रियाल मात्र दिएको पीडितहरूले बताएका छन्। म्यानपावरलाई… पुरा पढौ

श्रमस्वीकृति रद्द र सिफारिस नियम हट्यो 

विदेशमा मृत्यु र अंगभंग भई फर्केका श्रमिकले बिमा दाबी गर्दा अनिवार्य गरिएको श्रमस्वीकृतिको सिफारिस र श्रमस्वीकृति रद्दका लागि बिचौलियाले लाखौ रुपैयाँ उठाउन थालेपछि सरकारले सिफारिसको नियम हटाएको छ । यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु र अंगभंग भएका बिरामीले बिमा रकम भुक्तानीका लागि विभागवाट श्रमिकले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने अनिवार्य प्रावधान थियो । वैदेशिक रोजगार विभागले सिफारिसको नाममा ठगी बढ्न थालेपछि सम्बन्धित कामदारले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधान हटाइएको जनाएको छ ।योसँगै श्रमस्वीकृति सिफारिस र… पुरा पढौ

सार्वजनिक सवारीसाधनको भाडा बढाउने सरकारको निर्णय 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बृद्धि गरेको छ । मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो । इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीको दबाबमा सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा १० देखि १४ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था… पुरा पढौ

जापानमा साकुरा फूलेको छ, त्यसैमा सबैको मन भुलेको छ । यो सिजन साकुराको हो – तस्विरहरूमा साकुरा  

जापानमा साकुरा फूलेको छ, त्यसैमा सबैको मन भुलेको छ । यो सिजन साकुराको हो - तस्विरहरूमा साकुरा पुरा पढौ

जापानले आगामी दुई वर्षभित्रमा ९५ प्रतिशत जनसंख्यामा फाइभजी मोबाइलको पहुँच पुर्याउने

जापान सरकारले आगामी दुई वर्षमा उच्च गतिको फाइभजी वायरलेस सेवाको उपलब्धता तीन गुणा बढाउने लक्ष्य राखेको छ ।केन्द्र सरकारले आर्थिक वर्ष २०२३ को अन्त्यसम्ममा ९५ प्रतिशत जनसंख्यालाई फाइभजी मोबाइल नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको हो । सञ्चार मन्त्रालयले दूरसञ्चार कम्पनीहरूसँग परामर्श गरी आर्थिक वर्ष २०२३ को अन्त्यसम्म ९५ प्रतिशत कभरेज हासिल गर्ने र आर्थिक वर्ष २०२५ सम्म ९७ प्रतिशत र आर्थिक वर्ष २०३० सम्म ९९ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।दूरसञ्चार मन्त्रालयले घोषणा गरेको पछिल्लो पूर्वाधार विकास योजनामा ​​देशभर द्रुतगतिको… पुरा पढौ

जापानले १४० वर्षपछि क़ानून परिमार्जन गरि वयस्कको उमेर १८ वर्ष क़ायम गर्दै

जापानले १४० वर्षपछि पहिलो पटक अप्रिल महिनामा नागरिक संहिता परिमार्जन गरेर वयस्कको उमेर २० बाट १८ वर्षमा झार्ने वयस्कको कानुनी परिभाषा परिवर्तन गर्दै १८ र १९ वर्षका बालबालिकाका लागि नयाँ स्वतन्त्रता र जिम्मेवारीहरू तोक्ने भएको छ ।युवाहरूलाई सक्रिय सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले अभिभावकको सहमति बिना विभिन्न क़ानूनी कार्य गर्न अनुमति दिएपछि उनीहरू सहज हुने लक्ष्यका साथ सो नागरिक संहिता परिमार्जन गरिन लागेको जापानी संचारमाध्यमहरूले जनाएका छन । १८ र १९ वर्षका वयस्कहरू आपराधिक कार्यमा संलग्न रहि अपराधीक क्रियाकलाप गरेमा… पुरा पढौ

जापानमा परराष्ट्र मन्त्रालयको भवनमा कार ठोक्काउने व्यक्ति पक्राऊ   

टोकियोमा रहेको परराष्ट्र मन्त्रालयको भवनमा आफ्नो कार ठोक्काएको अभियोगमा ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार बेलुका साढे ६ बजे मन्त्रालयको प्रवेशद्वार नजिकैको एउटा पिलरमा कार ठोक्किएपछि प्रहरीले योजनाबद्द रूपमा नै संरचना तोडफोड गर्ने नियतले कार ठोक्काएको आशंकामा घटनास्थल बाट नै ति व्यक्तिलाई पक्राउ गरेको हो ।घटनाको प्रत्यक्षदर्शी क्योदो न्युज रिपोर्टरका अनुसार टक्कर पछि ती व्यक्तिले गाडीबाट बाहिर निस्किएर बारम्बार चिच्याउदै भने "मैले परराष्ट्र मन्त्रालयसँग केही कुरा गर्नु थियो।"मन्त्रालयका सुरक्षा अधिकारीहरूले टोकियो निवासी ती व्यक्तिलाई भुइँमा सुत्न… पुरा पढौ