राष्ट्रिय समाचार

एनआरएनएको विवाद ३ अध्यक्षसंगै ९५ सदस्यीय पदाधिकारी निर्वाचित गर्दै सकियो, जापानबाट को को भए निर्वाचित

गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । करिब ६ महिनादेखि चल्दै आएको विवाद का कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो । तिन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीन वटै… पुरा पढौ

प्रेस सेन्टर बागलुङको समन्वयमा विज्ञान पत्रकारिता तालिम

विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजनामा विज्ञान तथा प्रविधी पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल बागलुङको समन्वय तथा सहकार्यमा सञ्चालित तालिममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । गलकोट माध्यमिक विद्यालयको हलमा २ दिन सम्म सञ्चालित तालिममा पत्रकारलाई विज्ञान तथा प्रविधि पत्रकारिता, विज्ञानको महत्व सम्वन्धी समाचार लेखन, पत्रकारिता मार्फत विज्ञानको बारेमा आम सर्वसाधारणलाई जानकारी गराउने, वास्तविक तथ्यपरक र सत्य अनि सन्तुलित समाचार लेखन, वैज्ञानिक अवधारणा,… पुरा पढौ

जापानमा दश हजार बढि विदेशी बालबालिका विद्यालयमा अनुपस्थित

जापानमा प्रारम्भिकदेखि जुनियर हाई स्कूल उमेरका सबै विदेशी बालबालिकामध्ये लगभग ७ प्रतिशत अर्थात् १०,०४६ बालबालिकाहरू विद्यालयमा उपस्थित हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ।तर सन् २०१९ मा गरिएको शिक्षा मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षणअनुसार मे २०२१ सम्ममा त्यस्ता अनुपस्थित विद्यालय बालबालिकाको संख्या झण्डै आधा अर्थात ९,४२५ ले घटेको थियो।प्रारम्भिक र जुनियर हाई स्कूल शिक्षा विदेशीहरूको लागि अनिवार्य नरहेपनि तिनीहरूले चाहेमा सार्वजनिक शिक्षा निःशुल्क प्राप्त गर्न सक्ने व्यवस्था रहेकोलाई आधार बनाएर गरिएको सर्वेक्षणले सो तथ्य देखाएको जापानी संचारमाध्यम माईनिचीले आफ़नो समाचारमा लेखेको छ।… पुरा पढौ

आजदेखि जापानमा हट्यो एयरपोर्टको क्वारेन्टिन, होम क्वारेन्टिन मात्र बसे हुने

नयाँ कोरोनाभाइरस संक्रमणको लागि गरिएको सिमा फुकुवाको अर्को उपाय अन्तरगत अब नेपालसहितका सिंगापुर, म्यानमार, मंगोलियाबाट जापान आउने यात्रुले तीन दिनसम्म एयरपोर्टको क्वारिन्टाइन बस्नु नपर्ने भएको छ ।मार्च २६ तारिकदेखि लागु हुने गरि शुक्रवार विदेश मन्त्रालयले आफ़नो वेभसाइटमार्फत जारी गरेको सूचना अनुसार बुस्टर खोप (3rd dose) लगाएको प्रमाण भए होम क्वारिन्टाइन पनि बस्नु नपर्ने अन्यथा ७ दिन होम क्वारेन्टिन भने बस्नु पर्ने उल्लेख गरिएको छ ।बुस्टर खोप (3rd dose) नलगाएका हरूको हकमा जापान प्रवेश गरेको ३ दिन पछि पिसिआर रिपोर्ट नेगेटिभ… पुरा पढौ

उत्तर कोरियाले जापानको समुद्रमा पर्ने गरि सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार समुद्रतर्फ सम्भवतः यसको सबैभन्दा ठूलो अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिका र अन्य प्रतिद्वन्द्वीहरूलाई यसलाई स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले दबाब अभियानलाई अगाडि बढाउँदै प्रतिबन्धहरू हटाउन उक्त कार्य गरेको हो । क्षेप्यास्त्र प्रहार गरे पछि संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले पत्रकारहरूलाई संयुक्त राज्यले खुला सुरक्षा परिषद् बैठकको लागि अनुरोध गरेकी छिन । बैठक शुक्रबार हुने तयारी भएको एपीले जनाएको छ ।… पुरा पढौ

जापानले छिट्टै नै चौथो डोजको कोभिड भ्याक्सिन दिने तयारी

जापानले प्रशासनको लागि तयारी सुरु गर्नेछ, जनायो, जापान सरकारले दुई अमेरिकी औषधि कम्पनीहरूबाट थप डोजहरू खरिद गरि कोरोनाभाइरस विरुद्दको खोपको चौथो डोज दिने तयारीका लागि स्वास्थ्य मन्त्रालयको उपसमितिले बिहीबार सहमति जनाएको छ ।चौथो डोजको खोप लगाउन योग्य हुने वास्तविकहरूको लागि अतिरिक्त बूस्टर शटहरू व्यवस्थापन गर्ने कि नगर्ने र को योग्य हुनेछन भन्ने कुराको पछि निर्धारण गर्ने गरि हालका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको सरकारी अधिकारीहरूले बताएका छन ।बिहीबार बसेको बैठकमा उपसमितिका सदस्यहरूले स्वास्थ्य मन्त्रालयको प्रभावकारिता र सुरक्षासम्बन्धी विदेशी तथ्याङ्कका आधारमा… पुरा पढौ

कोरियाबाट फर्केर नेपालमा कृषि उधम गर्दै बागलुङका गमबहादुर कुँवर, बेचे वार्षिक ८० लाखको बाख्रा

बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीका गमबहादुर कुँवर केही वर्षअगाडि रोजगारीको सिलसिलामा कोरिया पुगे । उनले कोरियामा नेपालको जस्तो स्रोतसाधन प्रशस्त नभएको तर विकास भने निकै भएको पाए । पाँच वर्ष कोरियामा बिताएर कुँवर आफ्नै गाउँ फर्किएका कुँवरले बाख्रापालन गर्ने सोच गराइ र पारिवारिक रूपमा बाख्रापालन थालनी गरे । ४१ वर्षीय कुँवरले चार वर्षअगाडि १०/१२ वटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले पहाडी इलाकाकै सबैभन्दा ठूलो फर्मका रूपमा स्थापित भएको छ । संयुक्त परिवार रहेको कुँवरका सबै सदस्यले व्यवसायमा सघाउँदै आएका छन् ।… पुरा पढौ

गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न सैद्धान्तिक स्वीकृति दिने तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न स्वीकृति दिने तयारी गरेको छ । लामो समयदेखि यस विषयमा संसद्मा र संसद् बाहिर वकालत गर्दै आएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले राष्ट्रिय विकास समस्या समाधानमा यो एजेन्डा अघि बढाउने निर्णय गरेको हो । समितिको बैठकको निर्णयमा गाँजाको नमुना सङ्कलन गर्न कानुनी बाधा परेको भन्दै औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानुनी व्यवस्था तयार… पुरा पढौ

अन्तत: पल शाह भए जेल चलन (अदालतको फ़ैसलाको पूर्ण पाठसहित)

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको… पुरा पढौ

टोकियोसहित १५ प्रान्तमा विद्युत् अभावको सामना

गत हप्ता शक्तिशाली भूकम्प र चिसो मौसमको कारणले सामान्य भन्दा ठूलो बिजुली खपत पछि केही पावर प्लान्टहरू संचालनमा नआउदा टोकियो र मध्यदेखि उत्तरपूर्वी जापानका अन्य १५ प्रान्तहरूले मंगलबार कडा बिजुली आपूर्ति-माग अवस्थाको सामना गरिरहेका छन् । जापानको उद्योग मन्त्रालयले मंगलबार बेलुका ८ बजेतिर विद्युत् कटौती हुनसक्ने भएकोले टोकियो र अन्य पूर्वी र उत्तरपूर्वी क्षेत्रका ३० लाख घरपरिवारलाई असर पर्नसक्ने बताएको छ। आओमोरी, इवाते, मियागी, अकिता, यामागाटा, फुकुशिमा, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, कानागावा, निगाता, यामानाशी र शिजुओकालाई ऊर्जा बचत प्रयासमा… पुरा पढौ