राष्ट्रिय समाचार

अन्तत: पल शाह भए जेल चलन (अदालतको फ़ैसलाको पूर्ण पाठसहित)

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको… पुरा पढौ

टोकियोसहित १५ प्रान्तमा विद्युत् अभावको सामना

गत हप्ता शक्तिशाली भूकम्प र चिसो मौसमको कारणले सामान्य भन्दा ठूलो बिजुली खपत पछि केही पावर प्लान्टहरू संचालनमा नआउदा टोकियो र मध्यदेखि उत्तरपूर्वी जापानका अन्य १५ प्रान्तहरूले मंगलबार कडा बिजुली आपूर्ति-माग अवस्थाको सामना गरिरहेका छन् । जापानको उद्योग मन्त्रालयले मंगलबार बेलुका ८ बजेतिर विद्युत् कटौती हुनसक्ने भएकोले टोकियो र अन्य पूर्वी र उत्तरपूर्वी क्षेत्रका ३० लाख घरपरिवारलाई असर पर्नसक्ने बताएको छ। आओमोरी, इवाते, मियागी, अकिता, यामागाटा, फुकुशिमा, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, कानागावा, निगाता, यामानाशी र शिजुओकालाई ऊर्जा बचत प्रयासमा… पुरा पढौ

केपी ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी छः घनश्याम भुसाल 

नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको आधार तयार पार्नुपर्ने बताएका छन् । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा भुसालले हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबीच एकतामा जानुपर्ने बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबीचको एकताको विरोधमा लागिरहेको पनि बताए । भुसालले संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षपोषण गर्नुसरह भएको पनि बताए । उनले भने,’अब पनि संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । किनकी अदालतले… पुरा पढौ

जापानले टोकियोसहित ८ प्रान्तमा विद्युत् आपूर्तिको कमिलाई सन्तुलन कायम गराउन बचतका लागि चेतावनी जारी

जापान सरकारले गत हप्ता उत्तरपूर्वी क्षेत्रमा गएको ठूलो भूकम्प गएको कारण केही विद्युत केन्द्रहरू रोकिएका कारण कडा ऊर्जा आपूर्तिमा चेतावनी जारी गर्दै टोकियो र केही अन्य क्षेत्रका मानिसहरूलाई विद्युत् बचतका लागि आग्रह गरेको छ ।टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्स इंकले मंगलबार चिसो मौसम र गत बुधबारको भूकम्पबाट केही थर्मल पावर प्लान्टहरूमा नियमित संचालनमा आएको समस्याका कारण विद्युत् अभाव हुन सक्ने बताएपछि अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको सो चेतावनी जारी गरेको हो।जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री हागिउडाले आकस्मिक पत्रकार सम्मेलन… पुरा पढौ

विद्युत्को बक्यौता नबुझाउँदा बसपार्क अन्धकार !

विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो । विद्युत् कार्यालयको आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन भने पानीको लाइन काटिएको पनि दुई हप्ता हुन लाग्यो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन्… पुरा पढौ

जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिहरूको समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादी युद्धका घाइते तथा अपाङ्ग योद्धाहरूको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले जानकारी दिएका छन् । उनका अनुसार प्रचण्डले देउवासमक्ष विभिन्न पाँच बुँदामा ध्यानाकर्षण गराएका छन् । जसमा सशस्त्र… पुरा पढौ

‘राष्ट्रिय पुँजीको विकास माओवादीको प्रमुख एजेन्डा’ 

स्थानीय तहको निर्वाचन मिति तोकिएपछि प्रमुख दल चुनावी दौडमा छन्। नेताहरु जिल्लाजिल्लामा पुगेर आफ्नो पक्षमा मतदाता पार्ने तयारीमा छन्। जिल्लाजिल्लामा आयोजित कार्यक्रममा उपस्थित भएर एक अर्कालाई गालीगलौज गर्न शीर्ष नेता व्यस्त देखिन्छन्। चुनावी माहोल बनाउने दौडमा रहेका नेता देश विकासको एजेन्डामा भन्दा अहिलेसम्मका उपलब्धिको ब्याज खाने र विपक्षीलाई गाली गर्ने होडमा देखिन्छन्। चुनावी रणनीति र पार्टीका गतिविधिको विषयमा खबरहबका लागि माओवादी नेता हरिबोल गजुरेलसँग धिरज बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंशः पोखरा पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनमा भर नपरी आफ्नै बलबुतामा उभिनुपर्छ… पुरा पढौ

झडपमा प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु जारी

यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् । गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको मृत्यु भएको हो । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय प्रशासनले विद्यालयमा… पुरा पढौ

अब नेपाल जादा कसले कोभिड-१९ को परिक्षण गरिनुपर्छ? नया अपडेटसहित

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कहरुमा कोभिड- १९ लगायत अन्य संक्रामक रोगहरुको परीक्षण सम्बन्धी मापदण्ड निर्धारण गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड -१९ को पूर्ण खोप नलगाएका र कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिनु भयो । केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टा भित्रको कोभिड-१९ को परीक्षण (आरटी पीसीआर, ट्रु नाट, जीन एक्सपर्ट) को नेगेटिभ रिपोर्ट नभएका यात्रीहरुले डेस्कहरुमा परीक्षण… पुरा पढौ

दाल भात उत्तम खाना

सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, शब्जी र भान्सामा दैनिक रुपमा प्रयोग गरिने मसलाहरुका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो । दाल भातको सट्टा छोडेर पत्रु परिकारहरु बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।जर्मनीको ल्युबेक युनिभर्सीटिका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारती डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीहरुको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भातरको भान्सामा पाक्ने दाल भात र… पुरा पढौ