
उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार समुद्रतर्फ सम्भवतः यसको सबैभन्दा ठूलो अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)परीक्षण गरेको छ ।
संयुक्त राज्य अमेरिका र अन्य प्रतिद्वन्द्वीहरूलाई यसलाई स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले दबाब अभियानलाई अगाडि बढाउँदै प्रतिबन्धहरू हटाउन उक्त कार्य गरेको हो ।
क्षेप्यास्त्र प्रहार गरे पछि संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले पत्रकारहरूलाई संयुक्त राज्यले खुला सुरक्षा परिषद् बैठकको लागि अनुरोध गरेकी छिन । बैठक शुक्रबार हुने तयारी भएको एपीले जनाएको छ ।
दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारीले उत्तरको आईसिबिएम राजधानी प्योङयाङ नजिकै सुनान क्षेत्रबाट प्रहार गरिएको बताए । १,०८० किलोमिटर (६७० माइल) र ६,२०० किलोमिटर (३८५० माइल) को अधिकतम उचाइमा पुगेको जनाए ।
क्षेप्यास्त्र जापानको क्षेत्रीय जलक्षेत्रमा पुग्नबाट बच्न उच्च कोणबाट प्रहार गरिएको थियो। जापानका उप रक्षामन्त्री माकोतो ओनिकीले उडान विवरण अनुसार नयाँ प्रकारको आईसिबिएम भएको बताए।
“यो एक अक्षम्य लापरवाही हो। हामी उक्त कार्यको घोर निन्दा गर्छौं,’ जापानी प्रधानमन्त्री फुमियो किशिदाले समूहको सात बैठकमा भाग लिन बेल्जियम पुगेपछि भने।
टोकियोका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले भने, क्षेप्यास्त्र होक्काइडो टापुबाट जापानी क्षेत्रीय जलक्षेत्रमा अवतरण हुनुभन्दा ७१ मिनेट अघि उडेको थियो। जापानले उत्तरको प्रविधिको विश्लेषण गर्न आफ्नो विशेष आर्थिक क्षेत्र भित्र भग्नावशेष खोज्न सक्छ, उनले भने।
उत्तर कोरियाले बिहीबार नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ह्वासोङ-१७ को सफल परीक्षण गरेको जनाएको छ।
सत्तारुढ वर्कर्स पार्टीको अखबार रोडोङ सिनमुनको शुक्रबारको संस्करणमाउत्तर कोरियाका नेता किम जोङको उपस्थितिमा मिसाइल प्रहार गरिएको जनाएको छ। उत्तर कोरियाले ह्वासोङ-१७ मिसाइल प्रक्षेपण गरेको यो पहिलो पटक हो।
अखबारले किमको निर्देशनमा बिहीबार सुनानको अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको सागरतर्फ मिसाइल प्रहार गरिएको जनाएको छ।सुनान प्योङयाङको उपनगर हो।
समाचारमा जनाइए अनुसार क्षेप्यास्त्र तथाकथित लोफ्टेड ट्र्याजेक्टोरीमा उडेको थियो जसमा सामान्य भन्दा ठुलो प्रक्षेपण हो।क्षेप्यास्त्र ६२४८.५ किलोमिटरको उचाइमा पुगेको र लगभग ६७ मिनेटमा १०९० किलोमिटरको गतिमा तोकिएको क्षेत्र समुद्रमा नै प्रहार भएको बताईएको छ।
समाचारले किमलाई उद्धृत गर्दै भनेको छ- देशले आफ्नो आणविक युद्ध प्रतिरोध क्षमताहरू, गुणस्तर र मात्रा दुवैमा बलियो बनाइरहनेछ, जसलाई अमेरिकी साम्राज्यवाद विरुद्धको तयारी भनेर बुझिनुपर्छ ।
समाचारमा देखाइएका तस्बिरहरूले एउटा ब्यालिस्टिक क्षेप्यास्त्र एउटा ट्रान्सपोर्टर गाडीमा राखिएको देखाउँछ जसको एक छेउमा ११ पाङ्ग्राहरू थिए। तस्बिरहरूले क्षेप्यास्त्रबाट उड्ने क्रममा सुन्तला रङका ज्वालाहरू देखाउँछन्।
उक्त क्षेप्यास्त्र बिहीबार दिउँसो जापानको सागरमा खसेको अनुमान गरिएको छ।यो जापानको उत्तरी प्रान्त होक्काइडोको ओशिमा प्रायद्वीपबाट करिब १५० किलोमिटर पश्चिममा समुद्रमा प्रवेश गरेको थियो।अवतरण क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र भित्र पर्छ।
उत्तर कोरियाले अप्रिल २०१८ मा अमेरिकासँगको पहिलो शिखर वार्ता अघि ICBM र आणविक परीक्षणहरू स्थगित गर्ने घोषणा गरेको थियो । पछिल्लो परीक्षण उत्तर कोरियाको परीक्षण फायरिङ पछि ICBM मिसाइलको पहिलो पूर्ण-स्तरीय प्रक्षेपण हो।
प्योङयाङले जनवरीमा आफ्नो ICBM परीक्षण फायरिङको निलम्बनको समीक्षा गर्ने सुझाव दिएको थियो। अप्रिलमा, उत्तर कोरियाले देशका संस्थापक किम इल सुङ, किम जोङ उनका दिवंगत हजुरबुवाको ११० औं जन्मोत्सव मनाउनेछ।



