
गत हप्ता शक्तिशाली भूकम्प र चिसो मौसमको कारणले सामान्य भन्दा ठूलो बिजुली खपत पछि केही पावर प्लान्टहरू संचालनमा नआउदा टोकियो र मध्यदेखि उत्तरपूर्वी जापानका अन्य १५ प्रान्तहरूले मंगलबार कडा बिजुली आपूर्ति-माग अवस्थाको सामना गरिरहेका छन् ।
जापानको उद्योग मन्त्रालयले मंगलबार बेलुका ८ बजेतिर विद्युत् कटौती हुनसक्ने भएकोले टोकियो र अन्य पूर्वी र उत्तरपूर्वी क्षेत्रका ३० लाख घरपरिवारलाई असर पर्नसक्ने बताएको छ।
आओमोरी, इवाते, मियागी, अकिता, यामागाटा, फुकुशिमा, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, कानागावा, निगाता, यामानाशी र शिजुओकालाई ऊर्जा बचत प्रयासमा सहयोगका लागि अनुरोध गरिएका १५ प्रान्तहरू हुन्।
गत साता गएको ठूलो भूकम्पपछि विद्युत आपूर्ति अवरुद्ध भएपछि सरकारले र केही युटिलिटीहरूले मानिसहरूलाई आफ्नो बिजुली खपत कम गर्न आह्वान गरेको बेला यो चेतावनी आएको हो।
मन्त्रालय र तेप्को पावर ग्रिड इंकले भनेको छ-“जलविद्युत पावर प्लान्टहरूमा पानी पम्प गर्दा आउटेज हुन सक्छ, जसले टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिंग्स इंक र तोहोकु इलेक्ट्रिक पावर कम्पनी द्वारा सेवा प्रदान गर्ने क्षेत्रका मानिसहरूलाई असर गर्छ।
बुधवारको भूकम्पपछि फुकुसिमा प्रान्तका केही थर्मल पावर प्लान्टहरू अफलाइन रहेकोले सरकारले दुर्लभ विद्युत आपूर्ति चेतावनी जारी गर्न र टोकियो र अन्य धेरै प्रान्तहरूमा विद्युत संरक्षण गर्न आग्रह गरेको छ। एक्कासी बढेको चिसो मौसमले प्रभावित क्षेत्रहरूमा मंगलवार आपूर्तिको माग बढेको हो ।
‘माग अझै पनि लक्ष्यभन्दा बढी छ,’ प्रधानमन्त्री फुमियो किशिदाले ट्विट गर्दै सम्वन्धित क्षेत्रमा सकेसम्म विद्युत बचत गर्न सहयोग गर्न आह्वान गरेका छन् ।
सन् २०११ को भूकम्पले फुकुसिमा दाइची प्लान्टमा पारेको असरले प्रकोप पछि लागू गरिएका कडा नियमहरू अन्तर्गत जापानका धेरै आणविक रिएक्टरहरू अफलाइन भै देश थर्मल पावरमा अत्यधिक निर्भर रहेको छ । मार्च २०२१ मा समाप्त भएको आर्थिक २०२० मा कुल ऊर्जा उत्पादनमा थर्मल प्लाण्टको क्षमता ७६.३ प्रतिशत थियो।
‘भूकम्पका कारण थर्मल पावर प्लान्टहरू स्थगन हुनुका साथै खराब मौसमका कारण मागमा भएको उल्लेख्य वृद्धिले यसपटक विद्युत आपूर्ति र मागको अवस्था तनावग्रस्त हुनुको कारण हो,’ उद्योगमन्त्री कोइची हागिउडाले पत्रकार सम्मेलनमा भने, ‘वर्षाको मौसम छ । सौर्य उर्जा उत्पादनलाई रोक्छ र माग बढाउछ ।
“TEPCO ले अनावश्यक समस्या (मानिसहरूलाई) दिन नचाहेको हुन सक्छ र यस्तो चेतावनीको आवश्यकतालाई बुझ्न खोज्दा अन्तिम समयसम्म प्रयासरत रहेको थियो,” हागिउडाले भने।
टेप्कोले नागोया र आसपासका क्षेत्रमा सेवा दिने चुबु इलेक्ट्रिक पावर कम्पनी लगायत अन्य सातवटा विद्युत् वितरकबाट बिहान ७ बजेदेखि विद्युत प्राप्त गरेको बताएको छ ।



