आजदेखि जापानमा हट्यो एयरपोर्टको क्वारेन्टिन, होम क्वारेन्टिन मात्र बसे हुने

-


     जनहित न्युज    
     चैत्र १२ गते २०७८


नयाँ कोरोनाभाइरस संक्रमणको लागि गरिएको सिमा फुकुवाको अर्को उपाय अन्तरगत अब नेपालसहितका सिंगापुर, म्यानमार, मंगोलियाबाट जापान आउने यात्रुले तीन दिनसम्म एयरपोर्टको क्वारिन्टाइन बस्नु नपर्ने भएको छ ।
मार्च २६ तारिकदेखि लागु हुने गरि शुक्रवार विदेश मन्त्रालयले आफ़नो वेभसाइटमार्फत जारी गरेको सूचना अनुसार बुस्टर खोप (3rd dose) लगाएको प्रमाण भए होम क्वारिन्टाइन पनि बस्नु नपर्ने अन्यथा ७ दिन होम क्वारेन्टिन भने बस्नु पर्ने उल्लेख गरिएको छ ।
बुस्टर खोप (3rd dose) नलगाएका हरूको हकमा जापान प्रवेश गरेको ३ दिन पछि पिसिआर रिपोर्ट नेगेटिभ भएको डकुमेन्ट अनलाइनमार्फत स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयलाई सूचित गरेमा पनि होम क्वारिन्टाइन सोही दिनबाट क्वारिन्टाइन अन्त्य गरिन सकिने छ ।एयरपोर्टबाट घरसम्म जान सार्वजानिक यातायात प्रयोग गर्न समेत मिल्ने भएको छ।
जापान सरकारले कोरोना रोकथामका उपाय अवलम्बन गर्दै सामाजिक र आर्थिक गतिविधिलाई बढ़ावा दिने बताईरहेका बेला यस खालका निर्णयहरू सार्वजनिक हुन थालेक़ा छन । यसबाट जापान प्रवेशका लागि तयारीमा रहेका हजारौ विदेशी नागरिकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरि जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाईदै आएका यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई गत मंगलबारदेखि पूर्णरूपमा हटाएको छ । यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन् । यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो ।
यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल , रेस्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरु ठुलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार जनवरी ४ सम्म ४ लाख ७ हजार भन्दा बढी व्यक्तिहरू जापान प्रवेशको भिसाका लागि योग्य भएर पनि सिमा नियन्त्रणमा गरिएको कडाइसंगै प्रवेश गर्न असमर्थ भएका थिए । यी मध्य मध्ये १,५२,९०० विद्यार्थी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?