राष्ट्रिय समाचार

नेपाल बारमा सत्ता गठबन्धन निकट प्यानल नै विजयी 

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरे नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् । उनले काँग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक थिए । घिमिरेले ४४७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत पाएका छन् । त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी… पुरा पढौ

कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन: अर्थमन्त्री

अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रष्ट पार्नुभएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उहाँले भन्नुभयो, ‘कतिपयलाई भने नेपालको… पुरा पढौ

अब २ दिन सरकारी बिदा,मन्त्रीपरिषद्ले गर्‍यो निर्णय 

सरकारी खर्च कटाउन सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रीपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसबारे थप छलफलपछि निर्णय कार्यान्वयनमा आउने ती मन्त्रीले जानकारी दिए।  सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि… पुरा पढौ

जापानका लागि नेपाली राजदूतमा परराष्ट्र सेवाका दुर्गाबहादुर सुबेदी सिफारिस, अन्य १९ देशमा को कहाँ?

करिब सात महिनादेखि रिक्त रहेको जापानका लागि नेपाली राजदूतको पदमा सरकारले परराष्ट्र सेवाका दुर्गाबहादुर सुवेदीलाई सिफारिस गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जापानसहित २० देशका लागि ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञबाट गरी गरेको राजदूतका लागि सिफारिसमा सुवेदीलाई जापानको लागि सिफ़ारिस गरिएको बताईएको छ।झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा ज़िल्लाका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन । त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी… पुरा पढौ

नेपालमा गाँजा खुला हुने !

लागुऔषध नियन्त्रणको जिम्मेवारी बोकेको गृह मन्त्रालयले नै नेपालमा गाँजा खुला गर्न प्रक्रिया अगाडि बढाएको छ। गाँजा खेतीको अनुमति दिन मन्त्रालयले प्रस्ताव बनाएर अर्थ मन्त्रालय पठाइसकेको छ। नेपालमा २०३३ सालमा लागु औषध नियन्त्रण सम्बन्धी ऐन नै बनाएर गाँजा उत्पादन र सेवनमा प्रतिबन्ध लगाइएको थियो। पछिल्लो समय भने केही सांसद र गाँजा खुल्ला गर्ने पक्षका अभियन्ताहरूले व्यावसायिक उत्पादन खुल्ला गर्न माग गर्दै आएका छन्। मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायले  गाँजाजन्य पर्दाथ सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौता र राष्ट्रिय… पुरा पढौ

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा अधिवक्ता गोविन्द बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्री नियुक्त गरेकी हुन् । बन्दी गैरसांसद हुन्। संविधानअनुसार गैर सांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ । अहिलेका कानुनमन्त्री दिलेन्द्र बडूलाई भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोकिएको छ। पुरा पढौ

बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछ: अर्थमन्त्री शर्मा

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।आगामी आर्थिक बर्ष ०७९-८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो अर्थ मन्त्रालयमा भएको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले सबैको सुझाव संकलन गरेर बजेटमा सम्बोधनको प्रयास गरिने बताउनुभयो । ‘छलफलमा सहकारी क्षेत्रलाई राम्रो गर्ने बिषयमा धेरै सुझाव आएका छन् । यी सुझावलाई बजेटमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ’ उहाँले भन्नुभयो ।छलफलमा सहकारी क्षेत्रका दुई दर्जन भन्दा बढी सरोकारवाला क्षेत्रका प्रतिनिधि तथा… पुरा पढौ

मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने 

मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण… पुरा पढौ

स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल !

स्थानीय तह निर्वाचन - २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल ! आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ । नेपालको सन्दर्भमा स्थानीय,व्यवस्थापिका र कार्यपालिकाको भूमिकामा समेत रहेको स्थानीय तह (सरकार) नेपाली मौलिक विशेषतामा आधारित समाजवाद उन्मुख राज्य व्यवस्थाको एक महत्वपूर्ण आधार हो । साथै,आवधिक निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र… पुरा पढौ

दलहरुलाई अनिवार्य पालना गर्न भन्दै आयोगले जारी गर्यो ६० बुँदे निर्देशन 

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो । निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई निर्देशन दिइएको आयोगको भनाइ छ । निर्देशनमा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी… पुरा पढौ