राष्ट्रिय समाचार

परिचर्चामा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ युगको पदचाप’

काठमाडौं, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरुको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसार कै सार्थक पुस्तक रहेको समीक्षक तथा लेखकहरुबाट प्रतिक्रिया आएको छ । जनसाँस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरु बीच भएको ‘नयाँ युगको पदचाप ः पुस्तक परिचर्चा’का क्रममा उहाँहरुले नाम अनुसारका सामग्रीहरु किताबमा समेटेको उल्लेख गर्नुभएको छ ।  जनसाँस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मात्रिका पोखरेलले मान्छे अहिले मुलुकमा बनावटी कामलाई… पुरा पढौ

बहुआयामिक आयोजनाको पक्षमा ऊर्जामन्त्रीको बोल्ड निर्णय, अब के हुन्छ ?

देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित नयाँ निर्णय भएपछि यसले गति लिने विश्वास बढेको हो। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको यो आयोजना नेपालले नै बनाउने गरी मन्त्रिपरिषदबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्णय गराएकी हुन्। ऊर्जा क्षेत्रमा यो बोल्ड निर्णयको चर्चा भइरहेको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१४ मा… पुरा पढौ

कोभिड-१९ विरुद्दको खाने चक्की ‘शियोनोगी’ नामक औषधि गर्भवती महिलाहरूलाई दिन अस्विकार

जापानी फार्मास्युटिकल फर्म शिओनोगी एन्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्दको खाने चक्की गर्भवती महिलाहरूको लागि प्रयोग नगर्न सिफारिस गर्ने भएको छ ।सो खाने चक्की उत्पादन गरि मानवमा लागु गरिनु अघि गर्भाधान गरेका पशुमा गरिएको परीक्षणले भ्रूण असामान्य असर पारेको पत्ता लागेकोले गर्भवति महिलाका लागि प्रयोग नगर्ने सोच गरिरहेको कम्पनीले जनाएको जापानी संचारमाध्यम क्योदो न्यूजले उल्लेख गरेको छ ।ओसाकाको औषधि निर्माता कम्पनीले फेब्रुअरीमा स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयमा औषधिको स्वीकृतिको लागि आवेदन दिएको थियो तर मन्त्रालयले गर्भवती महिलाहरूलाई औषधि लिनबाट रोक्नको लागि… पुरा पढौ

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने 

काठमाडौं । काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गरेका थिए । गत वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको र यो वर्ष पनि दुई साताको हाराहारीमा आइपुग्ने अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । सुरुङभित्र ग्यालथुम र सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर मात्रै… पुरा पढौ

कोभिड सीमा प्रतिबन्ध खुकुलो भएपछि ३० हजार विदेशी विद्यार्थी जापान प्रवेश

जापान सरकारले कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि गरिएको प्रवेश कडाइलाई मार्चदेखि खुकुलो बनाएपछि करिब ३० हजार विदेशी विद्यार्थीहरू जापान भित्रिएका छन ।विद्यार्थी भिषाको लागि प्रवेश अनुमति प्राप्त गरि करिव दुई वर्षदेखि जापान प्रवेश गर्न पर्खिरहेका लगभग १ लाख १० हजार विदेशी विद्यार्थीहरू मध्य गत महिनाबाट देशको कडा सीमा प्रतिबन्धमा गरिएको खुकुलोका कारण एक महिनामा ३० हजार भित्रिएको शिक्षा मन्त्री शिनसुके सुमात्सुले बताएका छन।सरकारले आगामी मे महिनासम्म प्रतिक्षारत रहेका अधिकांश विदेशी विद्यार्थीलाई स्वीकार गर्ने लक्ष्य राखेको बताऊदै मन्त्री सुमात्सुले भने… पुरा पढौ

तथ्यहरु भन्छन्– जोखिममा परेको छैन मुलुकको अर्थतन्त्र, एमालेले राजनीति गर्न खोज्यो  

काठमाडौं । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ। यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरेको छ। अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध तीन पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर सरकारमाथि निशाना साँधे। यस बीचमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित हुनुभयो। अघिल्लो सरकारले शैक्षिक योग्यतासम्बन्धी विवादका बीचमा लगानी बोर्डका प्रमुख कार्यकारी रहेकै अवस्थामा अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो। प्रमुख… पुरा पढौ

रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्राउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् । दुई दर्जनभन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए। “हामीलाई यतिबेला बिदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईंहरूले… पुरा पढौ

कालिका कपको फाईनलमा गलकोट समाज जापान  

चैत शुक्ल पक्षमा मनाइने चैतेदशै पर्व चैतेदशैको अवसरमा बागलुङमा आयोजित कालिका कप खुल्ला भलिबल प्रतियोगितामा गलकोट समाज जापान फाईनलमा प्रवेश गरेको छ ।  कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशै मेलाको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा सोमबार पर्वत स्पोट्स क्लबलाई पराजित गदैं गलकोट समाज जापान फाईनलमा प्रवेश गरेको हो ।  सेमिफाईनलमा पर्वत स्पोट्स क्लवलाई गलकोट समाज जापानले ३–१ मो सेटमा पराजित गरेको हो । खेलको दोस्रो तेस्रो पाँचौ सेटमा क्रमश २८–२६, २५–१८ र १५– १२ को सेटमा जित… पुरा पढौ

देशैभर तालमेल गरी आपसी सहकार्य गर्न पाँच दलीय गठबन्धनको अपील 

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरी आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् । सोमबार  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर संयुक्त अपील जारी गरी आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका हुन् । अपीलमा भनिएको छ, “देशैभर… पुरा पढौ

दुई सय पचास बढि पालिकामा निर्वाचनको परिणाम आफ़्नो पक्षमा पर्ने माओवादीको विश्लेषण

सत्ता गठबन्धनको चुनावी तालमेल र अघिल्लो चुनावको मत विश्लेषण गर्दा स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ठाउँमा विजयी भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लागि सवैभन्दा धेरै सकस पर्ने देखिएको छ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले ७५३ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि एमाले एक्लिएको हो । भलै उनीहरुले घोषणा गरेको जस्तो तालमेल हुने लक्षणहरु भने स्थानीय तहमा छैन । हुन त एमाले पनि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने तयारीका… पुरा पढौ