
पश्चिम जापान रेलवे कम्पनी (जेआर वेस्ट) ले स्टेशन प्लेटफर्मबाट अगाडिको ट्र्याकहरूमा कोहि खसेको पाँच सेकेन्ड भित्रमा रेल चालकहरूलाई सूचित गर्ने सेन्सर प्रणाली विकास गरेको छ।
जेआर वेस्टले अप्रिल १३ मा घोषणा गरेको नयाँ प्रणालीले चालकले लडेको व्यक्तिलाई थाहा पाउन लाग्ने समयलाई उल्लेखनीय रूपमा घटाएर दुर्घटनाहरू रोक्ने लक्ष्य राखेर सो प्रणालीको विकास गरेको हो। यो प्रणाली जापानमा आफनै प्रकारको प्रणाली विकास गरेको पहिलो हो । यस सेन्सर प्रणालीलाई रेलवेले पश्चिमी जापानको केहान्सिन महानगरीय क्षेत्रका प्लेटफर्ममा आगामी जुन महिना देखि ढोका बिना स्टेशनहरूमा संचालनमा ल्याउने र त्यसको प्रभावकारिता हेरेर क्रमशः अन्य स्थानमा स्थापना गर्ने योजना बनाएको छ।
जेआर वेस्टका अनुसार प्लेटफर्मको छतमा बहु सेन्सरहरू स्थापना गरिएका छन्। यदि कम्प्युटरले एक व्यक्ति खसेको निश्चित भएमा प्लेटफर्मको अन्त्यमा रहेको चेतावनी बत्तीले चालकलाई खतराको संकेतको सचेत गराउन स्वचालित रूपमा फ्ल्यास भै ट्रेन ब्रेकहरू म्यानुअल रूपमा सञ्चालन गरिन्छ।
अहिले सम्म खसेका यात्रुहरूको हेरचाह मुख्यतया क्यामेराले प्लेटफर्मको निगरानी गर्ने स्टेशन कार्यालयका कर्मचारीहरूमा रहेको छ। जब कोही खसेको तिनीहरूले जाँच गर्न प्लेटफर्ममा जानु पर्थ्यो र त्यसपछि म्यानुअल रूपमा चेतावनी बत्ती खोल्नु पर्ने थियो।यसका लागि न्यूनतम समय ३० सेकेन्ड आवश्यक थियो भने नयाँ प्रणालीले विगतका दुर्घटनाहरूको डाटा विश्लेषण गरेर कोही खसेको थियो वा छैन भनी निर्धारण गर्न अझ राम्रो हुने विश्वास जेआर वेस्टले लिएको छ ।
यो पहिले नै ओसाकाको फुकुशिमा वार्डको जेआर फुकुशिमा स्टेशनमा परीक्षणको लागि स्थापना गरिएको छ त्यसपछि ओसाकाका लुप लाइन, टोकाइडो लाइन, सान-यो लाइन र अन्य ठूलो संख्यामा यात्रुहरू हुने लाइनहरूका स्टेशनहरूमा स्थापना गरिनेछ।
परियोजनाको नेतृत्व गरिरहेका जेआर वेस्टका अधिकारीले भने, “प्लेटफर्मका ढोकाहरू जडान गर्न वर्षौं लाग्छ। हामी आशा गर्छौं कि नयाँ प्रणालीले यी ढोकाहरू हालसम्म राखिएका स्टेशनहरूमा सुरक्षा सुधार गर्न मद्दत गर्नेछ।”



