
शिन-ओकुबो स्टेसन र ताकादानोबा स्टेसन बीचको लाइनमा आगलागी भएपछि बिहान ८ः४६ बजेदेखि यामानोटे लाइनलाई सबै भित्री र बाहिरी रेलवे लाइनमा सञ्चालनमा रोक लगाइएको जेआर पूर्वले जनाएको छ ।
टोकियो फायर डिपार्टमेन्टका अनुसार तीन तले अपार्टमेन्ट भवनको पहिलो तल्ला नजिकैबाट आगो निस्किरहेको छ र अहिलेसम्म कोही पनि घाइते नभएको र आगो निभाउने काम भइरहेको बताईएको छ ।



