राष्ट्रिय समाचार

दशकदेखि थबाङीको उपचारमा खटिरहेका जापानी डाक्टर इशिदा भन्छन्- सेवा गर्दा गर्दै यही मर्ने इच्छा छ 

मध्यपश्चिमको दुर्गम पहाडी गाउँ। स्वास्थ्य सेवाको पहुँच नपुगेको र नेपाली चिकित्सक जान हिच्किचाउने ठाउँ। अर्थात् माओवादी जनयुद्वको उद्गमथलो थबाङ। रोल्पाको थबाङमा एक दशकभन्दा लामो समयदेखि स्वयंसेवा गरिरहेका जापानी चिकित्सक हुन्–डा. रियुचिकी इशिदा। उनको नेपाल प्रेम पुरानै हो। सन् १९६८ मा २० वर्षको लक्का जवान हुँदा एक जापानी डाक्टर पहिलो पटक नेपाल घुम्न आएका थिए। त्यसवेला उनी विद्यार्थी स्वयंसेवकको हैसियतमा क्षयरोग विरूद्धको खोप कार्यक्रममा नेपालको विभिन्न गाउँमा सहभागी भए। पोखराबाट कालीको किनारै किनार बेनी, बागलुङ भएर तानसेनसम्म हिँडेका थिए। युनाइटेड मिसन… पुरा पढौ

नेपालमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था खारेज गरिँदै 

विदेश जानुपर्ने कामदारले नेपालमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने वैदेशिक रोजगार विभागको तयारी, वैशाख २ गते देखि भौतिक रुपमा श्रम स्वीकृति लिन नपाइने, अनलाइनबाटै लिनुपर्ने वैदेशिक रोजगारीमा जाने कामदारलाई नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाइने वैदेशिक रोजगार विभागले तयारी गरेकाे छ ।  सम्बन्धित मुलुकले भिसा जारी गरेपछि फेरि आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनावश्यक भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । उनले भने, ‘कामदार रोजगारीका लागि जुन मुलुकमा जाने हो, सोही मुलुकसँगै श्रम स्वीकृति लिनुपर्छ ।’  नागरिकले सरकारबाट पासपोर्ट पाउनु… पुरा पढौ

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य 

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो । तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा… पुरा पढौ

निर्वाचन आचारसंहिता : शुक्रवारदेखि लागु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? 

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने आयोगका प्रवक्ता… पुरा पढौ

जापानद्वारा आठ कूटनीतिक अधिकारीलाई देशनिकाला,

जापानले रुसबाट कोइला आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। जापानका प्रधानमन्त्री फुमिओ किशिडाले शुक्रबार यस्तो जानकारी दिएका हुन्। साथै उनले आठ रुसी कूटनीतिक अधिकारीलाई पनि देशनिकालाको घोषणा गरेका छन्। किशिडाले रुसले निरन्तर आम मानिसको हत्या गरेर अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन गरिरहेको विरोधमा रुसबाट आयात हुने कोइलामा पनि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका हुन्।  किशिडाले यो रुसको बिर्सिन नसकिने युद्ध अपराध रहेको उल्लेख गरेका हुन्।  जापानले अमेरिका र पश्चिमा मुलुकहरुसँगको सहकार्यमा निरन्तर रुसमाथि प्रतिबन्धको घोषणा गरिरहेको छ। ‘जपान युक्रेनको साथमा… पुरा पढौ

वनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो 

चितवन । बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिए। खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । पुरा पढौ

बागलुङको चर्चित चैते दसैं मेलाको मौलिकता हराउँदै 

बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसैं मेलामा चोयाका सामग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउँछन्।   बिहीबारदेखि सुरू भएको चैते दसैं मेलामा उनले जम्मा ४० थान मात्रै डाला बिक्रीका लागि ल्याएका छन्। बर्सेनि डालाको व्यापार घट्दै गएपछि विकलाई डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताइएको छ।  कोरोना भाइरस संक्रमणले दुई वर्ष चैते दसैं मेला नभएका कारणबाहेक २८ वर्षदेखि मेलामा चोयाका सामग्री बिक्री गर्न आएका विकले चैते दसैंको मौलिकता हराउँदै गएको बताए। परम्परा धान्नकै लागि जलजलाबाट… पुरा पढौ

गैरआवासीय नेपाली संघ योजनाबद्ध रुपमा आएको छ, निरन्तर जानेछ:अध्यक्ष कुँवर

संस्थापन पक्ष इतर घले समूहको गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बिनोद कुँवरले आफ्नो अध्यक्षतामा निर्वाचित नेतृत्व योजनाबद्ध रुपमा आएको र निरन्तर रुपमा अगाडी जाने बताएका छन । हामी संघको बिधान अनुसार काठ्माण्डौमा मार्च २२-२५, २०२२ मा आयोजित १० औं महाधिवेशनबाट विधिवत रुपमा निर्वाचित भएर आएका हौँ। महाधिवेशन सम्पन्नपछि हामीले विधान सहितको निवेदन संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा मार्च २७ आइतबार बिहान नै दर्ता गराएका छौ। त्यसको जानकारी हामीले मार्च २७, २०२२ मा नै गराई सकेका हौँ।… पुरा पढौ

जापानले महामारीको बीच तत्काल विदेशी पर्यटक प्रवेश पुनः सुरु नगर्ने

जापानले विदेशी पर्यटकको लागि प्रवेश अनुमति दिन लागेको भन्ने समाचारहरूमा कुनै सत्यता नभएको र कोरोनाभाइरसको सम्भावित पुनरुत्थानको लागि प्रयास गरिरहेको हुदा पर्यटकहरूको लागि प्रवेश पुन: सुरु गर्ने कुनै योजना समेत नरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने कुनै निश्चित कार्यतालिका तय भइ नसकेकोले कोभिड–१९ संक्रमणको अवस्था र अन्य राष्ट्रले चालेका सीमा नियन्त्रणका कदमलाई हेरेर सरकारले थप निर्णय गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा किशिदाले बताए। बिस्तारै आफ्नो कडा सीमा नियन्त्रणहरू खुकुलो पारेको जापानले आइतवारदेखि व्यवसायी, विद्यार्थी… पुरा पढौ

युक्रेन–रुस युद्धः लासहरूसँग बास बस्ताको कहाली

यहिद्‌ने नगरस्थित एउटा विद्यालयमा भूमिगत तलाको सेतो र ओसिलो भित्तामा राखिएको पात्रोमा रातो घेरा लगाइएको छ। यो घेराले मार्च ५ बाट अप्रिल २ सम्मको करिब एक महिना गाउँका बासिन्दाहरूले भोगेको अकल्पनीय आघातको समय सङ्केत गर्छ। किएभबाट १४० किलोमिटर उत्तर पश्चिममा रहेको यो गाउँ बेलारूस र रुसको सीमावर्ती सहर चेर्नीहिभसँगै जोडिएको छ। करिब एक महिना रुसी सेनाको कब्जामा रहेको यो सहरमा करिब १३० जना गाउँलेलाई करिब ६५ वर्ग मिटरको कोठामा चार साता राखिएको थियो। रुसी सेनाहरूले बन्दुक तेर्स्याएर घर बाहिर निकालेका… पुरा पढौ