
संस्थापन पक्ष इतर घले समूहको गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बिनोद कुँवरले आफ्नो अध्यक्षतामा निर्वाचित नेतृत्व योजनाबद्ध रुपमा आएको र निरन्तर रुपमा अगाडी जाने बताएका छन ।
हामी संघको बिधान अनुसार काठ्माण्डौमा मार्च २२-२५, २०२२ मा आयोजित १० औं महाधिवेशनबाट विधिवत रुपमा निर्वाचित भएर आएका हौँ। महाधिवेशन सम्पन्नपछि हामीले विधान सहितको निवेदन संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा मार्च २७ आइतबार बिहान नै दर्ता गराएका छौ। त्यसको जानकारी हामीले मार्च २७, २०२२ मा नै गराई सकेका हौँ।
अहिले सचिवालय र सूचना केन्द्र लगायतका केहि अप्ठेराहरु छन्। यो राम्रो कामको सुरुवत् हो र हरेक राम्रो कामगर्दा केहि असहज परिस्थित आउन सक्छन। तर हामीले त्यसको पनि तयारी गरेका छौं र निकट भविश्वमै धेरै खुशीका खबर नियमित रुपमा आउनेछन।
यस १० दिन जतिको अबधिमा हामीले धेरै काम गरेका छौं। सबैकुरा मिडियाबाजी मात्र होइन र आवश्यक सूचना भने सबैलाई दिने हो। अन्यथा हामी काममा विश्वास गर्छौं। ज्ञापन पत्र, प्रचार, हल्ला, फेसबुक प्रचार, घरदैलो गएर र खादा ओड्नु भन्दा नियमित रुपमा बैठक, छलफल र योजना गर्दै आएका छौं। हामी विश्वास, लगान र सत्यतामा गएका छौं, कुरा कम र काम धेरै गर्ने हो। अन्तमा १८ महिना पछि नतिजा धेरै दिन सकौं भन्ने नै हाम्रो प्रमुख चिन्तन रहेको छ।
यो बिचमा ३० भन्दा धेरै देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुसँग सम्पर्क गरिएको छ। एक दर्जन जसो एनसीसीहरुले एमओयू गरेर काम गर्न तयार भएका छन्। केहि एनसीसीहरुले बैठक बस्ने र धारणा बनाउने समय मागेका छन्। एनसीसी जापान र केहि अरु देशका एनसीसीहरुको बारेमा हाम्रो धारणा प्रष्ट रुपमा नै छ। त्यसप्रति हामी आत्तिनु पर्दैन हामीसंग बैधानिक विकल्पहरु धेरै छन्।
अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरुले सम्पर्क गर्न थाल्नु भएको छ। अहिले पदाधिकारी, क्षेत्रीय र अन्य स्तरमा पूर्णता दिने काम पनि भैरहेको छ। दैनिक रुपमा इमेल र सम्पर्कमा आउने साथीहरु हुनुहुन्छ। अब कसरी जान भन्ने चासो राख्ने साथीहरुको जिज्ञासा नियमित रुपमा आएको छ। अझै सुन्दर पक्ष भनेको थुप्रै प्रोजेक्टहरु सुरु गर्ने प्रस्तावहरु आएका छन्।
ढाडस र विश्वास बढ्दै गएको छ। हामीले कसैलाई गाली-गलौज गर्नुछैन नत प्रतिशोध नै लिनु छ तर धेरै काम सम्पन्न गर्नुछ। हामी यो कार्यकालको कार्ययोजनाको फाइनल गर्दैछौं। केहि सर्प्राइज पनि होलान केहि नियमित र निरन्तरता पनि हुनेछन। तर म फेरी भन्छु, गैरआवासीय नेपाली संघ योजनाबद्ध रुपमा आएको छ र निरन्तर रुपमा अगाडी जानेछ।



