
जापानले विदेशी पर्यटकको लागि प्रवेश अनुमति दिन लागेको भन्ने समाचारहरूमा कुनै सत्यता नभएको र कोरोनाभाइरसको सम्भावित पुनरुत्थानको लागि प्रयास गरिरहेको हुदा पर्यटकहरूको लागि प्रवेश पुन: सुरु गर्ने कुनै योजना समेत नरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।
विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने कुनै निश्चित कार्यतालिका तय भइ नसकेकोले कोभिड–१९ संक्रमणको अवस्था र अन्य राष्ट्रले चालेका सीमा नियन्त्रणका कदमलाई हेरेर सरकारले थप निर्णय गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा किशिदाले बताए।
बिस्तारै आफ्नो कडा सीमा नियन्त्रणहरू खुकुलो पारेको जापानले आइतवारदेखि व्यवसायी, विद्यार्थी र फर्कने जापानी नागरिक र विदेशी बासिन्दाहरू सहित एक दिनमा १०,००० सम्म प्रवेश गर्ने अनुमति दिने भएको छ।
यो सहित शुक्रबारदेखि बेलायत, भारत र संयुक्त राज्य अमेरिकालगायत १०६ देशका गैरआवासीय विदेशी नागरिकमाथिको प्रवेश प्रतिबन्ध पनि हटाएको छ।
जापानमा कोरोनाभाइरस पुनरुत्थानको संकेतहरू देखिरहेकोले व्यापक रोकथाम उपायहरू अन्तरगत भाइरसको परीक्षण गरि जतिसक्दो तिव्र रूपमा कोभिड-१९ विरुद्दको बूस्टर खोपहरू प्रदान गरेर संक्रमण फैलाउन रोक्नका लागि सहयोग गर्न जनतालाई आह्वान गर्दै सचेत र तोकिएका स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न समेत किशिदाले आग्रह गरेका छन ।
शुक्रबार जापानभर करिब ५२,००० नयाँ कोरोना संक्रमित भएको संक्रमण रिपोर्ट प्राप्त भएको छ । जुन एक हप्ता अघिको १४ औं दिनको लागि बढि हो।
टोकियोकी गभर्नर युरिको कोइकेले पत्रकार सम्मेलनमा “संक्रमणको श्रृंखला तोड्न” युवाहरूलाई खोप लगाउनुको महत्त्वमा जोड दिएकी छन।
राजधानी टोकियोको सम्पूर्ण जनसंख्या मध्य ४४.४ प्रतिशतलाई बुस्टर खोप प्रदान गरिएको र त्यसमध्य २० वर्ष उमेर समूहका २५.६ प्रतिशतले सो खोप प्राप्त गरेको महानगरीय सरकारका अनुसार टोकियो महानगरीय सरकारले जनाएको छ ।
खोपलाई प्रोत्साहित गर्न महानगरीय सरकारले पूर्ण खोप लगाएका व्यक्तिहरूलाई कुपन र पुरस्कारहरू प्रदान गर्न थालेको छ, जसमा गत वर्ष युएनो प्राणी उद्यानमा जन्मेका जुम्ल्याहा विशाल पाण्डाहरूलाई चिट्ठामा जित्ने उच्च मौका दिईएको छ।



