जापानका लागि नेपाली राजदूतमा परराष्ट्र सेवाका दुर्गाबहादुर सुबेदी सिफारिस, अन्य १९ देशमा को कहाँ?

-


     जनहित न्युज    
     चैत्र २४ गते २०७८


करिब सात महिनादेखि रिक्त रहेको जापानका लागि नेपाली राजदूतको पदमा सरकारले परराष्ट्र सेवाका दुर्गाबहादुर सुवेदीलाई सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जापानसहित २० देशका लागि ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञबाट गरी गरेको राजदूतका लागि सिफारिसमा सुवेदीलाई जापानको लागि सिफ़ारिस गरिएको बताईएको छ।
झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा ज़िल्लाका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन । त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा बहराइनमा कार्यवाहक राजदूतको बेलायत र माल्टामा राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।
बेलायतका लागि नेपाली राजदूत रूपमा कार्यरत रहदा सुवेदी (दुबसु)लाई दशककै कूटनीतिज्ञको उपाधिद्वारा सम्मानित गरि सकिएको छ । कूटनीतिक क्षेत्रमा सुवेदीले पु¥याएको योगदानको कदर गर्दै उक्त सो उपाधिले उनलाई सम्मान गरिएको थियो । सुवेदीले साहित्यिक र कूटनीतिक दुवै पाटाहरु प्रशंसनीय र उल्लेखनीय कार्य गर्दै आइरहेका छन ।
सुवेदीले अन्तर्राष्ट्रिय सम्बन्धमा बेलायतको लिड्स विश्वविद्यालयबाट एमए गरेका छन भने त्रिभुवन विश्वविद्यालयबाट पिएचडी, एमपिएलगायत न्यूयोर्क विश्वविद्यालयबाट एलए र संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय तथा सोफिया विश्वविद्यालय टोकियो र लुझियानास्थित युनिभसिटी अफ युएसएबाट विभिन्न कोर्षहरु पूरा गरेका छन ।
सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन्। विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका उनी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भएका छन्।
अन्य को कहाँ ?

मुख्य चासोका साथ हेरिएको चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् ।
सरकारले दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि वासुदेव मिश्र, रुसका लागि मिलन तुलाधर, मलेसिया डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, साउदीका लागि नवराज सुवेदी, बङ्गलादेश घनश्याम बन्जाडे, ब्राजिल निर्मल राज काफ्ले र अस्ट्रियाका लागि भरतकुमार रेग्मी नियुक्त भएका छन् ।
यस्तै सुशील कुमार लम्साल इजिप्ट, कैलाश पोखरेल अस्ट्रेलिया, डिल्लीराज पौडेल कतार, ज्योति प्याकुरेल दक्षिण कोरिया, रामसुरज राय यादव, डेनमार्कको राजदूतमा नियुक्त भएका छन् । डोरनाथ अर्याल, तीर्थराज वाग्ले र हरिशचन्द्र घिमिरेको नाम पनि राजदूतमा अटाएको छ ।
शुक्रबारदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले बिहिबार नै राजदूत सिफारिस गरेको हो ।सिफारिस व्यक्तिहरू संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?