
जापानको सिन्जुकु सिनओकुबोमा आफन्तसँग बस्ने नेपालको नवलपुर ज़िल्ला मध्यबिन्दु १४ घर भई हाल काठमाडौंमा बस्ने २६ वर्षीय लक्ष्मी केसीको आइतबार साँझ मृत्यु भएकोछ।
जापानमा विद्यार्थी भिषाबाट कम्पनी कामदारको रूपमा भिषा परिवर्तन (स्यउसिकी) गरेकी केसीले आफू बसदै आएको कोठाको झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला पारेको जापान प्रहरीले जनाएको छ ।
सिन्जुकुको सिनओकुबोमा आफ़ना दिदि भिनाजुसग सगै बस्दै आएकी केसी झुन्डिएको अवस्थामा आफ़न्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक केसीको मृत्युको कारण नखुलेपनि उनी केहिदिन यता तनावमा रहेको जस्तो आफूहरूले पाएको आफन्तले बताएका छन ।
नेपालमा लामा थर भएका युवकसँग बिबाह गरेकी मृतक लक्ष्मीको ७ वर्षीय एक छोरी समेत रहेकी छन ।
गत डिसेम्बरमा स्यउसिकी गरेकी मृतक केसीले आफ़्नो श्रीमानलाई आश्रित भिषामा जापान बोलाउने आवश्यक तयारीमा रहेको निजको कोठामा भेंटिएका काग़ज़ातबाट खुलेक़ो बताईएको छ ।
मृतक केसीले सामाजिक संजालमा भएका कुराकानीको विषयले आफूलाई चिन्तित बनाउने गरेको नजिकका आफन्तलाई भन्ने गरेको समेत जानकारीमा आएको छ ।
मृतकको शवलाई आवश्यक कानुनी प्रक्रियाका लागि जापान प्रहरीले नियंत्रणमा लिइ अनुसन्धान गरिरहेको बताईएको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी
अनुसार बुधबारसम्म पोष्टमार्टम रिपोर्ट आउने र मृत्युको कारण पत्ता लाग्न सक्ने बताएका छन ।
नेपाल रहेका बाबा आमाले लक्ष्मीको अन्येष्टी नेपालमा गर्ने ईच्छा देखाएको छन । जापानमा रहेका केसीका आफन्तले बाबा आमाको चाहान र सम्भावनाका बारेमा जापानमा रहेका संघ सस्थासग सल्लाह गरी निर्णय गरिने दिदि भिनाजुले बताएका छन ।



