जापान विशेष

एनआरएनए जापानमा अनियमितताको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

जापान ÷ एनआरएनए जापानको विभिन्न चरणमा भएका अनियमितताहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले जापानमा ८ सय ४३ मान भन्दा बढि रकम अनियमितता भएको प्रतिवेदन आइसीसी केन्द्रलाई बुझाएको छ ।एनआरएनए जापानमा अनियमितता भएको बहसबाट विवादमा तानिएपछि छानबिनका लागि गठित उच्च स्तरीय समितिले ६ महिना लामो छानबिन पछि एनआरएनए जापानले सो रकम बेरुजुका रुपमा देखिएको आर्थिक अनियमितता भएको निष्कर्ष सहितको प्रतिबेदन आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।एनआरएनए जापानमा २०१७ देखि २०२० सम्ममा भए गरेका अर्थिक क्रियाकलापलाई सुक्ष्म… पुरा पढौ

महिलामाथि प्रतिबन्धित जापानको ओकिनोशिमा आइल्याण्ड

महिलामाथि प्रतिबन्धित जापानको ओकिनोशिमा आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत भएको छ ।ओकिनोशिमा आइल्याण्ड जापानको प्राचिन तथा धार्मिक केन्द्र हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले महिलालाई जान प्रतिबन्ध लागाइएको ओकिनोशिमा आइल्याण्डलाई विश्वसम्पदा सूचिमा राख्ने निर्णय गरेको हो ।ओकिनोशिमामा १७ औं शताब्दीमा समुद्र यात्रीको सुरक्षाको कामना गर्न बनाइएको ओकिट्सु तिर्थस्थल छ । यो आइल्याण्डमा प्रवेश गर्नुपूर्व पुरुषले आफ्नो लुगा फुकाल्नु पर्छ र शरीर शुद्ध गर्नुपर्छ ।यस्तै फर्किने बेलामा कुनै स्मृति चिन्ह बनाउन वा ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई… पुरा पढौ

एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन

फुकुओका /जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन भएका छन् ।शनिबार (जुन ५ तारिख)भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति (२०२१ -२३) निर्विरोध निर्वाचित भएको हो । संयोजक थापा यसअघि को समितिमा सचिव पदमा कृयाशिल थिए ।त्यस्तै गरि, उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सह-कोषाध्यक्षमा रिपु हरि सापकोटा चयन भएका छन् भने सदस्यहरुमा -अमृत भट्ट, प्रदीपकुमार राई, सुवास बहादुर बोहोरा, दिपक बहादुर… पुरा पढौ

एनआरएनए जापान चिबाको अधिवेशन जुन २० तारिख

नयाँ कार्यकाल (२०२१—२३ वर्ष)को नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ।आगामी जुन २० तारिक चिबाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, एनआरएनए जापानका सल्लाहकार तथा पत्रकार आनन्द कोइराला सहित ३ सदस्यीय निर्वाचन समिति चयन गरिएको छ।एनआरएनए जापान चिबा क्षेत्रीय समितिका संयोजक विश्व सुवेदीका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयनसंगै दुई वर्षे कार्यकालको समिक्षा सहित आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गर्ने छ।निर्वाचन कार्यतालिका सार्वजानिकयसैबीच नवगठित निर्वाचन… पुरा पढौ

एनआरएनए नागोयामा लफडा

नागोया/ एनआरएनए जापान क्षेत्रिय समिति नागोयाको अधिवेशनको मिति नजिकिदा बिवाद उत्पन्न रहेको छ। पछिल्लो समय नागोयाको क्षेत्रिय अधिवेशनमा संयोजक पदको उमेदवारीलाई लिएर विवाद उत्पन भएको हो। संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनि विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनि विरुद्ध संयोजकका प्रत्याशी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी ( रामवहादुर खत्री ) ले उजुरी गरेका हुन्। क्षेत्रिय समितिको संयोजकको उमेदवार हुन बिधान को ५.४ नम्बर बुदाँमा रासपको कुनै पनि पदमा रहेर… पुरा पढौ

वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव

कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ ।  “परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला विकले दुखेसो पोखिन । “कमाउने मानिस नै नभएपछि घर कसरी चलाउने, छोराछोरी कसरी पाल्ने, अहिले हामी साह्रै समस्यामा छौँ ।” उनका दुई छोरी र एक छोरा छन् । अहिले बाख्रा पालेर केही आम्दानी गरेकी उनले खाने र सरकारी विद्यालयमा छोराछोरी पढाउने सामान्य जोहो मात्र… पुरा पढौ

जापानमा नवजात शिशुको संख्या अहिलेसम्मकै न्यून

सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्यांक अनुसार कोरोना भाइरस महामारीको असरको शिकार नवजात शिशुको संख्यामा पनि भएको सरकारी तथ्यांकले देखाएको छ । सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ ।शुक्रबार सार्वजनिक सरकारी… पुरा पढौ

शौचालयको ‘ट्वाईलेट पेपर चाेरे प्रहरी प्रमुखले

जापान / शौचालयमा राखिएको ट्वाईलेट पेपर चोर्दा एक प्रहरी स्टेशनका प्रमुखले जागिरबाटै हात धुनुपरेको छ ।घटना जापानको राजधानी टोकियोसँगैको साइतामा प्रान्तको हो । प्रान्तको फुकाया प्रहरी स्टेशनमा कार्यरत प्रहरी अधिकारीले शौचालयबाट पाँचवटाट्वाईलेट पेपर चोरेका थिए । अनुसन्धान पछि ६० बर्षिय ति प्रहरी अधिकारी दोसी पाइएको थियो । र उनले आफु दोसी ठहरपछि जागिरबाट राजिनामा दिएका छन् ।प्रहरीका अनुसार गत महिना २९ तारिख राति ८ बजेको समयमा कोनोशु शहरको एक व्यवसायिक भवनको शौचालयबाट ति प्रहरी अधिकारीले ट्वाईलेट पेपर चोरेका हुन् ।… पुरा पढौ

“लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ।”

जीवनमा उच्च शिक्षा हासिल गरेर नेपालमा नै सेवा गर्ने इच्छा रहेको खड्कालाई त्यहि उच्च शिक्षा हासिल गर्ने आर्थिक व्यवस्थापन गर्न कै लागि जापान छिरायो र पटक पटकको असफलतापछि जापान मै स्थापित हुने गरायो ।आज भन्दा ३१ वर्ष पहिला ददिवल खड्कालाई विदेशिने भन्ने मनको कुनै कुनामा पनि थिएन तर आफैले नसोचेको कुरा भयो । स्नातक तह पोखराको पृथ्वीनारायण कयम्पसमा सकाएर केही समय आफ्नै जिल्ला म्याग्दीका विभिन्न गाउँमा जागिर समेत गरेका खड्काले परिवारले स्नाकोत्तर आफैले आर्थिक व्यवस्थापन गरेर पढ्न आग्रह गरेपछि उहाँलाई… पुरा पढौ

ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा भेटिए

जापान । छिटो संक्रमण सर्ने क्षमता भएको ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा थप फैलंदो क्रममा रहेको पाइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले १० प्रान्तमा थप ईण्डियन संक्रामक कोरोना भाइरसका संक्रमित फेला परेको पुष्टि गरेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे ३१ तारिखसम्ममा छिटो संक्रमण सर्ने क्षमता भएको ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा थप फैलंदो क्रममा रहेको पाइएको छ ।जापानको स्वास्थ्य मन्त्रालयले १० प्रान्तमा थप ईण्डियन संक्रामक कोरोना भाइरसका संक्रमित फेला परेको पुष्टि गरेको छ । स्वास्थ्य,… पुरा पढौ