जापानमा कायम आपतकाल यहि २० तारिखबाट हट्ने,औपचारिक निर्णय आउन बाँकी

-


     जनहित न्युज    
     असार २ गते २०७८


ओकिनावा, जापान-जापान सरकारले टोकियो, ओसाका सहित ९ प्रान्तमा पूर्व निर्धारित तालिका अनुसार आपतकाल हटाउने भएको छ ।प्रधानमन्त्री योशिहिदे सुगाले बुधवार रात प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूले सोधेको जवाफ दिंदै आपतकाल बारे सरकारी धारणा सार्वजनिक गरेका हुन् ।

यसबारेमा प्रधानमन्त्री सुगाले अर्थतन्त्र पुनरुत्थान मन्त्री निशिमुरा तथा स्वास्थ्य मन्त्री तामुरा संगै अन्य सरोकारवालाहरुसंग एक विशेष बैठक गरेका थिए । उक्त बैठक पश्चात सरकारले आपतकालिन् अवस्था हटाउने निर्णयमा पुगेको देखिन्छ । यद्यपी यसबारे भोली विज्ञहरु सम्मेलित बैठकमा प्रस्तुत गरि त्यसबाट प्राप्त हुने सुझावका आधारमा औपचारिक निर्णय गरिनेछ ।

हालको प्रारम्भिक जानकारी अनुसार,ओकिनवा बाहेकका ९ वटा प्रान्तहरु – टोकियो, ओसाका,ह्योगो,क्योतो,फुकुओका, होक्काईदो, आईची,ओखायामा र हिरोशिमा मा आपतकालिन् अवस्था हटाईनेछ । आपतकालिन् अवस्था हटेतापनि टोकियो, ओसाका,ह्योगो,क्योतो,फुकुओका, होक्काईदो र आईचीमा भने जुलाई ११ तारिखसम्मका लागि अर्धआपतकालिन् कायम राखिनेछ । ओकिनवामा भने जुलाई ११ तारिखसम्म आपतकाल नै थप गरिनेछ ।

कोरोना भाइरस आपतकालिन अवस्था आइतबार समाप्त हुनेमा टोकियो र ओसाका लगायत ९ प्रान्त छन् । १० प्रान्तहरूमध्ये ओकिनावामा भने आपतकाल यथावत रहने भएको छ । टोकियो लगायत सात प्रान्तहरूले आपतकाल हटाएपनि अर्धआपतकालिन उपाय यथावत राख्ने भएको छ । आपतकालीन स्तर प्राथमिकताका उपायहरू जुलाई ११ सम्म लागू गरिने भएको छ ।

आपतकालीन स्तर लागू गरिएका ५ प्रान्त मध्ये सरकारले गिफु र मिए प्रान्तबाट उपायहरू हटाउने भएको छ । प्रधानमन्त्री सुगाले बुधवार राती प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुलाई भने यसबारेमा बिहिबार विज्ञहरुसँग परामर्श गरेपछि सरकारले औपचारिक निर्णय गर्नेछ ।

यसका अलवा हाल अर्धआपातकाल कायम- साईतामा, चिबा, खानागावा,मिए र गिफुकेन मध्येमा मिए र गिफु केनको अर्धआपतकाल यहि २० जुनबाट हटाईने र बाँकी रहेका प्रान्तहरु चिबा, साईतामा र खनागावामा भने जुलाई ११ तारिखसम्म लम्बाउने तयारी गरिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?