विवादै विवादको चरम चुलीमा पुगेको वर्तमान अवस्थामा अहिले गैर आवासीय नेपाली संघ जापानको केन्द्र र क्षेत्रीय समिति नागोया राजनीति अवस्थाले जगडिएको हरेक क्षेत्र जस्तै एनआरएनए जापान पनि अछुतो रहन सकेको छैन। एउटै क्षेत्रमा दुई वटा समिति गठन भएको छ। एक पक्षले विधान विपरित उम्मेद्वार खड़ा गरी सपथ ग्रहण गराएको छ भने अर्कों पक्षबाट विधान विपरित काम भएको त्यस्तो कार्यलाई तुरन्त रोक्न आह्वान गर्दागर्दै कुनै सुनुवाई नभएपछि फेरी अर्कों समिति गठन गरेर सपथ ग्रहण गराएका छन।
यो राजनीति खिचतानीले गर्दा साँच्चि नै नागोया बस्ने नेपालीहरु मात्र नभई झन्नै एक लाखको हाराहारीमा रहेका जापानबासी नेपालीहरु माझ एनआरएनए जापानप्रति नै विश्वासको संकत देखा परेकोछ । हरेक समयमा विभिन्न काण्डै काण्डले प्रख्यात एनआरएनए जापानमा फेरिपनि आफ्ना आफ्ना डम्फु बजाउने प्रयास गर्दा यहाको वातावरण नै धुमिल हुन एको छ ।
एनआरएनए जापान क्षेत्रीय समिति नागोयामा विधान विपरित काम भएको भन्दै निर्वाचन बहिस्कार गर्नेको पक्षमा बहुमत देखिएको छ भने विधान मिच्ने भनिएको पक्षको अल्पमत देखिएको छ। निर्वाचन समितिले गराएको निर्वाचनमा ५०५ मतदान पनि खसेको छैन । तर निर्वाचन समितिले ५० प्रतिशत भन्दा बढि मत खसेको दाबी गर्दै निर्वाचन प्रक्रियामा सामेल भएकाहरुलाई आधिकारिक समितिको रुपमा घोषणा गरी सपथ ग्रहण गराएको छ ।नागोयाबासी नेपालीहरु ही घटनाले कुन मोडमा मोडिने हो त्यसैको पर्खाइमा रहेका छन् । यथार्थमा भन्नुपर्दा यो राजनीति अखडाले जगडिएको हरेक क्षेत्र जस्तै NRNA जापान पनि स्वच्छ निष्पक्ष बन्ला भनेर कल्पना गर्न सकिएला र ?
मलाई मनमा लागेको कुरा नेपालको राजनीतिबाट वाक्क,दिक्क,थुक्क भएका हामी सोझा साझा नेपालीहरु विदेशमा भएर पनि सुख छैन। विदेश आएर पनि राजनीति अखडा जमाएर सोझा साझा श्रमजीवि नेपालीहरु माथि राजनीति गर्ने समाज सेवाको नाममा मरेको लासमाथि पनि राजनीति गरेर आर्थिक अनियमितता गर्ने, समाज सेवाको नाममा पिडित पक्षको नाममा काम गर्ने बाहनामा आफ्नो दुनो सोझाउने टाउकेहरुको विदेशमा पनि कमि छैन।
यथार्थमा भन्नुपर्दा यो राजनीति अखडाले जगडिएको हरेक क्षेत्र जस्तै NRNA जापान पनि स्वच्छ निष्पक्ष बन्ला भनेर कल्पना गर्न सकिएला र ?
गुट उपगुट बनाएर सोझा नेपालीहरु जो आफु र आफ्न्नो परिवारलाई पाल्न दिनरात नभनी काम गरेका छन् । तिनीहरुमाथि राजनीति गर्ने ? बाध्यतामा परेका नेपालीहरु माथि अनावश्यक राजनीति गरेर लाखौ कुम्ल्याउने जुन समाजसेवीको खोल ओडेर दिन दहाडै लुटन पल्केका लुटेराहरु विदेशमा पनि शहरै पिच्छे पाईन्छन ।
हालै देखिएको जापानको सहर नागोया क्षेत्रमा एनआरएनएको नाममा दिउसै ताण्डव नृत्य नाच्ने समाजसेवीको खोल ओडेर सोझा साझा नेपालीहरु माथि जबरजस्ती राजनीति लादेर परिणाम आफ्नो पोल्टामा पार्न खोजिएको छ। अचम्म लाग्दो कुरा चाहि के छ भने जुन ब्यक्तिको जापानमा बसाई र भिसाको ठेगान नै छैन कतिबेला जापान सरकारले घोक्रेठयाक लगाएर नेपाल पठाउने हो, त्यस्तै ब्यक्ति समाजसेवीको नाटक गर्दै पदको लागि चाकड़ी चाप्लुसी गर्दै हिडेको देख्दा साच्ची कै समाजसेवा गर्ने ब्यक्तिहरु आज गुमनाम भएका छन।
व्यक्तिगत स्वार्थका लागि काम गरेर खाने सोझा नेपालीलाई जुधाउने कार्य बन्द गरौ। यस्ता कार्यले नेपाली समुदायको नै शिर निहुरिएकोले स्वघोषित समाजसेवीको नाटक मञ्चन गर्न बन्द गरौ । आपसी सद्भाव खलल होइन कायम गरौ ।
लेखक नेपाल पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।