अन्तर्राष्ट्रिय

जापानले दक्ष विदेशी कामदारलाई लामो समयसम्म जापानमा बस्न र परिवार समेत ल्याउन अनुमति दिदै

जापानमा घट्दो जन्मदरका कारण न्यून जनसंख्या भई श्रमिक अभावलाई सम्बोधन गर्ने उद्देश्यले दक्ष विदेशी कामदारहरूको लागि क्षेत्रहरूको दायरा विस्तार गर्दै लामों समयसम्म देशमा रहन र बस्नका लागि अनुमति दिने भएको छ । जापान बसाईको निर्दिष्ट दक्ष कामदार नम्बर एक अप्रिल २०१९ नयाँ नीति अन्तर्गतको बारेमा जानकारी गराउदै निर्माण, खेती,नर्सिङ हेरचाह लगायत १४ क्षेत्रहरूमा काम गर्ने अनुमति दिदै उनीहरूलाई लामो समय जापानमा बस्ने अधिकार प्रदान गरिन लागेको जापानका न्याय मन्त्री योशिहिसा फुरुकावाले शुक्रवार पत्रकार सम्मेलनमा सम्वन्धित मन्त्रालय र निकायको राय सुनेर… पुरा पढौ

धाँधली आरोपमा नेतृ सू चीलाई जेल पठाइने

म्यान्माको सेनाले वरिष्ठ नेतृ आङ साङ सू चीलाई जेल पठाउने तयारी गरेको छ। म्यान्माको सेनाले सू चीले सन् २०२० को चुनावका वेला सत्ताको दुरुपयोग गरी धाँधली गरेको आरोपमा अभियोग दर्ता गरेको छ। उनलाई कैयौँ वर्ष कारावासको सजाय सुनाइने अनुमान गरिएको छ। गत साता सू चीकै दलका नेतालाई ९० र ७५ वर्ष जेल सजाय सुनाइएको थियो।सू चीलाई चुनावमा धाँधली र अनधिकृत कारबाही गरेको आरोप लगाइएको छ। म्यान्माको सरकारी अखबार ग्लोबल न्यू लाइट अफ म्यान्माले उक्त जानकारी दिएको छ। पूर्वराष्ट्रपति विन मिन्त… पुरा पढौ

‘कप २६’ अल्प विकसित मुलुकहरुका लागि ‘निराशाजनक’

लन्डन - अल्प विकसित मुलुकहरुको समूहले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कप २६) अल्प विकसित मुलुकहरु (एलडीसी) का लागि निराशाजनक रहेको जनाएको छ। ‘कप २६’ सकिए पछि प्रकाशित एक विज्ञप्तिमा अल्प विकसित मुलुकहरुको समूह (एलडीसी ग्रुप) का वर्तमान अध्यक्ष भुटानका सोनाम फुन्सो वाङ्गदीले भने, " ग्लास्गोमा सन् २०२५ सम्म अनुकूलनका लागि उपलब्ध गराउने रकम दोब्बर पार्ने विकसित मुलुकहरुको प्रतिबद्धताबाट हामी उत्साहित छौं। हाम्रा मुलुक र समुदायहरुका लागि अवश्यक भन्दा यो रकम कम हो, तर केहि प्रगति चाहिं हो।" यद्यपि… पुरा पढौ

अमेरिकाले ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटायो

अमेरिकामा ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड-१९ महामारीको धेरैजसो समयमा लगाइएको अमेरिकी यात्रा प्रतिबन्ध ३० भन्दा बढी देशमा बसोबास गर्नेहरूका लागि सोमबार हटाइएको छ। यात्रा प्रतिबन्ध गरिएका देशहरु ब्राजिल, चीन, भारत, दक्षिण अफ्रिका, युनाइटेड किंगडम, र धेरै युरोपका देशहरु समावेश छन्।यात्रुहरूले खोप लगाएको हुनु पर्ने उनीहरुको जाँचमा संक्रमित नभएको देखिनु पर्ने भएको परीक्षण उपलब्ध गराउनु पर्ने छ । लगभग ५० वटा देशहरूमा बसोबास गर्नेहरूका लागि अपवाद बनाइनेछ जहाँ खोपहरू पुग्न र त्यहाँ लगाउन गाह्रो… पुरा पढौ

जापानमा १८ वर्ष मुनिका बालबालिका १ लाख दिने तयारी,माइ नम्बर कार्डलाई प्रभावकारी कार्यान्वयनको लागि आर्थिक सहुलियत दिदै

जापानको सरकार र सत्तारुढ दलहरूले कोरोनाभाइरस महामारीकोलाई कम गर्ने प्रयास स्वरूप १८ वर्ष वा सोभन्दा कम उमेरका प्रत्येक बालबालिकाका लागि १ एक लाख येन ($ ८८०) सहुलियत रकम उपलब्ध गराउने तयारी गरिरहेको सरकारी स्रोतहरूले बताएका छन । अन्य कुरा यथावत रहेमा प्रधानमन्त्री फुमियो किशिदाले नोभेम्बरको मध्यमा निर्माण गर्न लागेको "दसौं ट्रिलियन येन" योजनामा नगद हस्तान्तरण कार्यक्रमलाई नयाँ आर्थिक प्रोत्साहनमा समावेश गरिने अधिकारीहरूले शुक्रवार जनाएका छन । तर केहिले भने सो रकमलाई नगदमा दिदा सतर्कता अपनाइ आयस्तरलाई ध्यानमा राखेर हस्तान्तरण गरिनुपर्ने… पुरा पढौ

सोमबार अर्थात् नोभेम्वर ८ तारिकदेखि जापानले नया सिइओ जारी भएकाको लागि प्रवेश अनुमति दिने

जापान सरकारले आगामी सोमबार अर्थात् नोभेम्बर ८ तारिकदेखि बिजिनेश र विद्यार्थी भिषाका लागि हालसम्म लगाइदै आगमनमा प्रतिबन्धलाई हटाउदै जापान प्रवेशलाई खुल्ला गरेपनि विदेशी पर्यटक आगमनमा भने प्रतिबन्धलाई कायमै राख्ने भएको छ। जापानले व्यावसायी, विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरूका लागि प्रवेश प्रतिबन्ध हटाउदै पूर्ण खोप लगाइएका व्यवसायीहरूका लागि अनिवार्य सेल्फ-आइसोलेसन अवधिलाई पनि तीन दिनमा घटाईने भएको जापानी समाचार माध्यमहरूले जनाएका छन। १ लाख ५० हजार विद्यार्थी र १ लाख १० हजार प्राविधिक प्रशिक्षार्थी र अन्य गरि तीन लाख ७० हजार मानिसहरु जापान… पुरा पढौ

जापानमा आमनिर्वाचन: संसदको तल्लो सदनमा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले ल्यायो सुविधाजनक बहुमत, किशिदा नेतृत्वको सरकारले “नयाँ पुँजीवाद” नीति लागू गर्ने

जापानमा भएको संसदको तल्लो सदन प्रतिनिधि सभाको आमनिर्वाचन २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले प्रतिनिधि सभाको २६१ सिटको ल्याइ "सुविधाजनक बहुमत" को लागि जनमत प्राप्त गरेको लाई पार गर्यो।४ सय ६५ सिटका लागि भएको निर्वाचनमा एलडिपी एक्लैले २४४ सिटमा जित हासिल गरेको छ। उसले प्रतिनिधि सभामा सबै १७ स्थायी समितिको अध्यक्षता गर्ने गरि मत प्राप्त गर्दै २६४ सिटसहित "सुविधाजनक बहुमत" ल्याऊदै आफ्नो वर्तमान फुमीयो किशिदा नेतृत्वको सरकारलाई निरन्तरता दिन पाउने म्यानडेड प्राप्त गरेको छ । तस्विर साभार एनएचके निर्वाचनको अन्तिम… पुरा पढौ

जापानको टोकियो नजिकै चलिरहेको एक्सप्रेस ट्रेनमा यात्रुमाथि यात्रुले चक्कु प्रहार हुदा १७ जना घाइते, ट्रेनमै आगो लाग्यो

जापानको टोकियो नजिकै चोफुमा आइतबार साँझ चलिरहेको रेलमा एक व्यक्तिले चक्कु प्रहार गर्दै केही तरल पदार्थ छर्केपछि आगलागी हुदा यात्रुहरू रेलको झ्यालबाट भाग्नको लागि दौडिदा कम्तिमा १७ जना घाइते भएको र एकजना सक्त घाइते भएको साथै २४ वर्षीय एकजना व्यक्तिलाई सोही ट्रेनबाट तत्काल पक्राऊ गरिएको छ । टोकियो महानगरीय प्रहरी विभाग (MPD) ले दिएको जानकारी अनुसार आइतबार बेलुका ७ बजेर ५५ मिनेट जादा चोफुको कोकुरियो स्टेशन नजिकै केइओ लाइन एक्सप्रेस ट्रेनमा यात्रा गरिरहेको चक्कु बोकेको २४ वर्षीय बेरोजगार क्योटा हट्टोरीलाई… पुरा पढौ

कर्पोरेट करसम्बन्धी विषयमा विश्व नेताहरूले गरे ऐतिहासिक सहमति

विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन्।  बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो।  रोममा भइरहेको विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले उक्त सम्झौतामा सहमति जनाएका हुन। सम्मेलनमा छलफल हुने विषयवस्तुमा जलवायु परिवर्तन र कोभिड पनि छन्। कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो। तर १९ वटा… पुरा पढौ

एफडिएद्वारा फाइजरको कोभिड विरुद्ध खोप ५ वर्ष देखि ११ वर्षका बच्चालाई अनुमति

एफडिएद्वाले फाइजरको कोभिड बिरुद्ध खोपलाई ५ वर्ष देखि ११ बर्षका बच्चालाई अनुमति दिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले अधिकार दिए पछि २ करोड ८० लाख भन्दा बढी बालबालिकाकाले यो खोप लगाउन योग्य हुनेछन् । मान्यताप्राप्त खुराक (डोज )अन्य उमेर समूहहरूको लागि खुराकको आकार भन्दा एक तिहाइ छ अर्थात् सानो छ । क्लिनिकल (रोग-विषयक)परीक्षणमा लक्षणात्मक रोग विरुद्ध लगभग ९१ प्रतिसत प्रभावकारी पाइयो भनि सिबिएसले जनाएको छ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका लागि सल्लाहकारहरूले आगामी मङ्गलबार नोभेम्बर २ का… पुरा पढौ