जापानको टोकियो नजिकै चलिरहेको एक्सप्रेस ट्रेनमा यात्रुमाथि यात्रुले चक्कु प्रहार हुदा १७ जना घाइते, ट्रेनमै आगो लाग्यो

-


     जनहित न्युज    
     कार्तिक १४ गते २०७८


जापानको टोकियो नजिकै चोफुमा आइतबार साँझ चलिरहेको रेलमा एक व्यक्तिले चक्कु प्रहार गर्दै केही तरल पदार्थ छर्केपछि आगलागी हुदा यात्रुहरू रेलको झ्यालबाट भाग्नको लागि दौडिदा कम्तिमा १७ जना घाइते भएको र एकजना सक्त घाइते भएको साथै २४ वर्षीय एकजना व्यक्तिलाई सोही ट्रेनबाट तत्काल पक्राऊ गरिएको छ ।

टोकियो महानगरीय प्रहरी विभाग (MPD) ले दिएको जानकारी अनुसार आइतबार बेलुका ७ बजेर ५५ मिनेट जादा चोफुको कोकुरियो स्टेशन नजिकै केइओ लाइन एक्सप्रेस ट्रेनमा यात्रा गरिरहेको चक्कु बोकेको २४ वर्षीय बेरोजगार क्योटा हट्टोरीलाई महानगरीय प्रहरी प्रभागले ज्यान मार्ने उद्योग गरेको आरोपमा घटनास्थलबाटै पक्राउ गरेको छ ।क्योटाले चक्कु चलाउदा अन्दाजी ६०/ ७० वर्षका वृद्दको साथमा अन्यलाई अन्धाधुन्दा चक्कु प्रहारबाट घाइते बनाएका र तिनै क्योटाले तरल पदार्थ छर्केका कारण आगोको धुवाँबाट अन्य यात्रुहरु घाइते भएको बताईएको छ । ट्रेनलाई कोकुर्यो स्टेसनमा आपतकालीन रोक लगाएको थियो।
टोकियो फायर डिपार्टमेन्टले पनि ट्रेनको पाँचौं डिब्बामा आगो लागेको र १० जना घाइते भएको जानकारी प्राप्त गरेको छ।अनुसन्धानका क्रममा ती चक्कु प्रहार गर्ने व्यक्तिले आफूले चक्कुले काटेर मृत्युदण्ड दिन चाहेकोले चक्कु प्रहार गरेको बताएका छन । ल अनुसन्धान अधिकारीका अनुसार उनले अनुसन्धानमा भने, “म एक व्यक्तिलाई मारेर मृत्युदण्ड दिन चाहन्थें। मैले दुई वा दुईभन्दा बढी मानिसलाई मारेको भए मृत्युदण्ड दिइन्छ भन्ने सोचेको थिएँ, त्यसैले यो कार्य गरे “

हट्टोरीले हरियो शर्ट, टाई र नीलो सूट र कोट जस्तो लुगा लगाएका थिए, र भित्र पसेका प्रहरी अधिकारीले उनलाई “चक्कु फ्याँक्नुहोस्” भने र आज्ञाकारी भई प्रहरीले भने अनुसार गरेका थिए।

आइतवारको घटना रेल यातायातसँग जोडिएको आक्रमणको स्ट्रिङमा सबैभन्दा नयाँ थियो र मानिसहरू हेलोवीन उत्सवको लागि चोफु शहरको केन्द्रतर्फ जाँदै गर्दाको अवस्थामा भएको थियो ।

प्रहरीले ८ बजेतिर चक्कु बोकेको व्यक्ति ट्रेनमा रहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । रेलमा हाइड्रोक्लोरिक एसिड फैलिएको जानकारी रहेपनि पुष्टि भने हुन सकेको छैन । मैले ठूलो आवाज सुनें र पछाडि आगो र धुवाँ देखे। सबैजना आतंकित थिए, एक पुरुष यात्रीले भने। घटनाका धेरै तस्बिर र भिडियोहरू प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। रेल रोकिँदा तुरुन्तै ढोका खुल्न नसकेपछि मानिसहरू रेलको झ्यालबाट प्लेटफर्ममा चढेको देखिएको छ ।

आगो र धुवाँको बीचमा देख्न नसक्ने यात्रुहरूमा त्रास फैलाउने मध्यको यो घटना टोकियोको सिन्जुकुको लागि जाँदै गरेको १० वटा कार भएको रेलमा भएको थियो। हालैका वर्षहरूमा टोकियो क्षेत्रमा रेल र स्टेशन परिसरहरूमा धेरै आक्रमणहरू भएका छन्। अगस्टमा टोकियोको सबवे स्टेशनमा एक व्यक्तिले अर्को व्यक्तिको अनुहारमा इन्सुलेट एसिड छर्केपछि दुई जना घाइते भएका थिए। टोकियोमा ओलम्पिकको लागि कडा सुरक्षाको बीचमा ओडाक्यु इलेक्ट्रिक रेलवे कम्युटर ट्रेनमा एक व्यक्तिले यात्रुहरूलाई छुरा प्रहार गरेका थिए।त्यस्तै उएनोमा पनि यस्तै घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?