अन्तर्राष्ट्रिय

जापानमा घरमा क्वारेन्नटीन बसेकी महिलामा पहिलो पटक ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि, क्वारेन्नटीन नियमको उल्लङ्घन गरेको आरोप

विदेशबाट फर्किएर घरमा क्वारेनटीनमा बसिरहेकी २० वर्षीय एक महिलालाई कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोन स्ट्रेनबाट संक्रमित भएको टोकियो महानगरीय सरकारले पुष्टि गरेको छ।क्वारेन्टाइन नियमहरूको उल्लङ्घन गर्दै यस महिनाको १२ तारिख कावासाकीको टोदोरोकी स्टेडियममा संचालित फुटबल खेलमा हेर्न गएको पत्ता लागेपछि टोकियो मेट्रोपोलिटन इन्स्टिच्युट अफ हेल्थ एन्ड सेफ्टीमा परीक्षण गर्दा नया भेरियन्ट ओमिक्रोन सकारात्मक देखिएबाट उनी संक्रमित पुष्टि भएको केन्द्रीय सरकारका प्रवक्ताले बताएका छन ।ती ओमिक्रोन संक्रमित बिरामीको एयरपोर्टमा कोभिड-१९ परीक्षण गर्दा नेगेटिभ आएको तर घरमा क्वारेन्टाइनमा रहेको अवस्थामा ज्वरो आइ… पुरा पढौ

जापानमा बुधबार थप १५ जनामा ओमिक्रोन संक्रमित रहेको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

यस महिनाको ७ देखि १२ तारिखसम्म जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस "ओमिक्रोन स्ट्रेन" को संक्रमण पुष्टि भएसंगै अब ओमिक्रोन स्ट्रेनबाट संक्रमितको संख्या जापानमा ३२ पुगेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुष आगन्तुकमा ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि भएको एनएचकेको समाचारमा जनाएको छ । जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइन… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ पुग्यो, सचेत रहन डब्लुएचओको चेतावनी

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट शुक्रवार थप आठ जना संक्रमित भएको पुष्टि भएसंगै जापानमा ओमिक्रोन संक्रमितको संख्या १२ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन। संक्रमित आठ जना सबै विदेशबाट नोभेम्बरको अन्त्यदेखि यसै महिनाको सुरुमा जापान प्रवेश गरेको ती अधिकारीले बताए ।जापानमा नोभेम्बर ३० मा पहिलो पटक नामिबियाका ३० वर्षीय कूटनीतिज्ञलाई ओमिक्रोन भेरियन्टको देखापारेको पुष्टि भएको थियो भने दोस्रो केस पेरुबाट यात्रा गरेका २० वर्षीय मानिसमा संक्रमित भएको पुष्टि भएको थियो । नारिता एयरपोर्टमा आएका ती दुवै पुरुषमा पोजेटिभ देखिएको थियो ।… पुरा पढौ

सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने!

एजेन्सी- न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हव । सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । सरकारले युवाहरुलाई धुमापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा.आयसा भरलले भने । सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धुमपानमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत… पुरा पढौ

हालकै खोपले ओमिक्रोनबाट जोगाउन सक्छ: डब्ल्यूएचओ

एजेन्सीः विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले हाल प्रयोगमा रहेका खोपहरूले नै ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्न सक्ने बताएको छ।दक्षिण अफ्रिकाको एक ल्याबमा गरिएको परीक्षणपश्चात् यस कुराको पुष्टि भएको हो। दक्षिण अफ्रिकी अध्ययनका अनुसार फाइजरको खोपले ओमिक्रोनविरुद्ध पहिलो भेरियन्टको तुलनामा ४० प्रतिशत कम प्रभावकारी काम गरेको निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूका अनुसार फाइजरको अत्याधिक मात्राले भने नयाँ भेरियन्टलाई निष्क्रिय बनाएको छ। डब्ल्यूएचओका आपत्कालीन निर्देशक माइक रायनका अनुसार खोपले ओमिक्रोनको विरुद्ध काम नगर्ने कुनै संकेत फेला नपरेको पनि बताए। उनले डेल्टा वा अन्य भेरियन्ट जस्तो ओमिक्रोनले… पुरा पढौ

जापानले १८ वर्षभन्दा कम उमेरको लागि दिन लागेको एक लाख येन रकम स्थानीय सरकारको राय अनुसार गर्ने

१८ वर्षभन्दा कम उमेर समूहका लाई एक लाख येन नगद वा कुपन भुक्तानी गर्ने सम्बन्धमा मन्त्रिपरिषद् उपमुख्य सचिव किहराले यस वर्षको पूरक बजेटको तर्जुमा भएपछि स्थानीय सरकारले पूरै रकम नगदमा भुक्तानी गर्न सक्ने विशिष्ट अवस्था देखाउन चाहेको बताएका छन् । उपमुख्य मन्त्रिपरिषद् सचिव किहाराले बिहिबार पत्रकार सम्मेलन गर्दै कस्ता अवस्थामा नगद सुविधा दिन सकिन्छ भन्ने कुरा स्थानीय सरकारको राय बुझेर रकम उपलब्धताका विशेष विधिमार्फ़त प्रदान गरिने विचार गरिरहेको र स्थानीय सरकारको समर्थनमा काम गरिने बताए ।त्यसैका आधारमा उनले यो वर्षको… पुरा पढौ

जापानी वैज्ञानिकहरूले कोरोनाभाइरस पत्ता लगाउन चम्किलो मास्क विकास

पश्चिमी जापानको एक विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले अस्ट्रिचहरूको अण्डाबाट निकालिएको एन्टिबडीहरू प्रयोग गरेर कोरोना भाईरस पराबैंगनी प्रकाशको सम्पर्कमा आउँदा चम्किने मास्कहरू विकास गरेको छन ।क्योटो प्रिफेक्चरल युनिभर्सिटीको वैज्ञानिकहरूको टोलीका अध्यक्ष ५२ वर्षीय यासुहिरो त्सुकामोतोको नेतृत्वमा तयार पारिएको सो मास्कले प्रयोगकर्ताहरूलाई भाइरस संकुचित गरेको छ कि छैन भनेर परीक्षण गर्न सजिलो बनाउने गरि विकास गरिएको र यसले कोरोना भाईरस रोकथाममा थप टेवा पुर्याउने समेत आशा राखिएको छ।वैज्ञानिकहरूको टोलीले कोरोना भाइरसबाट संक्रमित ३२ जनालाई १० दिनसम्मको अवधिमा प्रयोग गर्दा उनीहरूले लगाएका सबै मास्कहरू… पुरा पढौ

जापानका प्रधानमन्त्रीले सैन्य क्षमता बढाउँदै

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले देशको प्रतिक्षाका लागि सैन्य क्षमता बढाउने प्रतिज्ञा गरेका छन्। चीन र उत्तर कोरियासँग अनपेक्षित खतरा रहेको भन्दै उनले देशको रक्षा क्षमता बढाउने प्रतिज्ञा गरेका हुन्। ‘जापानका जनताको जीवन र जीविकोपार्जनको रक्षाका निम्ति हामीले दुस्मनविरुद्ध आक्रमण गर्ने क्षमतासहितका हातहतियार र उपकरण, हाम्रो प्रतिरक्षा क्षमताको लागि सैनिकको क्षमता बढाउने छौं,’ स्थानीय मिडियासमक्ष उनले भनेका छन्। दोस्रो विश्व युद्धपछिको शान्तिवादी संविधानले रक्षा र सैन्य क्षमता वृद्धि गराउनमा रोक लगाएको थियो। जापानको रक्षा क्षमता बढाउन अमेरिकाले सघाउन सक्ने र प्रधानमन्त्रीको… पुरा पढौ

हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाध्यक्षसहित १३ जनाको मृत्यु

एजेन्सी– भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावतसहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाले जर्नेल रावत, उनकी श्रीमतीसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको छ । सो हेलिकोप्टरमा जर्नेल रावत, उनकी श्रीमती र सेनाका उच्च अधिकारी रहेको बताइएको छ । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका… पुरा पढौ

भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज (बुधबार) दुर्घटनामा परेको छ । टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो । रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ । इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ। उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय… पुरा पढौ