जापानको ओसाकामा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु, घटनाको प्रहरीद्वारा अनुसन्धान सुरु

-


     जनहित न्युज    
     पौष २ गते २०७८


जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा साँझसम्ममा कम्तीमा २४ जनाको मृत्यु भएको प्रहरीका जनाएको छ ।
शुक्रवार बिहान ओसाकाको किता–कु सहरको जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगलागीमा परेंका २८ जनालाई अस्पताल लगिएकोमा २४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार आगलागीमा परि अहिलेसम्म २८ जनालाई अस्पताल लगिएको छ जसमा २४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।जसमा १४ जना पुरुष र १० जना महिला रहेका छन । मृत्यु हुनेको पहिचान पुष्टि न भइसकेको भएपनि २० देखि ६० वर्ष समूहका रहेको अनुमान गरिएको छ। आगलागी हुँदा सबै २४ जना चौथो तल्लामा रहेको क्लिनिकमा नै थिए ।
भवनमा रहेको क्लिनिकमा गएका ५०/६० वर्षका ज़स्ता देखिने व्यक्तिले आगजनी गरेको आशंकामा उनलाई प्रहरीले अनुसन्धान थालेको बताईएको छ ।

प्रहरी र दमकल विभागका अनुसार आठ तले भवनको चौथो तल्लामा मनोचिकित्सा विशेषज्ञ सम्बन्धी ‘कामदार निशी उमेदा माइन्ड एण्ड बडी क्लिनिक’ बाट आगलागी भएको हुनसक्ने बताएको छ। आगो निभाउन ८० वटा दमकललाई करिब ३० मिनेट लागेको र भवनको चौथो तल्लामा २५ स्क्वायर मिटर आगोले जलेको छ ।

प्रहरीका अनुसार आगलागी हुँदा क्लिनिकको प्रतीक्षालयबाट भागेका दुई बिरामी महिलाले ५० देखि ६० वर्ष उमेर समूहका एक पुरुषले कागजको झोला लिएर क्लिनिकमा आएको उक्त कागजको झोला तातो वस्तु नजिकै राखी ख़ुट्टाले धेकेल्दा प्रज्वलित तरल पदार्थ चुहावट हुदा आगलागी भएको बताएका छन ।

बिरामीहरूका अनुसार”पुनः कार्य कार्यक्रम” भनिने काममा फर्कने दिन भएकोले क्लिनिकमा धेरै मानिसहरू आएको बताईएको छ।
सन १९७० निर्माण भएको उक्त भवनको ओसाका सिटी फायर डिपार्टमेन्टले प्रत्येक चार वर्षमा गरिने निरीक्षण गत मार्च १९ मा गर्दा फायर सर्भिस ऐन अन्तर्गत भवनको उपकरणमा कुनै त्रुटि फेला पारेको थिएन।साथै सेप्टेम्बर २५ मा दमकल विभागबाट खटिएको दमकल प्रवर्द्धन संघले स्थलगत निरीक्षण गर्दापनि भवनमा कुनै त्रुटी देखिएको थिएन ।

यस्तै प्रकृतिको आगलागी सन २००१ मा टोकियोको शिन्जुकु-कु काबुकिचोको एक भाड़ामा रहेको भवनमा हुदा रेस्टुरेन्टमा रहेका ग्राहक, कर्मचारीहरू र अन्य सहित ४४ जनाको जलेर मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?