अन्तर्राष्ट्रिय

जापान सरकारले टोकियो र त्यस वरपरका क्षेत्रमा अर्ध-आपतकाल घोषणा गर्ने तयारीमा

कोरोना संक्रमणका नयाँ केसहरूको संख्या देशव्यापी रूपमा दैनिक तिव्र गतिमा बढिरहेकोले महानगरीय क्षेत्रहरूले कोरोना संक्रमण रोकथामका लागि अर्ध आपतकालको लागि अनुरोध पनि गरिरहेको र देशका अन्यत्र क्षेत्रमा पनि सरकारले तुरुन्तै स्वास्थ्य सतर्कता अन्तरगत अर्ध-आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले नियमित पत्रकार सम्मेलनमा बताएका छन ।राजधानी टोकियोमा पछिल्ला केहिदिन यता दैनिक ४ हजार भन्दा बढी क़ोरोना संक्रमणका नयाँ बिरामीहरू बढिरहेको र अस्पतालको बेड ओकपेन्सी दर २० प्रतिशत नजिक अर्थात्पु १९.३ प्रतिशत पुगेको महानगरीय सरकारले केन्द्र सरकारलाई… पुरा पढौ

जापानमा सुनामीको चेतावनी घोषणा, दक्षिण प्रशान्त टापुहरूमा सुनामी देखियो

जापानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रहरूमा प्रभावकारी रहने गरि सुनामीको चेतावनी जारी गरेको छ । जापानको मौसम विज्ञान एजेन्सीले दक्षिणी अमामी टापु र कागोशिमा प्रिफेक्चरको टोकारा टापु चेन वरपरका क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ र प्रशान्त महासागरको सामना गर्ने सबै तटीय क्षेत्रहरूमा सुनामीको सूचना जारी गरिएको छ । समुद्रमुनि ज्वालामुखी विष्फोटपछि तीन मिटर लामो सुनामी जापान पुग्ने अनुमान गरिएको छ।शनिवार दिउँसो दक्षिण प्रशान्त महासागरको टोंगाको ज्वालामुखी टापुमा भएको ठूलो विष्फोटमा कागोशिमा प्रान्तको अमामी टापुहरू र टोकारा टापुहरूमा जापानको समय… पुरा पढौ

जापानले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि क्वारेन्टाइन अवधि घटाएर १० दिनको बनाउने

जापानले शनिबारदेखि लागु हुनेगरि विदेशबाट आउने यात्रुहरूका लागि १४ दिनको क्वारेनटीन अवधि घटाएर १० दिन बनाउने भएको छ ।कोरोना कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट गम्भीर रूपमा प्रभावित देशहरू र त्यस वरिपरीका प्रभावित विश्वभरका सबै देशहरूबाट जापान आउनेहरूमा यो नियम लागु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।कोरोना संक्रमणको दर घटदै गएपछिको अवस्थामा क्वारेनटीनको अवधिलाई कम्तिमा तीन दिनको थियो, तर ओमिक्रोन भेरियन्टको उदयसंगै सरकारले सीमा नियन्त्रणलाई कडाइ गरेपछि नोभेम्बरको अन्त्यबाट यसलाई १४ दिनमा बढाइएको थियो।सरकारले कोभिड–१९ का बिरामीको सम्पर्कमा आएका व्यक्तिको क्वारेन्टाइन अवधि १४ दिनबाट… पुरा पढौ

उत्तर कोरियाले आवाज भन्दा पनि द्रुत चल्ने क्षेप्यास्र सफलतापूर्वक परीक्षण

उत्तर कोरियाले बुधबार आवाज भन्दा पनि द्रुत चल्ने क्षेप्यास्र (हाइपरसोनिक मिसाइल)को सफल परीक्षण गरेको सरकारी समाचार सँस्था केसीएनएले बिहीबार जनाएको छ। प्रतिवेदनका अनुसार उत्तर कोरियाली नेता किम जोङ उक्त प्रक्षेपणमा सहभागी भएनन् । “हाइपरसोनिक मिसाइल क्षेत्रमा लगातार सफल परीक्षण प्रक्षेपणले आठौं दल (पार्टी )कांग्रेसले सुझाव दिएको राष्ट्रिय रणनीतिक बललाई आधुनिकीकरण गर्ने कार्यलाई गति दिन र पाँचवटा रणनीतिक हतियार क्षेत्रमा शीर्ष पाँच कार्यहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कार्य पूरा गर्न ५ बर्षिय योजना रणनीतिक महत्त्व छ ” केसिएनएले भन्यो। क्षेप्यास्त्र प्रक्षेपण पछि अलग… पुरा पढौ

तीन वटा जहाजमा आलु भरेर जापान ल्याइयो

अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनाल्ड्सले जापानमा आलु संकट कम गर्न आलुले भरिएका तीन वटा विमान जापान पठाएको छ। म्याकडोनाल्ड्सले तत्कालिन आलु संकट कम गर्न हालै आलुले भरिभराउ तिनवटा विमान जापान पठाएको हो। पछिल्लो समय जापानमा आलु अभावका कारण जापानमा सञ्चालित म्याकडोनाल्डस् रेष्टुरेन्टले आलुका परिकार पकाउन छोडेको समाचार बाहिरिएको थियो। आलु अभावकै कारण सर्बाधिक लोकप्रिय फ्रेन्च फ्राइज, चिप्स लगायत आलुका परिकारसमेत बन्न छोडेपछि सो कम्पनीले तत्कालिन आलु संकट कम गर्न विमानमार्फत आलु पठाएको जनाएको छ। ‘हामीले तत्कालीन आलु आपुर्तीको लागि तीन… पुरा पढौ

ग्राहकलाई यौन दुव्र्यवहार गरेको आरोपमा उबर ईट्सको डेलिभरी गर्ने पक्राउ

पार्टटाईमको रूपमा उबर ईट्स डेलिभरीको काम गर्ने २२ वर्षीय बेसबल खेलाडीलाई एक महिला ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा जापानको साइतामा प्रान्तको सायामाबाट प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार गुन्मा डायमण्ड पेगाससबाट खेल्ने हिरोतो यासुदाले भोकेसनल विद्यार्थीको रूपमा रहेकी महिलाले खाना अर्डर गरेकी र सो खाना पुर्याउने क्रममा साँझ ७ बजेतिर खाना दिएपछि महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राऊ गरिएको जापानी समाचार माध्यमले जनाएका छन ।यासुदाले यसअघि पनि पटकपटक तो पिडित महिलाको अपार्टमेन्टमा खाना पुर्‍याएको प्रहरीले जनाएको छ । पिडित महिलाको ढोकामा… पुरा पढौ

जापान सरकारको स्वास्थ्य मन्त्रालयको प्यानलले पहिलो पटक मुखबाट खाने कोभिड-१९ विरुद्दको चक्कीलाई स्वीकृति प्रदान

जापान सरकार स्वास्थ्य मन्त्रालयको अन्तर्गतको प्यानलले अमेरिकी फार्मास्युटिकल फर्म मर्क एण्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ बिरुद्दको मुखबाट खाने चक्की औषधीलाई शुक्रबारबाट पहिलो पटक स्वीकृत प्रदान गरेको छ ।मर्कको जापानी शाखा MSD K.K ले जापानमा औषधि उत्पादन र बिक्री गर्न डिसेम्बरको सुरुमा आवेदन गरेपछि नोवेल कोरोनाभाइरसलाई शरीरमा वृद्धि हुनबाट रोक्ने मोल्नुपिरावीरको प्रयोग र वितरणलाई द्रुत-ट्र्याक प्रक्रिया अन्तर्गत जापानमा स्वीकृति दिने बारेमा ग्रीन सिग्नल दिइए अनुसार शुक्रवारबाट स्वीकृति प्रदान गरिएको सरकारी अधिकारीहरूले बताएका छन ।जापानी सहायक कम्पनीले मोल्नुपिराभिरले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध… पुरा पढौ

जापान सरकारले समुदायमा ओमिक्रोन फैलिए पनि तत्काल दैनिक जनजीवनका गतिविधिलाई कडा नबनाउने

ओमिक्रोन कोरोनाभाइरस संस्करणको संक्रमण समुदायस्तरमा पहिलो घटना देखिएसंगै जापानले तत्कालका लागि जनताको सामान्य गतिविधिमा प्रतिबन्धित गर्दै कडा कदम नचाल्ने मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन।बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएपछि ओसामा प्रान्तले संक्रमण फैलावटलाई रोक्ने उद्देश्यले जनवरीको अन्त्यसम्म एक महिनासम्मको लागि होटेल र रेष्टुरान्टमा प्रति टेबलमा सिमित चार जनामात्र बस्नुपर्ने र रेष्टुरेण्टमा बसेर दुई घण्टा भन्दा बढी लामो खान र जमघट गर्न नपाईने… पुरा पढौ

ग्रीसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीको सनाखत

बार्सिलोना (जीएनएन) -- गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।मृत्यु हुनेहरूमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमण समुदायस्तरमा फैलिएसंगै जनवरीको अन्त्यसम्म रेष्टुरेण्टमा दुई घण्टाभन्दा लामो समय ग्राहकलाई राख्न प्रतिबन्ध

बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्री शिगेयुकी गोतोले पत्रकारसँग कुराकानी गर्दै पश्चिमी क्षेत्रको ओसाकाको घटनाले समुदायस्तरमा ओमिक्रोन फैलिएको मान्नुपर्ने भएकोले यसको नियन्त्रणको लागि सरकारले आवश्यक सबै सावधानी अपनाउने बताए ।संक्रमित परिवारका तीन सदस्यहरू मध्ये एक पुरुष ३० वर्षीय शिक्षक रहेको र अर्की एक महिलाले कोभिड-१९ विरुद्धको दुई वटै डोज खोप प्राप्त गरिसकेको ओसाका प्रान्तको सरकारको स्वास्थ्य मन्त्रालयले भनेको छ ।संक्रमित परिवारका… पुरा पढौ