जापानमा घरमा क्वारेन्नटीन बसेकी महिलामा पहिलो पटक ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि, क्वारेन्नटीन नियमको उल्लङ्घन गरेको आरोप

-


     जनहित न्युज    
     पौष १ गते २०७८


Pedestrians cross a road at night in the Shimbashi District of Tokyo, Japan, on Friday, Oct. 29, 2021. The Tokyo Metropolitan Government has lifted the restrictions this week for restaurants and bars that meet its criteria for taking appropriate measures to limit the spread of infections. Photographer: Soichiro Koriyama/Bloomberg

विदेशबाट फर्किएर घरमा क्वारेनटीनमा बसिरहेकी २० वर्षीय एक महिलालाई कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोन स्ट्रेनबाट संक्रमित भएको टोकियो महानगरीय सरकारले पुष्टि गरेको छ।
क्वारेन्टाइन नियमहरूको उल्लङ्घन गर्दै यस महिनाको १२ तारिख कावासाकीको टोदोरोकी स्टेडियममा संचालित फुटबल खेलमा हेर्न गएको पत्ता लागेपछि टोकियो मेट्रोपोलिटन इन्स्टिच्युट अफ हेल्थ एन्ड सेफ्टीमा परीक्षण गर्दा नया भेरियन्ट ओमिक्रोन सकारात्मक देखिएबाट उनी संक्रमित पुष्टि भएको केन्द्रीय सरकारका प्रवक्ताले बताएका छन ।
ती ओमिक्रोन संक्रमित बिरामीको एयरपोर्टमा कोभिड-१९ परीक्षण गर्दा नेगेटिभ आएको तर घरमा क्वारेन्टाइनमा रहेको अवस्थामा ज्वरो आइ परीक्षण गर्दा बिहीबार ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको पुष्टि भएको टोकियोकी गभर्नर युरिको कोइकेले बताईन ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले ती संक्रमित बिरामी डिसेम्बर ८ मा जापान प्रवेश गरेको र हाल स्वास्थ्य संस्थामा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको बताए।
केन्द्रीय सरकारले कोरोनाभाइरसको भेरियन्ट ओमिक्रोन संक्रमित व्यक्तिसँग उडान गरेका सबै व्यक्तिहरूलाई नजिकको सम्पर्कको रूपमा वर्गीकृत गरेर निगरानीमा राखेको बताईएको छ ।
संक्रमित फेला परेसंगै बिरामीको हरेक पक्षको विश्लेषण भइरहेको र विमानमा आऊदा संक्रमित भए वा फुटबल खेलमा भाग लिदा सो क्रममा ओमिक्रोन भेरियन्ट संक्रमित भयो भनेर जानकारी संकलन गर्ने कार्य भैरहेको बताईएको छ ।
ती बिरामी आइतवार कावासाकीमा भएको इम्पेरीयर कप फुटबल खेलमा सहभागी भएकोले मात्सुनोले खेलमा गएपछि अस्वस्थ महसुस गर्ने सबै मानिसहरूलाई परीक्षण गर्न आह्वान गरिएको बताए । संक्रमित महिला नजिकको रहेर स्टेडियममा खेल हेरेका कावासाकीका लगभग ८० जना व्यक्तिहरूको पनि परीक्षण गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?