एनआरएनए समाचार

एनआरएनए जापानले हरितालिका तिजको अवसरमा पञ्चमी पूजासहित विषेश कार्यक्रम गर्ने

नेपाली महिलाको चाड हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानद्वारा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टम्बर १९ तारिक टोकियोको कमाता स्थित चौतारो रेष्टुरेण्टमा उक्त कार्यक्रम गरिने भएको कार्यकमकी संयोजक तथा एनआरएनए जापानकी सचिव चन्द्राकुमारी केसी अधिकारीले जानकारी दिइन ।“जापानमा रहेका नेपाली दिदीबहिनीको सहभागितामा मनोरन्जनसगै शुभकामना आदान प्रदान गरी आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्ना… पुरा पढौ

जापानको टोकियोमा प्राकृतिक प्रकोप सम्बन्धी पूर्व तयारी अभ्यास हुने

प्राकृतिक प्रकोप आइपरेको समयमा तत्काल बच्नका लागि अपनाउनु पर्ने उपायका बारेमा सचेतना जनाउनका लागि जापानको टोकियोमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास हुने भएको छ ।टोकियो महानगरीय प्रहरी विभाग आयोजक र एनआरएनए जापान सह आयोजक रहने गरि अगस्ट ३१ तारिक टोकियोको नाकानो स्थित सिकिनो मोरी पार्कमा उक्त अभ्यास गरिन लागेको एनआरएनए जापानकी उपाध्यक्ष डा एलिजा केसी भण्डारीले जानकारी दिइन ।प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै तत्काल त्यस्तो अवस्थामा अपनाउनु पर्ने कुराका बारेमा सचेतना दिनका लागि स्टाम्प र्यालीसहितको पूर्व तयारीको अभ्यास सो… पुरा पढौ

एनआरएनएलाई सबैको आशा र विश्वासको केन्द्र बनाउने योजनासहित कंडेलको डिआरसीमा उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा दिपक कंडेलले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील कंडेल विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका हुन ।एनआरएनएको अभियानमा लामो समयदेखि सक्रिय कंडेल हाल उप संयोजक(डिआरसी)… पुरा पढौ

एनआरएनए एसिया प्यासिफ़िकको उप संयोजकमा श्रवण सत्यालले दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालमा एसिया प्यासिफ़िक क्षेत्रीय समितिको उप संयोजकका लागि श्रवण सत्यालले उम्मेदवारी दिएका छन्।एनआरएनए आइसीसीका सदस्य समेत रहेका सत्याल जापानमा रहेर व्यावसायी गरि एक दशकभन्दा बढी समयदेखि एनआरएनएको अभियन्ता, साहित्यिक र वैचारिक संघ सस्थाका विभिन्न पदमा बसेर काम गरिसकेका छन्।“अबको एनआरएनए साझा एनआरएनए भन्ने मान्यतालाई स्थापित गराउनका लागि डिआरसीमा उम्मेदवारी घोषणा गरेको हुँ ।” डिआरसीका प्रत्यासी सत्यालले भने-“लामो समयसम्म एनआरएनएका साथै सामाजिक सेवाका सबैखाले गतिविधिमा सरिक भइसकेका छु यस भित्रका आरोह र अवरोह देखेर नै… पुरा पढौ

एनआरएनए जापानको सपथ ग्रहण कार्यक्रम सम्पन्न, समन्वय र सहकार्य नै मेरो पहिलो प्राथमिकता- अध्यक्ष निउरे

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानकोजुलाई ३० मा सम्पन्न एघारौ अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरू तथा अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार टोकियोमा सम्पन्न सो सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक डम्बरराज पौडेलले २०२३-२०२५ कार्यकालको लागि निर्वाचित पदाधिकारी, सदस्य तथा आइसीसी सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।सपथ ग्रहण कार्यक्रममा बोल्दै राजदूत डा दुर्गाबहादुर सुवेदीले एनआरएनएमा समन्वय, सहकार्य, सत्भाव र सहिष्णुताको उच्चतम नमूना जापानबाट प्रस्तुत गर्न सफल रहेकोले… पुरा पढौ

एनआरएनएमा आर्थिक पारदर्शितामा योगदान दिने योजनासहित जापानबाट ददिवल खड्काको आइसीसी सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सह कोषाध्यक्षमा जापानका ददिवल खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमार्फत आगामी कार्यकालको लागि उम्मेदवारी घोषणाको क्रम तीब्र भएसंगै एनआरएनए आइसीसी सह-कोषाध्यक्षको लागि हाल जापानका खड्काले उम्मेदवारी घोषणा गरेका हुन । म्याग्दी जिल्लामा जन्मिएका खड्का तीन दशकभन्दा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका छन।हाल एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिका उप संयोजक समेत रहेका उनी सफल व्यावसायी तथा बौद्धिक व्यक्ति र एनआरएनए अभियानमा सहयोगी अभियानकर्ताका रूपमा समेत चिनिन्छन । एनआरएनएको आगामी… पुरा पढौ

एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउने योजनासहित जापानबाट टंक गैरेको सचिवमा उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने र संस्थामा रहेका विसंगति र विकृति हटाउनका उद्देश्यका साथ सचिव पदमा टंक गैरेले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले सचिब पदमा उम्मेदवारी दिएको बताएका छन । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई… पुरा पढौ

समानान्तर एनआरएनए दर्ता गर्न सर्वोच्चको आदेशपछि खैलाबैला

काठमाडौँ । सर्वोच्च अदालतले समानान्तर एनआरएनए (गैरआवासीय नेपाली सङ्घ) दर्ता गर्न बाटो खुला गरिदिएसँगै सो संस्थामा हल्लीखल्ली मच्चिएको छ ।  सङ्घका पूर्व उपाध्यक्ष सोनाम लामाको रिट निवेदनका आधारमा सर्वोच्चले समानान्तर संस्था दर्ता गर्न आदेश दिएसँगै हल्लीखल्ली मच्चिएको हो ।  विश्वभर रहेका नेपालीहरूको साझा संस्थाको रूपमा रहेको एनआरएनए अब सर्वोच्चको आदेशसँगै छिन्नभिन्न हुने खतरा बढेको उनीहरूको चिन्ता छ ।  कतिपयले एनआरएनएभित्रको सिन्डिकेट प्रथा र बढ्दो राजनीतिको परिणामस्वरूप यस्तो अवस्था आइपुगेको पनि टिप्पणी गरेका छन् ।  एनआरएनएका उपाध्यक्ष हेमराज शर्माले सर्वोच्चको फैसलाले… पुरा पढौ

सर्वोच्चको फैसलाले एनआरएनएको भविष्य संकटमा

सर्वोच्च अदालतले समानान्तर एनआरएनए खोल्न सक्ने फैसला गरेको छ । यस फैसला पछि एनआरएनएमा अब के होला भन्ने कौतुहलता बढेको छ । गैरआवासीय नेपाली सम्बन्धि ऐनको दफा १६ र नियमावलीको दफा १२ मा कम्तिमा २५ देशमा बसोबास गर्ने ५० जना गैरआवासीय नेपालीहरुको निवेदन दिएमा संघ दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यसै दफालाई टेकेर एनआरएनका पुर्व उपाध्यक्ष सोनाम लामाले एनआरएनए जस्तै सँस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । यस निवेदनबारे मन्त्रालयले कुनै जवाफ नदिए पछि लामाले सर्वोच्चको… पुरा पढौ

एनआरएन जापानको अध्यक्षमा अत्यधिक मतका साथ नविन निउरे विजयी, सबैको भावनालाई समेटेर समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३–२०२५ को कार्यकालका लागि भएको निर्वाचनमा नविन निउरेले अध्यक्षमा बाजी मारेका छन् ।आइतबार सम्पन्न अनलाईन भेरो भोटिङ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि आगामी कार्यकाल २०२३-२५ का लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा ५ हजार ४ सय ४८ खसेको मत मध्य निकटतम प्रतिस्पर्धी सुवेदीले १२ सय २० मत प्राप्त गर्दा… पुरा पढौ