एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउने योजनासहित जापानबाट टंक गैरेको सचिवमा उम्मेदवारी

-


     जनहित न्युज    
     श्रावण २७ गते २०८०


गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने र संस्थामा रहेका विसंगति र विकृति हटाउनका उद्देश्यका साथ सचिव पदमा टंक गैरेले उम्मेदवारी घोषणा गरेका छन ।
जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले सचिब पदमा उम्मेदवारी दिएको बताएका छन ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु उनको योजना छ।
एनआरएनए जापानको उपाध्यक्ष, एनआरएनए आईसीसीको सदस्य र गत एनआरएनए आइसीसीमा सह कोषाध्यक्ष भैसकेका गैरेले निरन्तर रूपमा यस अभियानमा सक्रिय रहेकोले आफू सो पदका लागि योग्य उम्मेदवार रहेको उनको दाबी छ । ‘विगतदेखि नै एनआरएनएमार्फत सामाजिक सेवामा क्रियाशील रहेकोले यस पटक सबैको साथ र सहयोगमा जित निश्चित छ’ गैरेले भने ।
निर्वाचनका लागि गैरेले नेपालमा गरिरहेको लगानीलाई निरन्तरता दिनुका साथै अझ बढाउन प्रयास गर्ने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानीज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका छन ।
गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजकका उम्मेदवार गैरेले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभई नेपाल र नेपालीका लागि रचनात्मक कार्य गर्नका लागि भएको जिकिर गरे ।सम्पूर्ण एनआरएनए नेपालीलाई उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै प्रवासी नेपालीलाई नेपालसँग जोड्दै मातृभूमिको लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बागलुङको गल्कोटमा जन्मिएका गैरे हाल जापानमा व्यावसायीको रूपमा कार्यरत रहेका छन । विभिन्न सामाजिक र व्यावसायिक संघ संस्थामा आवद्द गैरेले समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्ने मान्यता राखी कुनै पदमा बसेर आफ्नो पदको मर्यादा अनुरूप समाज सेवा गर्नुपर्ने उनको मान्यता रहेको छ ।
एनआरएनए आइसीसीको निर्वाचनको सरगर्मी बढ़ेसंगै हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी,केशव पौडेल , हेमराज शर्मा र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन , उपाध्यक्षमा गणेश केसी, युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिद छन् भने महासचिवमा गंगाधर गौतम , बुद्धि सागर सुवेदी , पारसमणि पोखरेल उम्मेदवारी घोषणा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?