गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सह कोषाध्यक्षमा जापानका ददिवल खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमार्फत आगामी कार्यकालको लागि उम्मेदवारी घोषणाको क्रम तीब्र भएसंगै एनआरएनए आइसीसी सह-कोषाध्यक्षको लागि हाल जापानका खड्काले उम्मेदवारी घोषणा गरेका हुन । म्याग्दी जिल्लामा जन्मिएका खड्का तीन दशकभन्दा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका छन।
हाल एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिका उप संयोजक समेत रहेका उनी सफल व्यावसायी तथा बौद्धिक व्यक्ति र एनआरएनए अभियानमा सहयोगी अभियानकर्ताका रूपमा समेत चिनिन्छन ।
एनआरएनएको आगामी अक्टुबर १७-१८ तारिख महाधिवेशन काठमाडौंमा हुँदैछ ।
सह कोषाध्यक्षका प्रत्यासी ददिवल खड्का को हुन?
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको शिख घारमा सन् १९६६ को जन्मिएका खड्का हाल सफल व्यवसायीको रुपमा जापानमा कार्यरत छन । माध्यमिक तह सम्मको शिक्षा गाउँकै विद्यालयमा पूरा गरेका ददिवलले उच्च शिक्षा भने पोखराको पृथ्वी नारायण क्याम्पसबाट स्नातक तह सम्मकाे पढाई पूरा गरेका हुन ।
सन् १९८९ मा विद्यार्थी भिसामा जापान आएका उनी जापानी भाषा स्कुल पूरा गरे पश्चात भोकेसनल स्कुल (सेनमाेन गाक्काे)सम्मको शिक्षा आर्जन गरेका छन।विद्यार्थी भिसामा जापान आउनु अगाडी पनि उहाँ सन् १९८१ देखि नै पटक पटक जापान आउने जाने गरेका थिए । तर जापानको उनको स्थायी बसाई भने सन् १९८९ पछि नै शुरु भएको हो । ईमान्दार र मेहनती चरित्रका खड्काले जापानको प्रिन्स होटलमा १० वर्ष तथा फुडगेट कम्पनीमा ८ वर्ष कार्य अनुभव बटुलेर सन् २००८ देखि साेबा रेष्टुरेन्ट व्यवसायबाट आफ्नो सफल व्यावसायिक यात्रा शुरु गरेका थिए ।
सफल व्यवसायी ददिवल हाल एसएसडब्लु, होकेन कम्पनी, रेष्टुरेन्ट र रियल स्टेट व्यवसायमा संलग्न छन । सानै उमेरदेखि मेहनती र दयालु स्वभावका ददिवल हाल नेपालका विकास निमार्ण, प्राकृतिक प्रकोपमा परेकाहरुलाई उद्धार तथा पुर्नस्थापना जस्ता सामाजिक कार्यहरुमा प्रत्यक्ष सहभागी हुँदै आएका छन। आगामी अक्टुबरमा हुने एनआरएनए ग्लोबल सम्मेलनमा, तथा अधिवेशनमा जापानका सफल ब्यवसायी खड्काले एनआरएनए भित्रको अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्न सक्ने योजनासहित गैर आवासीय नेपाली संघ आइसीसीको २०२३-२०२५ कार्यकालका लागि सह कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन।
जापानमा करिब तीन दशक लामो बसाई गरी सामाजिक कार्यमा आफुलाई परिचित बनाईसक्नु भएका खड्काले यसअघि एनआरएनए आइसीसीको सदस्य र हाल एसिया प्यासिफिक क्षेत्रीय समितिको उप संयोजक पदमा रहि कार्य गरिसकेका छन ।
MONA ICC का वरिष्ठ उपाध्यक्ष तथा NBA जापानका वरिष्ठ उपाध्यक्ष रहनुभएका ददिवल खड्काले सामूहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार भन्ने मूल नारा सहित आसन्न एनआरएनए ग्लोबल सम्मेलनको चुनाबमा सहयोग गर्नको लागी सबैमा अनुरोध गरेका छन।
एनआरएनएमा जालझेल, छलकपट गर्नेलाई होइन, ईमानदार, निष्ठावान, सहयोगी, संस्थालाई समय दिन सक्ने व्यत्तिलाई मत दिनुपर्ने उनको धारणा छ ।
सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका खड्काले गरेका प्रतिवद्वताहरु:
१. नेपालबाट वैदेशिक रोजगारको लागी विदेश जाने युवाहरुको सरल र विना लगानी जाने वातावरण निमार्णको लागी पहल ।
२. विदेशमा काम गर्ने नेपाली कामदार दाजुभाई तथा दिदीबहिनीहरुको पारिश्रमिक, सुरक्षा तथा इन्सुरेन्सको सुनिश्चितताका लागि पहल ।
३. वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाहरुको लागि नेपालमै स्वाभलम्बि बन्नको लागी आवश्यक आर्थिक लगानी तथा तालिमको व्यवस्था गर्नको सम्बन्धित सरोकारवालाहरु संग समन्वय गरी सुनिश्चितताको ग्यारेन्टी ।
४. गैर आवासीय नेपाली लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन पहल ।
५. गैरआवासीय नेपाली संघ (एनआरएनए)मा आर्थिक पारदर्शिताको लागि विषेश पहल।
६. गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाबलाइ निष्पक्ष तथा धाँदली रहित बनाउनको लागी Face Detection र Biometric (Finger Print) डिभाईसहरु जस्ता प्रविधीको प्रयोगको लागी पहल ।
७. एसियाका NRNA NCC बिचमा निरन्तर छलफल, संवाद तथा चुष्ट दुरुस्त सम्बन्धका लागी पहल ।
८. गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुकाे लागी आवद्ध बनाउन आवश्यक कार्यक्रमहरु तयार गर्नको लागी पहल ।