Feature News

जापानमा सफल व्यवसायीको छवि बनाएका मोहन मुस्ताङको घरपोझङको अध्यक्षमा विजयी

लामो समय जापानलाई कर्म थलो बनाई जापान मै सफल व्यावसायीको छवी बनाएका मुस्ताङको घरपोझङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन । नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले पराजित गर्दै लालचन विजयी भएको निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतपरिणाम अनुसार कांग्रेसका लालचनले ७६० मत र एमालेका थकालीले ७५८ मत प्राप्त गरेका हुन । त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन । कांग्रेसकी जमुना थापा मगरले ६९३ मत प्राप्त गरी उप प्रमुखमा विजयी भएकी हुन… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले तेस्रो रनिङ कप भलिबल प्रतियोगिता जुन १ तारिक

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ। बाग्लुङ जिल्लाको गल्कोटमा अबस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहि विशेषतः हिन्दू धर्मावलम्बीहरूले त्यस ठाउमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामु थापा काजीले बताए । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको… पुरा पढौ

देशभर ६४ प्रतिशत मतदान : आयोग 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत मतदान हुन नसकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा ६४ प्रतिशत मतदान भएको जानकारी दिएका छन् । कतिपय स्थानमा अबेरसम्म मतदान भइरहेकाले अहिले देशभरको यकिन तथ्यांक आइनसकेको बताए । उनले अहिले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशत मतदान भएको बताए । उनका अनुसार काठमाडौंम ५२ प्रतिशतमात्रै मतदान भएको छ ।  आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो । यस्तै ४४ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न… पुरा पढौ

पाँच दलीय सत्ता गठबन्धनबाट अधिनायकवादी कार्य भयो- केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् । स्थानीय तहको निर्वाचन सकिएपछि एक विज्ञप्ति जारी गर्दै ‌ओलीले सत्ता गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् । प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १… पुरा पढौ

उदयपुरको कटारीमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो, एकजनाको मृत्यु 

उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय १८ वर्षिय विरबहादुर कटुवाल रहेका छन् । उनको छातिमा गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर अर्का स्थानीय १३ वर्षीय मोहन श्रेष्ठ घाईते भएका छन्। उनको खुट्टामा गोली लागेको छ । बाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन्। उनको टाउकोमा… पुरा पढौ

स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक : काँग्रेस पहिलो, दोस्रो एमाले , तेस्रो माओवादी केन्द्र (यस्तो छ नतिजा) 

काठमाडौं, ३० बैशाख । एबीसी न्यूजले स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ । एक्जीट पोल अनुसार सात वटै प्रदेशमा गरि नेपाली काँग्रेसले २९२ देखी ३२६ नेकपा एमाले १८५ देखी २०९, नेकपा माओवादी केन्द्र ११८ देखी १४२ जनता समाजवादी पार्टीले ४१–५८, लोकतान्त्रिक समाजवादी, ११ देखी १८, नेकपा एकीकृत समाजवादी १३ देखी २३, राष्टिय जनमोर्चा ५, राष्टिय प्रजातन्त्र पार्टी, ३ देखी ८ र अन्यले ४ देखी ८ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ८१ स्थानमा तीव्र प्रतिस्पर्धा… पुरा पढौ

४:४५ बजेसम्म ६० प्रतिशत मतदान, अझै बढ्नसक्ने आयोगको अनुमान 

निर्वाचन आयोगले ६० प्रतिशत मतदान भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पौने पाँच बजेसम्म ६० प्रतिशत मतदान भएको जानकारी दिनुभयो । यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ । यस्तै, निर्वाचन आयोगले मतपेटिका मतगणना स्थलमा आइसकेपछि मतगणना सुरु गरिने जनाएको छ । सुगम स्थानहरूमा आज साँझबाट मतगणना सुरु गर्न सकिने भए पनि दुर्गम पालिकाहरुमा भने मतपेटिका आइसकेपछि हुने… पुरा पढौ

मतदान गरेको मतपत्र सार्वजनिक गर्ने पूर्वप्रधानमन्त्री भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदानका क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर आयोगले भट्टराईलाई स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भट्टराईलाई प्रष्टीकरण सोधेको जानकारी दिए । आयोगले भट्टराईलाई भनेको छ, ’मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान… पुरा पढौ

पाँच स्थानको स्थानीय तह निर्वाचन स्थगित

प्रारम्भिक जानकारी अनुसार पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ । जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो । पुरा पढौ

विवादका कारण केही स्थानमा अवरुद्ध, २ बजेसम्म ४१ प्रतिशत मतदान 

बिहान सात बजेदेखि सुरू भएको पालिका चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ।  देशभर दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। पौडेलका अनुसार दोलखा, रामेछाप, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बझाङ र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।  यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको आयोगले जनाएको छ। पुरा पढौ