मतदान गरेको मतपत्र सार्वजनिक गर्ने पूर्वप्रधानमन्त्री भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

-


     जनहित न्युज    
     वैशाख ३० गते २०७९


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदानका क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर आयोगले भट्टराईलाई स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भट्टराईलाई प्रष्टीकरण सोधेको जानकारी दिए ।

आयोगले भट्टराईलाई भनेको छ, ’मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?