Feature News

कांग्रेस गलकोटले चलायो डण्डा, ६ जना बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

थम्मन थापा बागलुङ वैशाख २७नेपाली काँग्रेस गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलिय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगर प्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्ष पदका उम्मेदवार २ जना र वडा सदस्य पदका उम्मेदवार ३ जना गरि ६ जनाको पार्टी सदस्यता खारेज गरेको… पुरा पढौ

कांग्रेसको मतदातासँग अपिल-‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ रुख़मा मतदान गर्नुहोस ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् ।  मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् ।  अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय… पुरा पढौ

स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए… पुरा पढौ

मौन अवधि आज राति १२ बजेबाट सुरु हुने, यस्ता छन् पालना गर्नुपर्ने आचरणहरू 

स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा… पुरा पढौ

सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु 

श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसद्ले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,” एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा… पुरा पढौ

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । पुरा पढौ

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएको छ । स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका बताउँदै त्यसलार्य परास्त गरि परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हतौडा चिन्हमा… पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख… पुरा पढौ

२१ वर्षे निसु विश्वकर्मा तमानखोला गाउपालिकाको नेतृत्व गर्न उपाध्यक्षमा भिड्दै, भन्छिन-“विजयी निश्चित छ”

उमेर भर्खर २० काटेर २१ मा टेक्दै गरेकी सामान्य गरिब र दलित परिवारकी युवती निसु विश्वकर्मा । बागलुङ जिल्ला तमानखोला गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।सम्भवत उनी नै देश भरिमा रहेका पालिका मध्यकी कान्छी उम्मेदवार हुन सक्ने सम्भावना रहेको छ ।तमानखोला-२ बोंगखानीकी निसुलाई यति सानै उमेरमा गाउंपालिकाको उपाध्यक्षको लागि उम्मेदवार माओवादी केन्द्रले बनाएको हो ।६० प्रतिशत भन्दा बढि दलित समुदायको जनसंख्या रहेको यो पालिकामा शासन भने दलित समुदायले कहिल्यै गर्न पाएन ।“अहिलेसम्म राजनीतिक चेतना,शिक्षा र अन्य विभिन्न कारण राजनीतिको… पुरा पढौ

विज्ञापनको भर शिशु आहार ?

‘बच्चालाई घरको भोजनले मात्र पोषण तत्व नपुग्ने भएकाले बजारका विभिन्न तयारी खाना खुवाउनुपर्छ’ भनेर भ्रमपूर्ण विज्ञापन प्रचार गरिन्छ । त्यसको आधारमा अभिभावकहरुले घरमै बनाउन सकिने स्वस्थ र सस्तो खाना छोडेर बजारका महँगो र अस्वस्थकर खाना किनेर खुवाउने चलन बढेको छ ।केही महिनाअघि मैले भेट्दा हातमा पोट्याटो चिप्स बोकिरहेको चार वर्षीय एक बालकको तौल ३० केजी भएछ । १६–१७ केजी हुनु त सामान्य नै हो, ३० किलो त निकै बढी भयो । यसरी तौल बढ्यो भने १६–१७ वर्ष पुग्दा सय केजीभन्दा… पुरा पढौ