Feature News

कोरोना भाईरसको ओमिक्रोन भेरियन्ट BA.2 का कारण सामाजिक गतिविधिहरू रोक्न आवश्यक छैन: मुख्य सल्लाहकार शिगेरु ओमी

जापानको कोरोनाभाइरस सम्बन्धी मुख्य सल्लाहकारले हाल देखापरेको ओमिक्रोन भेरियन्ट BA.2 का लक्षणहरू अघिल्लो स्ट्रेनहरू भन्दा कम गम्भीर रहेकोले देशले अब सामाजिक गतिविधिहरू "पूर्ण रूपमा" रोक्न आवश्यक नरहेको बताएका छन ।मुख्य सल्लाहकार शिगेरु ओमीले जापानी संचारमाध्यम क्योदो न्यूजसँगको अन्तर्वार्ताका क्रममा जापानको कोरोनाभाइरसको अवस्था नयाँ चरणमा प्रवेश गरेकोले सरकारले अप्रिल २०२० मा देशमै पहिलो पटक कोभिड-१९ को कडा नियन्त्रणहरूमा ध्यान केन्द्रित गर्दै विभिन्न राज्यमा आपतकालिन घोषणा गरिएको जस्तो विद्यालय र डिपार्टमेन्ट स्टोरहरू बन्द गर्ने जस्ता उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका… पुरा पढौ

एमाले राप्रपा गठबन्धनको चुरो

एमाले र राप्रपा नेपाल गठबन्धनको विभिन्न बयानहरु आउन सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसहित पाँच दलीय सत्तारुढ गठबन्धन भएकोले सामान्यतया गठबन्धन भएको साधारण अर्थमा पनि लिन सकिन्छ । तर, यो गठबन्धनको अन्तरवस्तु भने नेपालको समसामयिक राजनीतिलाई अन्यत्र मोड्ने महत्वपूर्ण नाजायज प्रयास हो भन्ने नै लाग्छ । तलका बयानमार्फत् यसको चिरफार गर्ने कोशिस गरिने छ । पहिलो बयान : सरल बयानअनुसार एमाले राप्रपाको गठबन्धन आउँदो स्थानीय निर्वाचनमा दुबै पार्टीले आफ्नो अस्तित्व जोगाउनको लागि गरेको हो । सत्तारुढ दलको गठबन्धन बन्ने भएपछि… पुरा पढौ

जापानको एक नगरपालिकाले कोरोनाभाईरसको सहायता स्वरूप १ लाख दिदा ४ करोड ४६ लाख जम्मा !

पश्चिमी जापानको यामागुची प्रान्त अन्तरगत अबु नगरपालिका सरकारको गल्तीले ४६.३ मिलियन येन (लगभग $ ३६६,०००) रकम एक परिवारको बैंक खातामा कोरोनाभाइरस सहायता बापत जम्मा गरिदिएको छ ।कोरोना महामारीबाट प्रभावित कम आय भएका घरपरिवारहरूलाई आवास कर छुट बापत १ एकलाख रकम वितरण गर्ने योजना अन्तर्गत प्रदान गरिने रकम जम्मा गर्ने क्रममा भुलवस सो रकम जम्मा हुन पुगेको नगरपालिकाले जनाएको छ ।मार्च मसान्तसम्म अनुदानका लागि आवेदन दिएका ४६३ घरपरिवारको खातामा प्रत्येक १ लाख येन रकम स्थानान्तरण गर्ने व्यवस्था सो नगरपालिकाले अप्रिल ३… पुरा पढौ

जापानको जनसंख्यामा उल्लेखनीय गिरावट, एकै वर्षमा ६ लाख ४४ हजार संख्या घट्यो

जापानको जनसंख्याको रेकर्डमा हालसम्म कै सबैभन्दा ठूलो गिरावट आइ सन २०२० मा भन्दा सन २०२१ मा ६ लाख ४४ हजारले घटि जम्मा जनसंख्या १२५.५ मिलियन भएको छ ।कोरोनाभाइरस महामारीमा कडा सीमा नियन्त्रणको बीचमा विदेशी बासिन्दाहरूको आगमनमा भएको कमि, द्रुत रूपमा बढ्दै गएको बुढ्यौलीको संख्या र विवाहप्रतिको अनइच्छाका कारण जनसंख्यामा गिरावट आएको सरकारी तथ्याङ्कले देखाएको छ।गत अक्टोबर १ मा यहाँको जनसंख्या १२ करोड ५५ लाख २ हजार रहेकोमा त्यसयता ६ लाख ४४ हजार जनसंख्या कमी देखिएको हो । सन १९९५ देखि… पुरा पढौ

गोहोरो बलात्कारको आरोपमा चारजना पक्राउ 

काठमाडौँ — भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड गोहोरो माथि बलात्कारको घटना सार्वजनिक भएको छ । यो सिलसिलामा चार व्यक्तिविरुद्ध आशंकाको आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढिरहेको छ । यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । अधिकारीले मुद्दा दर्ता गरेपछि यी अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो । सह्याद्रि टाइगर रिजर्भ महाराष्ट्रका चार जिल्ला सतारा, सांगली, कोल्हापुर र रत्नागिरीमा फैलिएको… पुरा पढौ

अस्पतालमा भर्ना हुने गरि टोकियोमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

टोकियोमा नयाँ कोरोनाभाइरसबाट संक्रमित र अस्पतालमा भर्ना हुनेहरूको संख्या बिस्तारै बढ्दै गइ बिहिबारसम्म यो संख्या फेरि २ हजार नाघेको छ। टोकियोमा संक्रमितको संख्या बिहिबारसम्म लगातार ८ दिन बढ्दै गएको र १४ गते २००० नाघेर २०२७ पुगेको छ ।यो संख्या छैठौ लहरको उच्च विन्दु मध्यको आधा हो । छैठौं लहरको उच्च विन्दु हुदा झण्डै ४३०० मानिस अस्पतालमा भर्ना भएका थिए अहिले संख्या आधा नै रहेपनि संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ । टोकियो महानगर सरकारले कोरोना महामारीको अवस्था यथावत् नै रहेकोले… पुरा पढौ

एनआरएनए जापानको “एनआरएनए मेरो साथी” अन्तर्गत शनिबार ‘जापानमा नेपाली विद्यार्थीहरूप्रतिको बाहिरी हेराई र वास्तविक भोगाइ’ विषयक कार्यक्रम हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने सूचना र जानकारीमूलक रचनात्मक कार्यक्रम “एनआरएनए मेरो साथी” अन्तर्गत आगामी शनिवार अर्थात् अप्रिल १६ तारिक ‘जापानमा नेपाली विद्यार्थीहरूप्रतिको बाहिरी हेराई र वास्तविक भोगाइ’ विषयक भर्चुवल रूपमा अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ ।नेपालबाट जापानमा विद्यार्थी भिषामा आउनका लागि आकर्षक गन्तव्यको रूपमा रहेकोले लामो समयदेखि जापानमा आइ अध्ययनका शिलाशिलामा प्राप्त गरेका अनुभवहरूलाई र ज्ञानलाई साटासाट गरि आगामी पिंढीलाई जानकारी दिने ध्ययले सो कार्यक्रम गर्न लागिएको एनआरएनए जापानका सचिव श्याम… पुरा पढौ

आगलागीका कारण जेआर यामानोते लाइन सञ्चालनमा समस्या आइ निलम्बन

शिन-ओकुबो स्टेसन र ताकादानोबा स्टेसन बीचको लाइनमा आगलागी भएपछि बिहान ८ः४६ बजेदेखि यामानोटे लाइनलाई सबै भित्री र बाहिरी रेलवे लाइनमा सञ्चालनमा रोक लगाइएको जेआर पूर्वले जनाएको छ । टोकियो फायर डिपार्टमेन्टका अनुसार तीन तले अपार्टमेन्ट भवनको पहिलो तल्ला नजिकैबाट आगो निस्किरहेको छ र अहिलेसम्म कोही पनि घाइते नभएको र आगो निभाउने काम भइरहेको बताईएको छ । पुरा पढौ

आजदेखि नयाँवर्ष २०७९ सुरु 

आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत्… पुरा पढौ

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन 

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन्। अब… पुरा पढौ