Feature News

आगलागीका कारण जेआर यामानोते लाइन सञ्चालनमा समस्या आइ निलम्बन

शिन-ओकुबो स्टेसन र ताकादानोबा स्टेसन बीचको लाइनमा आगलागी भएपछि बिहान ८ः४६ बजेदेखि यामानोटे लाइनलाई सबै भित्री र बाहिरी रेलवे लाइनमा सञ्चालनमा रोक लगाइएको जेआर पूर्वले जनाएको छ । टोकियो फायर डिपार्टमेन्टका अनुसार तीन तले अपार्टमेन्ट भवनको पहिलो तल्ला नजिकैबाट आगो निस्किरहेको छ र अहिलेसम्म कोही पनि घाइते नभएको र आगो निभाउने काम भइरहेको बताईएको छ । पुरा पढौ

आजदेखि नयाँवर्ष २०७९ सुरु 

आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत्… पुरा पढौ

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन 

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन्। अब… पुरा पढौ

जापानमा रेलवे ट्र्याकमा खसेको पाँच सेकेन्ड भित्रमा चालकहरूलाई सूचित गर्ने सेन्सर प्रणाली विकास

पश्चिम जापान रेलवे कम्पनी (जेआर वेस्ट) ले स्टेशन प्लेटफर्मबाट अगाडिको ट्र्याकहरूमा कोहि खसेको पाँच सेकेन्ड भित्रमा रेल चालकहरूलाई सूचित गर्ने सेन्सर प्रणाली विकास गरेको छ।जेआर वेस्टले अप्रिल १३ मा घोषणा गरेको नयाँ प्रणालीले चालकले लडेको व्यक्तिलाई थाहा पाउन लाग्ने समयलाई उल्लेखनीय रूपमा घटाएर दुर्घटनाहरू रोक्ने लक्ष्य राखेर सो प्रणालीको विकास गरेको हो। यो प्रणाली जापानमा आफनै प्रकारको प्रणाली विकास गरेको पहिलो हो । यस सेन्सर प्रणालीलाई रेलवेले पश्चिमी जापानको केहान्सिन महानगरीय क्षेत्रका प्लेटफर्ममा आगामी जुन महिना देखि ढोका बिना स्टेशनहरूमा… पुरा पढौ

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक 

राष्ट्रिय जनमोर्चाले वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीका घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी अध्यक्ष चित्रबहादुर केसीले विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । त्यसक्रममा अध्यक्ष केसीले नेपालमा संघीय शासन प्रणाली छोटो समयमै असफल बनेको पुष्टि भएको दाबी गरे। उनले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेन्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताए । संघीयताका कारण नेपालमा आर्थिक बोझ थपिँदै गएकाले त्यसको खारेजी नै आफ्नो पार्टीले अघि सारेको… पुरा पढौ

संघीयता विरोधी केपी ओलीको प्रतिगामी यात्रा !

अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी गठबन्धनको नेतृत्व गर्दै स्थानीय चुनावी मोर्चा बनाएका छन्। नेपाली जनता ऐतिहासिक जनआन्दोलनमा होमिएर सडकमा रगत बगाइरहँदा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्दै टिप्पणी गर्ने ओलीले अहिले गणतन्त्रकै स्वाद चाख्दै परिवर्तनकारी शक्तिका विरुद्ध चुनावी मोर्चा तयार गरेका छन्।  एकातिर गणतन्त्रको स्वाद चाख्ने र अर्कोतिर गणतन्त्रविरोधी शक्तिसँग चुनावी गठबन्धन गर्दै जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुमाथि धावा बोल्ने ओली प्रवृत्ति हिजोका राजावादी, घोर दक्षिणपन्थी, प्रतिगामी र हिन्दू अतिवादी शक्तिहरुसँग प्रष्ट रुपमा विलय हुन पुगेको छ।… पुरा पढौ

परिचर्चामा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ युगको पदचाप’

काठमाडौं, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरुको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसार कै सार्थक पुस्तक रहेको समीक्षक तथा लेखकहरुबाट प्रतिक्रिया आएको छ । जनसाँस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरु बीच भएको ‘नयाँ युगको पदचाप ः पुस्तक परिचर्चा’का क्रममा उहाँहरुले नाम अनुसारका सामग्रीहरु किताबमा समेटेको उल्लेख गर्नुभएको छ ।  जनसाँस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मात्रिका पोखरेलले मान्छे अहिले मुलुकमा बनावटी कामलाई… पुरा पढौ

बहुआयामिक आयोजनाको पक्षमा ऊर्जामन्त्रीको बोल्ड निर्णय, अब के हुन्छ ?

देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित नयाँ निर्णय भएपछि यसले गति लिने विश्वास बढेको हो। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको यो आयोजना नेपालले नै बनाउने गरी मन्त्रिपरिषदबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्णय गराएकी हुन्। ऊर्जा क्षेत्रमा यो बोल्ड निर्णयको चर्चा भइरहेको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१४ मा… पुरा पढौ

कोभिड-१९ विरुद्दको खाने चक्की ‘शियोनोगी’ नामक औषधि गर्भवती महिलाहरूलाई दिन अस्विकार

जापानी फार्मास्युटिकल फर्म शिओनोगी एन्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्दको खाने चक्की गर्भवती महिलाहरूको लागि प्रयोग नगर्न सिफारिस गर्ने भएको छ ।सो खाने चक्की उत्पादन गरि मानवमा लागु गरिनु अघि गर्भाधान गरेका पशुमा गरिएको परीक्षणले भ्रूण असामान्य असर पारेको पत्ता लागेकोले गर्भवति महिलाका लागि प्रयोग नगर्ने सोच गरिरहेको कम्पनीले जनाएको जापानी संचारमाध्यम क्योदो न्यूजले उल्लेख गरेको छ ।ओसाकाको औषधि निर्माता कम्पनीले फेब्रुअरीमा स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयमा औषधिको स्वीकृतिको लागि आवेदन दिएको थियो तर मन्त्रालयले गर्भवती महिलाहरूलाई औषधि लिनबाट रोक्नको लागि… पुरा पढौ

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने 

काठमाडौं । काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गरेका थिए । गत वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको र यो वर्ष पनि दुई साताको हाराहारीमा आइपुग्ने अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । सुरुङभित्र ग्यालथुम र सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर मात्रै… पुरा पढौ