सकारात्मक सोचसहित सञ्चारकर्मदेखि समाजसेवामा लागेका बागलुङका सचिन आचार्यले एनआरएनए जापानको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेद्बारी घोषणा गरेका छन ।
लामो समयदेखि पत्रकारितामा सक्रिय सचिव पदका प्रत्यासी आचार्य हाल एनआरएनए जापानको केन्द्रीय सदस्यमा रहेर काम गरिरहेका छन ।
सञ्चारकर्मसंगै सामाजिक सेवामा क्रियाशील आचार्य बागलुङ समाज जापानका महासचिव समेत हुन ।विद्यार्थी भीषामा जापान आइ हाल कम्पनीमा कार्यरत उनले एक लक्ष्य एक साथ सामूहिकतामा सबको साथ भन्ने मान्यताका साथ सचिब पदमा रहेर ज़िम्मेवारी पुरा गर्न आफू सक्षम रहेकोले उम्मेद्बारी दिएको बताए ।
“संस्थामा पारदर्शिता र जवाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा संचालन गराउन मेरो भूमिका छ भन्ने विश्वासका साथ मैले सचिब पदमा उम्मेद्वारी दिएको हुँ ।”सचिव पदका प्रत्यासी आचार्यले भने- ‘संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म लागि पर्ने छु ।’
मैले नजानेको ग़द्दारी लुकिछिपी र असामाजिक हुन हो यति नजानेको मान्छे एनआरएनए हुन लायक छ होला विश्वस्त हुनुहोस आगामी एनआरएनएका हरेक कार्यक्रम र कार्य हरु पट्टयार लाग्दा हुने छैनन भन्ने विश्वास दिलाउदै आचार्यले आफूलाई अमूल्य मत दिनका लागि सामाजिक संजालमार्फत आग्रह गरेका छन ।