Feature News

विवादका कारण केही स्थानमा अवरुद्ध, २ बजेसम्म ४१ प्रतिशत मतदान 

बिहान सात बजेदेखि सुरू भएको पालिका चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ।  देशभर दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। पौडेलका अनुसार दोलखा, रामेछाप, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बझाङ र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।  यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको आयोगले जनाएको छ। पुरा पढौ

जापान प्रहरीको हिरासतमा मृत्यु भएका मगरको अन्त्येष्टि शनिबार नागोयामा गरिने

सोलुखोम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा बस्दै आएका ४१ वर्षका मृतक मनकुमार मगरको भोली अर्थात् शनिबार जापानको नागोयामा दाहसंस्कार गरिने भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति सदस्य सदस्य दिपक कार्कीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरि शनिबार लागि दाहसंस्कार गरिने जानकारी दिए । साथीलाई भेट्न जान लागेको अवस्थामा जापान प्रहरीले अप्रिल १५ तारिक बिहान १० बजेको समयमा प्रहरीको नियन्त्रणमा लिइ हिरासतमा रहँदा स्वासप्रस्वाश बन्द भएको जानकारी ४ दिनपछि मात्र प्राप्त… पुरा पढौ

मतदाता बोकेको जिप दुर्घटना, १४ को मृत्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।  ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जीप  पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएकाे छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले… पुरा पढौ

जापानी निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने 

जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको ‘स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो ।जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ । २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा… पुरा पढौ

शीर्ष नेताको मतदान कहाँबाट ? 

काठमाडौँ । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् । मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्नेछन् । सभामुख… पुरा पढौ

निर्वाचनमा निर्धक्कसँग मतदान  गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए । ‘बालिग मताधिकार तपाईँ हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा… पुरा पढौ

गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेद्वारा गठबन्धन दलका विरुद्ध गलत समाचार सम्प्रेषण गरेकोमा लिखित रूपमा माफी मागिन

वैशाख ३० अर्थात् भोलि हुने निर्वाचनको मौन अवधिमा आफूले निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरितको कार्य गरेर गल्ती गरेको र भन्दै गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले लिखित रूपमा माफ़ी मागेकी छन ।बुधबार राती करिब १० बजेको समयमा गलकोट नगरपालिका वार्ड नम्बर ८ को बिरकोट चालिसेटोला लगायतका ठाऊका मतदाताको घरघरमा पुगि रकम बांडेको आरोपमा प्रहरीले उम्मेदवार शर्मासहित उनको टिमका सदस्यलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।नियन्त्रणबाट बाहिर आएसंगै शर्माले कपोलकल्पित रूपमा आफ़नो पक्षमा जनलहर देखिएबाट गठबन्धन… पुरा पढौ

मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पैसा वितरण गर्ने क्रममा पक्राउ, प्रहरी भन्छ-उहाँलाई उद्धार गरिएको हो

जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन्। मुस्लिम आयोगका अध्यक्ष मियाँ अन्सारीलाई एमालेका कार्यकर्ताले घेराउ गरेका छन्। दुई दिनअघि जनकपुर आएका अन्सारीले सीताशरण टोलका मतदातालाई प्रभावित गर्न पैसा बाँडेको भन्दै एमाले कार्यकर्ताले हुलहुज्जत गरी उनी बसेका होटेल घेराउ गरेका थिए। एमालेका उम्मेदवार शिवशंकर साहका केही समर्थकले होटेल घेराउ गरी हुलहुज्जत गरेपछि प्रहरीले अन्सारीको उद्धार गरेको छ। उनी आज जनकपुरबाट ११ बजे काठमाडौं जाने कार्यक्रम भए पनि १० बजेदेखि नै होटेल घेराउ गरेका थिए। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक… पुरा पढौ

एकैदिन ३५ हजार २ सय २१ पदमा नेतृत्व परिवर्तन हुदै,१ लाख ४५ हजार ११ जनाले प्रतिस्पर्धा गर्दै

स्थानीय तहमा शुक्रबार एकसाथ निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको निम्ति ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरेर जम्मा ७५३ स्थानमा चुनाव हुन लागेको हो। स्थानीय निकायमा ७५३ मेयर तथा अध्यक्ष रहनेछन् भने ७५३ उपमेयर तथा उपाध्यक्ष रहनेछन्। स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष निर्वाचित हुनेछन। खुला सदस्यको संख्या १३ हजार ४ सय ८६ रहनेछ। महिला सदस्य र दलित महिला सदस्य ६ हजार ७ सय ४३ गरेर १३ हजार ४८६ जना रहनेछन्। यसमा जम्मा निर्वाचित हुने… पुरा पढौ

मतदातालाई रकम बाडेक़ो आरोपमा गलकोटकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा ६ घण्टासम्म प्रहरी नियन्त्रणमा

गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ । गलकोट नगरपालिका वडा नम्वर ८ को बिरकोटमा टोली गलकोट नगरपालिका ८ को काडेवासमा पुगेको ईलाका प्रहरी कार्यालयका कार्यालय गलकाेटका प्रमुख प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।  उनका अनुसार गए बुधवार राती करिब ९ बजेको समयमा स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेको नेतृत्वमा पैसा बाड्ने, भेला गर्ने तथा भोट माग्ने काम भएको सूचना… पुरा पढौ