अर्थतन्त्र

गुमनाम ‘लुकेको हीरा’ अर्थात ‘गुरिल्ला ट्रेकु‘

 पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो गुरिल्ला ट्रेक । गतसाल मध्यबर्खामा उहाँले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गर्नुभएको थियो । गत वर्षको साउनको दोस्रो साता पोखराबाट निस्कनुभएका उहाँले पर्वत, बागलुङ, पूर्वी रुकुम हुँदै भदौ आखिरीतिर रोल्पाको जेलवाङ पुगेर पदयात्रा बिट मार्नुभएको थियो । “बागलुङको बुर्तिबाङसम्म मोटरमा पुगेँ, त्यसपछि ढोरपाटन हुँदै पदयात्रा सुरु गरेको थिएँ”, २९ वर्षीय गुरुङले भन्नुभयो, “अरु पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको… पुरा पढौ

डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ । पुरा पढौ

चर्चामा आउँदै ओझेलका गन्तव्य, बढ्न थाले पर्यटक

पछिल्लो समय बागलुङमा नयाँ-नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो… पुरा पढौ

परम्परागत बालीको विकल्प बन्दै किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले… पुरा पढौ

देश चलाउनेलाई विकास, रोजगारी र समृद्धि कसरी भन्ने थाहा छ?

कुखुरा पाल्ने सामान्य व्यवसायीलाई यो व्यवसायबाट के, कति, कसरी नाफा गर्ने थाहा हुन्छ। कुखुरा पाल्ने खोर कस्तो र कसरी बनाउने? लागत कति पर्छ? कुखुराको चल्लाको भाउ कति छ? चल्ला हुर्काएर बेच्ने बेलासम्म दानाको खर्च कति हुन्छ? श्रम लगायत अन्य खर्च कति हुन्छ? बजारमा कुखुरा कति बक्रि हुन्छ? यि सबै सूचना आधारमा कुखुरा व्यवसायीले कसरी कुखुरा पाल्दा लगभग बर्षमा कति नाफा हुन्छ, हिसाब-किताब गर्न सक्छन्।नेपाल जस्तो विकासशील देशको राज्यको प्रमुख लक्ष्य विकास, रोजगारी र समृद्धि हो। राज्यको नेतृत्वदायी भूमिकामा रहेका हाम्रा… पुरा पढौ

अस्ट्रेलिया फर्किन नपाएपछि करोड लगानीमा खोले अत्याधुनिक ‘लन्ड्री’

केशव अर्याल दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। २०७६ फागुनमा डेढ महिनाको छुट्टी लिएर घर आइपुगे। अस्ट्रेलिया फर्किने दिन नजिकिँदै गर्दा विश्वभर कोरोना महामारी फैलन थाल्यो। विभिन्न देशले हवाई उडान रोके। नेपाल सरकारले पनि विमानस्थल बन्द गर्‍यो। त्यही अवधिमा केशवको बिदा सकियो तर अस्ट्रेलिया फर्किन सकेनन्। चौध महिनाको भिसा बाँकी छँदा नेपाल आएका उनको भिसा अवधि कोरोनाकालमै सकियो। त्यही समयमा उनले अत्याधुनिक लन्ड्री (कपडा धुने व्यवसाय) को योजना बनाएका थिए। यसको सल्लाह भने उनका बुबाले दिएका हुन्। 'बुबाको साथीले लामो समयदेखि धुलिखेलमा लन्ड्री चलाइरहनुभएको छ,' केशवले… पुरा पढौ

आन्तरिक पर्यटकले ढोरपाटनका होटेल भरिभराउ

दशैंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दशैं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्त्वपूर्ण मानिँदै आएको छ ।  दशैं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाइमापर्ने ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि पर्न थालेको हो । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै… पुरा पढौ

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो।  चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने… पुरा पढौ

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै  मुस्किल

बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ ।  आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरू पेसा रोजेका हुन् । “पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी,… पुरा पढौ

कालीगण्डकी किनारमाबालुवा चाल्ने मजदुरलाई आएन दशैँ !

गाउँ–शहरमा दशैँ छाइसकेको छ । धेरैलाई दशैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभाष छैन । दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । ‘यसपाली दशैँ यतै बित्ने भयो,’ कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भने, ‘पैसा नभइ दशैँ कसरी मनाउनु ।’ पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दशैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दशैँ कालीगण्डकी किनारमै बित्ने… पुरा पढौ