जापानमा कर्पोरेट दिवालियापन (टाट पल्टिने) को संख्या १० हजार नाघ्ने सम्भावना

-


     क्योदो न्यूज     
     मंसिर २४ गते २०८२


जनवरीदेखि नोभेम्बरसम्म जापानमा कर्पोरेट दिवालियापन (टाट पल्टिने)को संख्या ९,३७२ पुगेको छ। क्रेडिट अनुसन्धान कम्पनी टोकियो शोको रिसर्चका अनुसार यो दर हेर्दा २०२५ मा पनि लगातार दोस्रो वर्ष दिवालियापन १०,००० नाघ्ने सम्भावना देखिएको छ।

नोभेम्बर महिनामा १ करोड येन (झन्डै ६४,५०० डलर) वा सोभन्दा बढी दायित्व भएका दिवालियापन ७.५ प्रतिशतले घटेर ७७८ पुगेका छन्। तथ्यांक अनुसार साना व्यवसायहरू बढ्दो महँगाइ र श्रमिक अभावका कारण विशेष रूपमा प्रभावित भएका छन्।

नोभेम्बरमा कुल दायित्व ४८.६ प्रतिशतले घटेर ८२.४ अर्ब येनमा झरेको छ, किनकि ५० करोड येन वा सोभन्दा बढी दायित्वसहितका दिवालियापनहरू करिब आधाजति कम भएका थिए।

उद्योगगत विवरणमा सेवा क्षेत्र सबैभन्दा प्रभावित रहाे, महिनाभरमा २५० कम्पनी दिवालिया भए पनि यो संख्या गत वर्षको सोही अवधिभन्दा १७.८ प्रतिशत कम हो।

यसैबीच, जनवरी–नोभेम्बर अवधिमा मुद्रास्फीति दबाबका कारण ७०० कम्पनी दिवालिया भएका छन्, जुन अघिल्लो वर्षभन्दा ७.४ प्रतिशत बढी हो। येनको कमजोर मूल्यका कारण खाद्यान्न तथा ऊर्जा लागत बढ्दै गएपछि व्यवसायहरू थप दबाबमा परेको अनुसन्धानमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?