अर्थतन्त्र

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै  मुस्किल

बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ ।  आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरू पेसा रोजेका हुन् । “पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी,… पुरा पढौ

कालीगण्डकी किनारमाबालुवा चाल्ने मजदुरलाई आएन दशैँ !

गाउँ–शहरमा दशैँ छाइसकेको छ । धेरैलाई दशैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभाष छैन । दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । ‘यसपाली दशैँ यतै बित्ने भयो,’ कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भने, ‘पैसा नभइ दशैँ कसरी मनाउनु ।’ पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दशैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दशैँ कालीगण्डकी किनारमै बित्ने… पुरा पढौ

चेकजाँचमा झन्झटिलो प्रक्रिया हुने सामान नल्याउन मात्र भनेको विमानस्थल कार्यालयको स्पष्टोक्ति

काठमाडौं विमानस्थल कार्यालयले यसअघि सार्वजनिक भएको सूचना संशोधन गर्दै सम्भव भएसम्म चेकजाँचमा झन्झटिलो प्रक्रिया हुने सामान नल्याउन भनेको बताएको छ । एक सूचना प्रकाशित गर्दै भनेको छ, “विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत् आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, हेयर ड्रयाएर, मिक्सर, पानी तान्ने मेसिन ल्याउन तथा पठाउन नपाउने होइन, उल्लेखित सामानको चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा भएकाले सम्भव भएसम्म नल्याउन भनिएको हो ।” यस्तो… पुरा पढौ

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउछन । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो । विसं… पुरा पढौ

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत हुने विश्व बैङ्कको अनुमान

विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ ।  विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।  यस वर्ष न्यून आर्थिक वृद्धिदर ९१।९ प्रतिशत०, बढ्दो… पुरा पढौ

बागलुङको पर्यटकीय क्षेत्र निसेलढोर सूचना प्रविधिको पहुँच भन्दा टाढा

बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको घटना पनि स्थानीय केही दिनपछि मात्रै थाहा पाउँछन् । प्राकृतिकरुपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक आउने गर्छन् । नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने निसेलढोरमा टेलिफोन, इन्टरनेट तथा अन्य प्रविधि पुगेको छैन । यसका कारण यहाँका सयौँ नागरिकले टाढा–टाढाको सूचना थाहा पाउन सक्दैनन् ।… पुरा पढौ

दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकियो

काठमाडौं। दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकिएको छ। यात्रुले अग्रिम बुकिङ गरेकाले सस्तो टिकट सकिएको हो। कात्तिक पहिलो साताका लागि टिकटमा कम मूल्यको भाडादर नै उपलब्ध नरहेको व्यवसायीले जनाएका छन्। आन्तरिक उडान सेवा दिँदै आएका बुद्ध, यती, श्री, सौर्य लगायत विभिन्न वायुसेवा कम्पनीले दसैंका लागि धमाधम टिकटको अग्रिम बुकिङ सुरु भएको जनाएका छन्।  एटीआर-७२ सिरिजका १६ वटा जहाजमार्फत बुद्धले दैनिक ७६ वटा उडान गर्दै आएको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैंका लागि सस्तो टिकट सहजै पाउने अवस्था… पुरा पढौ

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर,डिजिटल अर्थतन्त्रमा सहकार्य गरिने

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डलले आज (सोमबार) उक्त समझदारी पत्रमा हस्ताक्षर गरेको छ। विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।   जसअनुसार नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘वैदेशिक रोजगार कर्जा’ उपलब्ध गराउने तयारीमा सरकार

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वैदेशिक रोजगार कर्जा उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्जाका लागि बैंक तथा वित्तीय वा सामाजिक सुरक्षा कोषलाई विकल्पका रूपमा लिएको छ । न्यूनवर्गीय युवालाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कठिन हुने कारण सहकारी तथा व्यक्तिबाट नै चर्को ब्याज लिन बाध्य छन् । जसको कारण अधिकांश वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजीको फन्दामा पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो कर्जाको तयारी गरेको हो ।  न्यून तथा मध्यमवर्गीय युवाहरूको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक… पुरा पढौ

आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्य आवश्यक छ।-चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।  हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।  जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज… पुरा पढौ