दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकियो

-


     जनहित न्युज    
     असाेज ११ गते २०८०


काठमाडौं। दसैंका लागि आन्तरिक हवाइ कम्पनीको सस्तो टिकट सकिएको छ। यात्रुले अग्रिम बुकिङ गरेकाले सस्तो टिकट सकिएको हो।

कात्तिक पहिलो साताका लागि टिकटमा कम मूल्यको भाडादर नै उपलब्ध नरहेको व्यवसायीले जनाएका छन्। आन्तरिक उडान सेवा दिँदै आएका बुद्ध, यती, श्री, सौर्य लगायत विभिन्न वायुसेवा कम्पनीले दसैंका लागि धमाधम टिकटको अग्रिम बुकिङ सुरु भएको जनाएका छन्। 

एटीआर-७२ सिरिजका १६ वटा जहाजमार्फत बुद्धले दैनिक ७६ वटा उडान गर्दै आएको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैंका लागि सस्तो टिकट सहजै पाउने अवस्था नरहेको बताए। उनले टिकटको माग धेरै रहेकाले केही स्थानमा उडान संख्या थप्ने तयारी रहेको जानकारी दिए। उनका अनुसार तुम्लिङटार र सुर्खेत उडान थप्ने तयारी छ।

‘यो समय काठमाडौंबाट बाहिरिनेको माग धेरै हुन्छ। अनि कतिपय यात्रुले अग्रिम टिकट लिइसक्नुभएको छ। सहुलियत दरको टिकट कम हुँदै गएको छ। तुम्लिङटार र सुर्खेतको माग धेरै छ। आवश्यक अनुसार उडान थप्नेछौं,’ कर्णले बिजमाण्डूसँग भने।

उनका अनुसार हाल कम्पनीले प्रत्येक गन्तव्यमा आधा दर्जन उडान गर्दै आएको छ। 

पाँचवटा जहाजमार्फत दैनिक २४ वटा उडान गर्दै आएको यती एयरलाइन्सले पनि टिकट बुकिङ सुरु भइसकेको बताएको छ। यात्रुको मागअनुसार उडान संख्या बिस्तार गर्ने योजना रहेको एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुुदर्शन बर्तौलाले बताए। 

‘दसैंका लागि टिकट बुकिङ खुला भइसकेको छ। सहुलियतको टिकट सकिसकेको छ। मध्यमस्तरको टिकट बाँकी छ,’ प्रवक्ता बर्तौलाले भने।

सीआरजे-२०० सिरिजका दुईवटा जहाजमार्फत दैनिक चारवटा उडान सेवा दिंदै आएको सौर्य एयरलाइन्सले दसैंका लागि टिकट बुकिङ खुला गरेको जनाएको छ। 

कम्पनीले यात्रुको मागलाई मध्यनजर गर्दै आउँदो अक्टोबरबाट दुईवटा उडान थप्न लागेको बजार प्रमुख मुकेश खनालले जानकारी दिए। सौर्यले हाल दैनिक ४ वटा उडान गर्दै आएको छ। खनालले यो समयमा सामान्य अवस्थाको तुलनामा भाडादर महँगो हुने बताउँदै भने,’सस्तो टिकट लगभग सकिएको छ। दसैंको पिक समयमा एकतर्फी लोड हुने भएका कारण भाडादर महँगो हुन्छ।’ दसैंको समयमा विराटनगर र भद्रपुर उडान गर्ने उनले जानकारी दिए। 

बुद्ध, यती, श्री, सौर्य, सीता, तारा, समिट लगायतले आन्तरिक उडान गर्दै आएका छन्। आन्तरिक उडानका यात्रुसँगै विदेशी पर्यटकको चहलपहल बढ्दा अहिले त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ दैनिक ४ सय ९० वटा हाराहारी उडान-अवतरण हुँदै आएको छ। 

कात्तिक ४ देखि ७ गतेसम्म कुन गन्तव्यको भाडा कति?

उडान गन्तव्यकात्तिक १ गतेकात्तिक २ गतेकात्तिक ३ गतेकात्तिक ४ गतेकात्तिक ५ गतेकात्तिक ६ गतेकात्तिक ७ गतेअहिलेको भाडादर
काठमाडौं-भैरहवा६,२००६,९०१७,०००७,०००६,६००५,८००५,८००५,२००
काठमाडौं-भद्रपुर७,९००८,९००१०,१००१०,१००८,९००८,००१७,०००६,३९५
काठमाडौं-धनगढी११,००१११,००११३,५०११३,५०१११,००१११,००१११,००१७,९००
काठमाडौं-नेपालगञ्ज८,५००८,५००९,५००१०,५००९,००१६,७००६,७००६,६००
काठमाडौं-भरतपुर४,७३९४,७३९४,७३९४,७३९४,७३९४,७३९४,७३९४,७३९
काठमाडौं-तुम्लिङटार७,३००
काठमाडौं-सुर्खेत१४,१६८१४,१६८१४,१६८१,४१८१४,१६८१४,१६८१४,१६८८,५००
काठमाडौं-विराटनगर७,२००७,९००८,४०१८,४००७,९००६,०००६,०००५,६९६
काठमाडौं-पोखरा४,४००४,४००४,४००४,४००४,४००४,४००४,४००४,४००
काठमाडौं-जनकपुर४,९००४,७७१४,९००४,९००४,९००४,५००४,५००४,३००

चाडबाडका लागि नयाँ तालिका लागू हुने नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘आन्तरिक उडान सेवा दिंदै आएका वायुसेवा कम्पनीको तालिका तीन-तीन महिनामा परिवर्तन हुँदै आएको छ। पर्यटकीय सिजन र चाडबाडमा यात्रु चाप हुने भएका कारण वायुसेवा कम्पनीले उडान संख्या बिस्तार गर्दै आएका छन्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?