अर्थतन्त्र

पहिलो याममा १० नाउर र ५ झारलको सिकार

गलकोट - यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार… पुरा पढौ

डलरको मूल्य आज पनि बढ्यो, येन र युरो भने घट्यो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिंगेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ। यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रूपैयाँ ०७ पैसा कायम भएको छ। युरोपियन… पुरा पढौ

यस्तो छ आजकाे विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर… पुरा पढौ

उजाडिएको गाउँमा जापानबाट फर्केर बाख्रापालन

बागलुङको काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घरधुरी थिए । बसाइँसराईका कारण यहाँका ३५ घरमामात्रै मानिस बसोबास गर्दै आएका छन् । अन्य घर खण्डहर जस्तै बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँसराई गरेर चितवन पुगेका छन् । गाउँमा खेतीयोग्य जमिन बाँझो बनेपछि यहाँका एक युवा १४ वर्षको जापान बसाई त्यागेर गाउँमै वृहत्तर रुपमा बाख्रापलन गर्न थाल्नुभएको छ । बाँझो जग्गाको सदुपयोग गर्दै ठूलो परिणाममा बाख्रा पालन थालिएको छ । सन् २००९… पुरा पढौ

दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

गण्डकी –कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ। त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ। उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ। सहकारीका सचिव पदम नेपालीका अनुसार गाउँमा उत्पादित दूध घाचोकमा रहेका दुईवटा सङ्कलन केन्द्रमार्फत बजार पठाउने गरिएको छ। “सुरूमा ६० लिटरबाट सुरू गरिएकामा अहिले दैनिक आठ सय लिटर दूध बजार पुग्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक गाईभैँसी… पुरा पढौ

विदेशी मुद्राको विनिमय दर : आज कुन बढ्यो, कुन घट्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय… पुरा पढौ

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे । ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी… पुरा पढौ

रवि लामिछानेले सहकारीलाई ब्याज भुक्तानी गर्न काटिएका तीन दर्जन चेक फेला

काठमाडौँ – गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीसँगको कारोबारमा कुनै जानकारी नभएको दाबी गर्दै आएका भए पनि उनले चेकमार्फत ब्याज तिरेको प्रमाण फेला परेको छ। सहकारी बचत अपचलनसम्बन्धी छानबिनमा जुटेको संसदीय विशेष समितिले औंल्याएकोभन्दा थप प्रमाण प्रहरीले पत्ता लगाएपछि अदालतले लामिछानेलाई थुनामा राख्ने म्याद निरन्तर बढाउँदै आएको छ। सहकारी ठगीसम्बन्धी समाचार सार्वजनिक भएपछि गृहमन्त्री बनेका लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित गर्न खोजेको आरोप लागेको थियो। तर संसद्मा निरन्तर उठेका आवाजका कारण बनेको विशेष… पुरा पढौ

धरहरा चढ्नलाई पैसा तिर्नुपर्ने, कति त छ शुल्क?

काठमाडौ – आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। परीक्षणका क्रममा निःशुल्क प्रवेश गरिएको धरहरामा अब स्वदेशी र विदेशी पर्यटकका लागि फरक शुल्क तोकिएको छ। स्वदेशी नागरिकले धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ तिर्नुपर्नेछ। सार्क राष्ट्रका पर्यटकले ५०० रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले १००० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था शहरी विकास मन्त्रालयले गरेको छ। यो व्यवस्था बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूका लागि शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। धरहरा परिसरमा पार्किङ शुल्क… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ८६ र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४२ पैसा कायम गरिएको… पुरा पढौ