अर्थतन्त्र

नेपाल एयरलाइन्सले जापानसहित विभिन्न देशका लागि घटायो हवाई भाडा

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको… पुरा पढौ

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

-राम थापाकास्की । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा… पुरा पढौ

दुई महीनामा वैदेशिक रोजगारीमा एक लाख १७ हजार विदेशिए, दुई खर्ब ६३ अर्ब रेमिटेन्स भित्रियो

नेपालको अर्थतन्त्र रेमिटेन्सले धानेको विषय अब नयाँ रहेन। नेपाली युवाले वैदेशिक रोजगारीबाट कमाएको धनले नेपालको वैदेशिक मुद्राको सञ्चिति थेगेको मात्रै छैन, आन्तरिक माग बढाएर अर्थतन्त्र चलायमान बनाउन पनि मद्दत पुगेको छ।युवा जनशक्तिको वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै नेपाल भित्रिने रेमिटेन्स रकममा पनि उल्लेख्य वृद्धि भइरहेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महीना अर्थात् साउन र भदौमा नेपालमा रु. दुई खर्ब ६३ अर्ब रेमिटेन्स भित्रिएको… पुरा पढौ

कलिला छोराछोरी छाडेर श्रम गर्न विदेसिँदै आमाहरू

दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, 'घर चलाउन, घरै छाड्नुपर्‍यो ।' घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो ।  कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्‌को कमाइले परिवार चलाउन सकेनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन… पुरा पढौ

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।” घरमा सुरक्षा… पुरा पढौ

बागलुङमा अकबरे खुर्सानी बेचेर ६ महिनामा १० लाख कमाइ

ढोरपाटन। बागलुङको गलकोट नगरपालिका-२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लारेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका थिए । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् ।… पुरा पढौ

च्यांग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

पोहोरभन्दा यसपालि १० हजार भन्दा ब‍ढी सस्तोमा पाइन्छ च्यांग्रा उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले बताए। मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आएका उनको साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा बेच्न लुम्ले पुगेका हुन्। च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ। लामाले दसैँमा च्यांग्रा बेच्न यो मार्गमा… पुरा पढौ

सहकारीको करोडौं बचत रकम ठगेका देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

बाग्लुङ- इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली थुनामा गएका छन् । बागलुङ जिल्ला अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । आइतबारदेखि जारी बयान सकिएपछि मंगलबार भएको सुनुवाइका क्रममा फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई थुनामा पठाउने आदेश भएको हो । इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले  एक… पुरा पढौ

सहकारी ठगीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको छ ।भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार ल्याइएको थियो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जानकारी दिएको छ । प्रहरीले नेपालीका दाजु ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ ।नेपाली फरार भएपछि २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी… पुरा पढौ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ

सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । नेपालीलाई शुक्रबार नेपाल प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाली दिल्ली रहेको सूचना भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको हो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन… पुरा पढौ