अर्थतन्त्र

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बाटो खुला, एनआरएनए र एचआईडीसीएलबीच हाईड्रोमा लगानी गर्ने सम्झौता

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको छ ।लगानी सम्मेलनका अवसरमा सोमबार ऊर्जामन्त्री शक्ति बस्नेतको रोहबरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुबीच सम्झौता भएको हो । यसमा कतार, यूएई, बहराइन, जापान, ओमन, मलेसिया,साउदी अरव,कुवेत र इराकका एनसीसीहरुको संलग्नता रहेको छ ।जसअनुसार… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला झन्डै १ लाख ४० हजार

काठमाडौं, ४ बैशाख । सुनको भाउले १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत ३० गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १… पुरा पढौ

फुकुओका शहरमा आयोजित एक दिने नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न

फुकुओका शहरमा आयोजित एक दिने नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न भएको छ ।गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितीको आयोजनामा भएको फेस्टिवल भव्य रुपमा सफलताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओकाको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन… पुरा पढौ

२३ औँ महिना पनि घट्यो जापानमा वास्तविक तलब

टोकियो । जापानमा वास्तविक तलब घट्ने क्रम रोकिने कुनै सङ्केत छैन । महँगीसँग समायोजन गरेपछिको वास्तविक तलब लगातार २३ औँ महिना पनि घटेको छ ।  श्रम मन्त्रालयले सोमबार जारी गरेको तथ्याङ्कका अनुसार एक वर्ष अघिको तुलनामा फेब्रुअरीमा वास्तविक तलब १ दशमलव ३ प्रतिशतले घटेको छ । जनवरीमा तलब १ दशमलव १ प्रतिशतले घटेको संशोधित तथ्याङ्कले देखाएको थियो । महँगीसँग समायोजन नगर्दा भने तलब वार्षिक १ दशमलव ८ प्रतिशतले बढेको छ । बोनससमेतको विशेष भुक्तानी पनि गएको वर्षको सोही अवधिको तुलनामा साढे… पुरा पढौ

जापान रोजगारी : दूतावासले भिसा जारी गरिसकेपछि कामदारलाई गराइन्छ फेल !

नयाँ प्रणालीमा जाने तयारीमा वैदेशिक रोजगार विभाग काठमाडौँ । धादिङका एक युवाले प्रशिक्षार्थी कामदारका रुपमा जापान जाने योजना बनाए । सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाएका उनको जापानबाट योग्यताको प्रमाणपत्र (सीओई) आएर जापानी दूतावासले भिसा पनि जारी गर्‍यो । तर, सीओई आउनुका साथै भिसासमेत प्राप्त गरे पनि उनी हालसम्म जापान उड्न पाएका छैनन् । नेपाल सरकारको अपरिपक्व नीति र भाषा परीक्षाका नाममा हुने बेथितिका कारण जापान उड्ने आफ्नो योजनामा ‘ब्रेक’ लागेको उनको बुझाइ छ । जापानी पक्षले कामदार ‘अप्रुभ’ गरिसके पनि… पुरा पढौ

टोकियोमा ‘जिएमटी एप’ सार्वजनिक

टोकियो - जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ । आइतबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच उक्त एप सार्बजनिक गरिएको हो । विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सूचना, सञ्चार, वेभ तथा ग्राफिक्स डिजाइन-प्रिन्टिङका साथै आइटी सेक्टरका अन्य आधारभूत सेवा प्रवाह गर्दै आईरहेको जिएमटी कम्पनीले सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो सेवा सर्बसुलभ तरिकाले प्रवाह गर्न उक्त एप ल्याईएको जनाएको छ । सन् १९९९ देखि नेपाली समाचार पत्रिका र सन् २००६ देखि समुद्रपारि डट कम मार्फत… पुरा पढौ

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे… पुरा पढौ

“राष्ट्रिय ध्वजाबहाक जहाजको भाडादर समायोजन गरिने छ ।“ कार्यकारी अध्यक्ष अधिकारी

प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरि व्यावसायिक सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बताएका छन्।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा भएको अन्तरक्रिया सहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडादर महँगो नहुने गरि समायोजन लगायतका सुधारका कार्य गरिन लागेको बताएका हुन्।"राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक… पुरा पढौ

फेरियो ढोरपाटन, अब गोठमा बस्नु पर्दैन पर्यटक

ढोरपाटन (बागलुङ), १७ माघ एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको… पुरा पढौ

सडकले मुहार फेरेको निसी गाउँ

मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ। गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ। ढोरपाटन (बागलुङ)- छेउमै कलकल बग्ने निसीखोला। माथिपट्टि अग्ला भिर पहरा। बीच भाग हुँदै रुकुम जोडिएको मध्य पहाडी लोकमार्ग। आडमै छ निसी गाउँ। स–साना ढुंगामाटोले बनेका कलात्मक घर। बाक्लो मगर बस्ती। बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ। अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ। गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन्।… पुरा पढौ