नेपाली राजदूतावास, जापानको पहल र जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा जापानको राजधानी टोकियोमा जापान-नेपाल विकास मञ्च ( Japan-Nepal Development Forum) को स्थापना भएको छ ।नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण एवं नेपाल र जापानको व्यापार प्रबर्द्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो । सोमबार गठन गरिएको उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री श्री मोतोयुकी…
पुरा पढौ