अर्थतन्त्र

आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइँदै, असार १५ अर्थात् दही चिउरा खाने पर्व पनि

आज धान दिवस। वि सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत… पुरा पढौ

प्रतिनिधि सभाको बैठकमा संसदीय इतिहासमा पहिलो पटक मतदानबाट आगामी आर्थिक वर्षको बजेट पारित

सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । बजेटको पक्षमा १४७ मत पर्यो भने विपक्षमा १०८ मत मात्रै पर्यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको हो । संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको… पुरा पढौ

विश्वव्यापी लोकतान्त्रिक र निरंकुश अर्थतन्त्रको युद्धको मारले गम्भीर आर्थिक विघटन निम्त्याइ रहेको जापानको चेतावनी

जापान सरकारले मंगलबार एक श्वेतपत्र जारी गर्दै विश्वव्यापी अर्थतन्त्रले प्रजातान्त्रिक र निरंकुश राज्यहरू संयुक्त राज्य अमेरिका-चीनको टेक्नोलोजी युद्धका पछाडि "विभाजनको संकट" सामना गरिरहेकोले गम्भीर आर्थिक विघटन निम्त्याइ दुबै पक्षलाई धक्का दिने चेतावनी दिएको छ।सरकारले नियममा आधारित व्यापार व्यवस्थाको पुनर्निर्माण, लचिलो आपूर्ति शृङ्खलाहरू विकास गर्ने र विश्वव्यापी अर्थतन्त्रमा विश्वास पुनर्स्थापित गर्न सामूहिक रूपमा ग्लोबल साउथ भनिने विकासशील र उदीयमान देशहरूसँगको सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।विश्व अहिले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा,चीन र रुसको नेतृत्वमा पूर्व र तटस्थ राष्ट्रहरूका रूपमा… पुरा पढौ

अर्बपति व्यापारी अलिबाबाका संस्थापक ज्याक मा नेपालमा

काठमाडौं । विश्वकै चर्चित उद्यमी एवं चिनियाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् । बंगलादेशको ढाकाबाट चार्टर जहाज लिएर मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ज्याकसँग अन्य ६ जना पनि छन्। विमानस्थलबाटै उनले १५ दिनको पर्यटक भिसा लिएका छन् । ज्याक मासँगै ६ जना पुरुष र एक महिला गरी सातजना आएका उनले बताए ।सम्बद्ध स्रोतका अनुसार ज्याक र उनको सात सदस्यीय टोली काठमाडौं रहँदा बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्ने छ।  ‘ज्याक मा र उनको सात सदस्यीय… पुरा पढौ

सहकारीको ऋण नतिर्नेहरु को को हुन् ?

मुलुकले वित्तीय संकट व्यहोरीरहेको छ । वित्तीय अवस्था दिन प्रतिदिन असहज हुदै गएको छ । व्यवसाय चल्न गाह्रो भएपछि साना व्यवसायीहरु आफ्नो व्यवसाय छोड्नेको सख्या बढ्दो छ । ​​वित्तीय क्षेत्रमा देखिएको संकटको असर यतिबेला सहकारी क्षेत्रमा अलि बढी देखिएको छ । सहकारीमा एकथरी सदस्यहरुले वचत गरेका छन् । अर्का थरी सदस्यहरुले ऋण लिएका छन् । देशभरका कतिपय सहकारीका सञ्चालकहरु वचत फिर्ता गर्न नसकेका कारण सम्पर्क विहिन भएपछि वचत गरेका शेयर सदस्यहरु यतिबेला सहकारीबाट पैसा निकाल्न बढी गएका छन् । सहकारीमा… पुरा पढौ

२० वर्षपछि पहिलो पटक जापानले जुलाई २०२४ मा नयाँ नोट जारी गर्ने

जापानले २००४ पछिको पहिलो पटक आगामी वर्षको जुलाईमा नयाँ बैंक नोट जारी गर्ने भएको छ ।"जापानी पुँजीवादका पिता" भनेर चिनिने इइची शिबुसावाको १०,००० येन, ५,००० येनको नोटमा महिलाको उच्च शिक्षाको अग्रगामी शिक्षाविद् उमेको सुदा, र १,००० येनको नोटमा तितानसको सीरम थेरापी विकास गर्ने माइक्रोबायोलोजिस्ट शिबासाबुरो कितासातोको तस्वीर अंकित नयाँ नोटजारी गर्न लागिएको सरकारी अधिकारीले जनाएका छन ।तीनवटा बैंकनोटको पछाडिको भागमा क्रमशः टोकियो स्टेसन भवन, विस्टेरिया र माउन्ट फुजीमा ukiyo-e कलाकार कात्सुशिका होकुसाईले बनाएको कामको तस्विर राखिने छ । जालीनोट रोक्नका… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई करिब पाँच अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।  कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट ८४ हजार ६७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् ।  औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता… पुरा पढौ

लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

गल्याङ । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ । गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन् । भारतीय नागरिकका लागि पोखरा, कुस्मा र मुक्तिनाथ जान सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो… पुरा पढौ

कर छलीमा दोषी ठहर महत, ढकाल र शर्मालाई तोकियो नौ वर्ष कैद

विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । विषेश अदालतले कर फर्छ्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेश ढकाल र चुडामणि शर्माको सजाय निर्धारण गरेको छ। महतलाई ९ वर्ष १ महिना कैद सजाय तोकिएको छ। त्यस्तै, सदस्यद्वय ढकाल र शर्मालाई ९ वर्ष कैद तोकिएको हो। त्यस्तै तीनै जनालाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार बिगो माग गरिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना… पुरा पढौ

सहकारीका भगौडाहरुलाई कार्वाही कहिले ?​

सहकारी सदस्य केन्द्रीत व्यवसाय हो । सदस्यहरुको सहभागिता र नियन्त्रणमा सञ्चालन हुने यो व्यवसाय आम विपन्न वर्गका जनताको आर्थिक अवस्थामा सुधार ल्याउने महत्वपूणर् माध्यम पनि हो । संसारका धेरै मुलुक सहकारीका माध्यमबाट सम्पन्न बनिसकेका छन् । सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गरेका देशहरुको कायापलट नै भएको छ । ​​नेपालको सन्दर्भमा पनि सहकारीहरुले धेरै मानिसहरुलाई व्यवसायिक बनाइदिएका छन् । सहकारीका माध्यमबाट आयआर्जन गर्नेहरु धेरै छन् । वास्तवमा नेपालको सहकारी अभियान र राज्यले सहकारीमार्फत जनताको जीवन परिवर्तनमा गरेको योगदानको अभिलेख ल्याउनै सकेनन् ।… पुरा पढौ