अर्थतन्त्र

‘समृद्धि’

हामीकहाँ नेपाली नेता देखी आम नागरिकको मुखार बिन्दमा झुण्डीएको शब्द हो समृद्धि । समृद्धि शब्दावलीको प्रयोग पनि असाध्यै धेरै भइरहेको छ । यो ल्याटिन भाषाको ‘प्रस्पिरस’बाट उत्पत्ति भएको हो । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जानेक्रमको लामो प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । विकास र समृद्धि परिपूरक पदावलीहरू हुन् । यद्यपि यिनीहरू बीचको सारभूत अर्थ धेरै भिन्न रहेको छ । कुनै पनि खास मानव समाजमा सबैखाले वा समानुपातिक… पुरा पढौ

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट- गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन्। एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे। कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन्। कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे। बस्नेतले आठ वर्षको जापान बसाई टुंगाएर गलकोट नगरपालिका-९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन्। बस्नेतले गल्याङमा झन्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै… पुरा पढौ

कंक्रिटको सहर बन्दै अन्नको भण्डार गलकोट

२०४५ सालसम्म उत्पादितमध्ये आधाभन्दा बढी कृषि फसल निकासी गर्ने गलकोट अहिले खाद्यान्नमै परनिर्भर छ सुविधाको खोजीमा बसाइँसराइ बढ्दा उब्जाउ हुने फाँटमै धमाधम घर ठड्याउने प्रतिस्पर्धा बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका बाबु गलकोटे राजाको दरबारमा काम गर्थे । केसी पनि बाबुसँगै दरबार जान्थे । त्यस क्रममा गलकोट फाँटमा वर्षमा ३ बाली झुलेको देखेका थिए केसीले । हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित ८२ वर्षीय केसी अहिले उक्त फाँट घरैघरले भरिन लागेकोमा चिन्तित छन् । ‘पछिल्ला ५० वर्षमा गलकोटको अन्नभण्डार मासिँदै गएको छ,’ उनले भने, ‘बेसाहा… पुरा पढौ

११ महिनामा १९ करोड भन्दाबढीको तास आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ । तास आयातबाट सरकारले १२ करोड २२ लाख ८६ हजारको राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ६६ लाख ६४ हजार रुपैयाँले तास आयात घटेको हो । गत वर्ष सोही समयमा २० करोड ५६ लाख २१ हजार तास आयात भएको थियो । कुन देशबाट कति तास… पुरा पढौ

अब असोजसम्म गुड्दैनन् ग्रामीण सडकमा गाडी

अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन्। तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन्। पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नं ६ को नर्जाखानी, पात्ले र भित्रीवन तथा वडा नं ५ को खुङ्खानी र थास्पुरी, वडा नं १ को स्याउला र पहिरागाउँ लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन्। कार्तिकसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि सडक सञ्चालनमा… पुरा पढौ

हेटौंडामा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात, नेपालमा बिक्रि गर्न कानुनी जटिलता

फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गरेका हुन् ।जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो । यहाँबाट उत्पादित मेसिन जापान निर्यात भइरहेको छ । कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ । विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण… पुरा पढौ

जापानमा जग्गाको मूल्य लगातार दोस्रो वर्ष पनि बढ्यो, जापानमै सबैभन्दा महँगो जग्गा टोकियोको गिन्जा सपिङ सेण्टर र चुओ-दोरी वरिपरि

जापानमा जग्गाको मूल्य एक वर्ष अघिको तुलनामा औसतमा १.५ प्रतिशतले बढेको जुलाई ३ मा जारी गरिएको सरकारी तथ्याङ्कले देखाएको छ ।कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा सुधार आएसँगै जग्गाको मूल्य बढ्दै गएपछि सहरबाट अन्य ग्रामीण क्षेत्रमा जान थालेसंगै जग्गाको मूल्यमा वृद्धि भएको हो ।देशव्यापी रूपमा २०२० सम्म लगातार पाँच वर्षसम्म बढेको जग्गाको मूल्य कोभिड-१९ को महामारीका कारण २०२१ मा ०.५ प्रतिशतले घटेको थियो।२०२२ मा आउदा औसत ०.५ प्रतिशत बृद्धिको साथ रिबाउन्ड भएको कारोबारसहितको मूल्य यस वर्षको वृद्धि दर यो भन्दा बढी छ।जापानका… पुरा पढौ

पेट्रोलमा ७.५, डिजेलमा ६ र मट्टितेलमा ५ रुपैयाँ मुल्य घट्यो

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ र तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ, सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।आयल निगमले दुई वर्षपछि भूगोलअनुसार फरक–फरक हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रणाली पनि ब्युँताएको छ। दुई वर्षअघि निगम चरम घाटामा जान थालेपछि भने देशभर एउटै मूल्य प्रणाली लागू गरेको थियो।मूल्य घटेपछि काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल एक सय ७० रुपैयाँ… पुरा पढौ

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा सकैसँग छैन। पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीका जिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारको भने अभाव… पुरा पढौ

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छन् । बिहीबार जापानको टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट गरेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक लगानी पुँजी र प्रविधि दुवैको स्रोत हो, यसबाट ज्ञान र सीपका साथै… पुरा पढौ