एनआरएनए आइसीसी उपाध्यक्षका उम्मेदवार रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ले जारी गरे नेपालमा लगानी वृद्धिसहित ११ बुंदे कार्ययोजना

-


     जनहित न्युज    
     असाेज ५ गते २०८०


नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजनासहित एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ ले उम्मेदवारी दिएका छन ।
वर्तमान आइसीसीमा समेत उपाध्यक्ष रहेका श्रेष्ठले अग्रज र समकालिन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोहि पदमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराउनको लागि उम्मेदवारी दिएको बताएका हुन ।
प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि आफ्नो उम्मेदवारी भएको श्रेष्ठले बताए ।
‘वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरकारी निकायसंग नियमित समन्वयमा कार्य गर्ने संयन्त्रको विकास गरि बिचौलिया प्रवृतिको अन्त्यमा आवश्यक पहल गर्नेछु ।’ आफ्ना एजेण्डा सार्वजनिक गर्दै भने -वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसंग समन्वय गरि ठोस निष्कर्ष निकाल्न मेरो प्रयत्न हुनेछ ।
वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्न आफूले जोड दिने र सोहि खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्ने उनको भनाई छ ।
नेपालबाट वैदेशिक रोज़गारीसंगै प्रवासमा दोस्रो पुस्ताको जनसंख्या पनि ह्वात्तै बढेकोले यो पुस्तालाई नेपालसंग जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयन गर्न आफू लागि पर्ने उनले बताए ।
सन् २००३ मा एनआरएनए स्थापना भएको २ वर्ष पश्चात अर्थात् सन् २००५ देखि हालसम्म निरन्तर अहोरात्र रूपमा एनआरएनएको अभियानमा लागेका उपाध्यक्षका उम्मेदवार श्रेष्ठ एनआरएनए जापानको सदस्य हुँदै उपाध्यक्ष, आइसीसी सदस्य, एशिया प्यासिफ़िक उप संयोजक, एशिया प्यासिफ़िक संयोजक र हाल आइसीसी उपाध्यक्षको रूपमा ज़िम्मेवारी र भूमिका निर्वाह गरिसकेका छन ।

१- गैर आवासीय नेपाली संघको विस्तार, सुदृढ़ीक़रण र संस्थागत विकासमा योजनावद्द कार्ययोजना बनाई कार्यान्वयन गर्न सहयोग गर्नेछु । 

२- परराष्ट्र मन्त्रालय अन्तरगत एनआरएनएको विषेश विभाग स्थापना गरि सोहिमार्फत प्रवासमा रहेका नेपालीहरूलाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक पहल गर्नेछु । 

३- राष्ट्रिय समन्वय परिषद् र अन्तराष्ट्रिय समन्वयन परिषद्को अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विषेश संयन्त्रको विकास गरि हाल देखिएको खाडललाई न्यूनीकरण गर्न आवश्यक नीति तर्जुमा गरिने  

४- प्रवासमा रहेका दोस्रो पुस्तासंग नेपाललाई जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयन गर्न पहल गर्ने छु । 

५-  नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु । 

६- एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराई  सबैले विश्वास गर्ने र सबैको अपनत्व हुने साझा संस्थाको रूपमा विकास गराउन प्रमुख कार्यभारको रूपमा लिइ सोहि अनुरूप कार्य गर्नेछु।

७- वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरकारी निकायसंग नियमित समन्वयमा कार्य गर्ने संयन्त्रको विकास बिचौलिया प्रवृतिको अन्त्यमा आवश्यक पहल गर्नेछु । 

८- वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्नेछु ।

९- वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसंग समन्वय गरि ठोस निष्कर्ष निकाल्न प्रयत्न गर्नेछु । 

१०- सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने अधिकार प्रदान गर्न दिनू भन्ने आदेश कार्यान्वयनका लागि पहलकदमी लिनेछु । 

११- प्रवासमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाका लागि सचेतनामूलक कार्यक्रम एनएसीसीसंगको समन्वयमा गर्ने व्यावहारिक योजना बनाई कार्यान्वयन गर्नेछु । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?