भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर फोटोग्राफर सञ्जय महर्जनले निर्माण गरेको ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ डकुमेन्ट्री जापानको ताकाहामा शहरको कावारा म्युजियम अफ आर्टमा प्रदर्शन गरिएको छ। सन् २०२२ डिसेम्बर १७ देखि मार्च १९ अर्थात आइतबारसम्म प्रदर्शन गरिएको हो। ‘गो टु ट्राभल–जर्नी अफ द आर्टिष्ट’ शीर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेका नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उनले खिचेका फोटो र डकुमेन्ट्री देखाइएको हो। उक्त डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल,…
पुरा पढौ